• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, भदौ ०१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

राष्ट्रपतिद्वारा भारतीयस्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान

बिजुलीको पोल ढलेपछि अशोकधाममा भागदौड, सात भक्तजनको मृत्यु

पश्चिम बङ्गालको होटलमा आगलागी हुँदा सात जनाको मृत्यु

दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

नेपाल-भारत ‘एयर स्पेस पोलिटिक्स’

पूर्वाधार अभावबीच धनकुटामा खेलाडी उत्पादन

सुनचाँदीको मूल्य बढ्यो

शारदा ब्यारेजमा आवागमन बन्द, १ लाख ३० हजार क्युसेक पानी पुगेपछि उच्च सतर्कता

सुदूरपश्चिममा मौलिक पर्व ‘ओल्के’को रौनक, मान्यजनलाई कोसेली दिएर सद्भाव साटासाट

लोकप्रिय समाचार

  • १. साइकलको पांग्रासँगै जाग्दैछ सुदूरपश्चिम : ‘ओल्के हेरिटेज’ले फैलाउँदै स्वास्थ्य, पर्यावरण र पर्यटनको सन्देश

  • २. राशिफल : वृष- व्यापारमा फाइदा, सिंह- आत्मीयजनसँग भेट

  • ३. राशिफल : वृश्‍चिक- पठनपाठनमा प्रगति, मकर- पुरुषार्थ

  • ४. राशिफल : कन्या- कर्मको प्रतिफल, धनु- सहयोगीबाट लाभ

  • ५. राशिफल : वृष- सामाजिक प्रतिष्‍ठा, सिंह- सुखद समाचार

  • ६. राशिफल : कर्कट- नयाँ काम, मीन- मानसम्मान

  • ७. राशिफल : मेष- जमिनबाट लाभ, धनु- मान सम्मान

  • ८. झटारो : रातो क्रान्तिको लाइन !

  • ९. राशिफल : मिथुन- दोहोरो लाभ, तुला- आतिथ्य सत्कार

  • १०. विश्व युवा दिवसमा NYEF कैलालीको रक्तदान, ३० पिन्ट रगत संकलन

‘संघीय संसदमा युवाको जबर्जस्त हस्तक्षेपका लागि मेरो उम्मेदवारी’


आइतबार, जेठ २९, २०७९ मा प्रकाशित

नेपाल विवेकशील पार्टीकी अध्यक्ष कर्मा तामाङले प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने घोषणा गरेकी छन्। पछिल्लो समय युवा नेताहरूले पार्टीगत र स्वतन्त्र हैसियतमा आसन्‍न प्रतिनिधिसभा चुनावका लागि उम्मेदवारी घोषणा गर्ने लहर नै चलेको छ। तिनैमध्ये हुन्, तामाङ। पढेलेखेका युवाको प्रतिनिधित्व गर्छिन् उनले। र, युनिभर्सिटी अफ बर्मिङ्घममा राजनीति शास्त्रमा पीएचडीको क्रममा छिन्।

Advertisement

काठमाडौं कलंकीस्थित रोडोडेन्ड्रन इन्टरनेसनल बोर्डिङ स्कुलबाट एसएलसी र थापाथलीस्थित सेन्ट जेभियर्स कलेजबाट प्लस टु गरेकी उनले युनिभर्सिटी अफ लन्डनबाट राजनीति र अन्तर्राष्‍ट्रिय सम्बन्धमा स्नातक गरिन् । र, जर्मनीको युनिभर्सिटी अफ किलबाट कम्प्युटर साइन्समा स्नातकोत्तर गरेकी छन् । जर्मनीमा छँदा पीपीआई एजी नामक कम्पनीमा सिनियर आईटी कन्सल्ट्यान्ट र जर्मनीकै इलेक्ट्रिसिटी, ग्यास, टेलिकम्युनिकेसन्स एन्ड रेलवे एजेन्सीमा डेपुटी हेड अफ डिभिजन रहिसकेकी उनी कम्प्युटर वैज्ञानिक पनि हुन्। स्वदेश फर्केर उनी राजनीति र सामाजिक गतिविधिमा संलग्‍न छिन्। तामाङसँग उनका चुनावी एजेन्डामा आधारित रहेर नेपाली हेडलाइनका लागि जनक वलीले गरेको संवादः

कुन पार्टीबाट चुनाव लड्ने घोषणा गर्नुभएको हो?

म नेपाल विवेकशील पार्टीको अध्यक्ष हुँ। आफ्नै पार्टीबाट उम्मेदवारी घोषणा गरेकी हुँ। हाम्रो पार्टीको चुनाव चिह्न कुकुर हो। प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्दैछु।

कस्ता एजेन्डा लिएर मतदातामाझ जाँदै हुनुहुन्छ?

पहिलो त पार्टीगत एजेन्डा छन्। शिक्षा, स्वास्थ्य, पर्यावरण र अर्थतन्त्रलगायत एजेन्डा अगाडि सारेकी छु। अर्थतन्त्रलाई कसरी मजबुत बनाउन सकिन्छ भनेर मैले मतदातामाझ आफ्ना एजेन्डा प्रस्तुत गर्नेछु।

मेरा व्यक्तिगत एजेन्डाचाहिँ म एउटा महिला, जनजाति समुदायलाई नेतृत्व गर्दै उभिएको कारण म आफै एउटा एजेन्डा हुँ। हामीले महिला र पिछाडिएको वर्गको प्रतिनिधित्व गर्छौं। संविधानले महिलालाई ठाउँ दिएको छ तर पनि सहभागिता एकदम कम छ। विशेष गरी, सकारात्मक हस्तक्षेप एकदम कम छ। गएको स्थानीय तहको चुनावमा गठबन्धनका कारण महिला सहभागिता झनै घटेको छ। त्यही भएर हामीसँग अहिले प्रतिनिधि नै कम छन्। सहभागिता त झनै कम छ। त्यस हिसाबबाट पनि मेरो उम्मेदवारी आफैंमा एउटा सन्देश हो जस्तो मलाई लाग्छ।

देशका सबै समुदायको प्रतिनिधित्व बढ्नुपर्छ। त्यसको अर्थ मैले लैंगिक र जातीय मुद्दा उठाउन लागेकोचाहीँ होइन। मैले भन्‍न खोजेको नेपालमा जुन प्रकारको डाइभर्सिटी (विविधता) छ, त्यो राजनीतिमा पनि देखिनुपर्छ। अहिले त राजनीतिक दलमा एउटै समूह, एउटै वर्ग, एउटै लिंगको प्रतिनिधित्व ज्यादा छ।

संविधानले नै महिला, अल्पसंख्यक, उत्पीडितलगायत सबै वर्ग र समुदायको प्रतिनिधित्व सुनिश्‍चित गरेको छ भन्‍ने राजनीतिक दलहरूको दाबी रहँदै आएको छ नि?

नेपालको जनगणना २०७८ ले पनि महिलाको संख्या ५० प्रतिशतभन्दा पनि धेरै देखाउँछ। तर, राजनीतिमा १० प्रतिशतभन्दा कम महिला सहभागिता छ। यदि कोही जनप्रतिनिधि बन्छन् भने त्यो कसैको दया, कृपा र पारिवारिक हिसाबबाट मात्र छ। राजनीतिमा त्यस्तो अवस्था अझै छ, जुन रहनु हुँदैन।

त्यसैले राजनीतिमा सकारात्मक हस्तक्षेप हुनुपर्छ। शिक्षित महिलाहरू पनि छन्। ती महिलालाई पनि स्पेस दिनुपर्छ। त्यो हिसाबले ‘म आफैं एउटा मुद्दा हुँ’ जस्तो लाग्छ। त्यसबाहेक मेरो अनुभव भन्‍ने हो भने मैले धेरै वर्ष जर्मनीमा आईटी इन्डस्ट्रीमा काम गरेकी छु। आफैं विद्यार्थी पनि हुँ। राजनीतिक शात्रमा विद्यावारिधि गर्दैछु। त्यो हिसाबले म संघीय संसदमा पुगेर नीति निर्माणमा सकारात्मक रूपमा सहयोग गर्न सक्छु। संघ भनेको नीति निर्माण गर्ने ठाउँ हो। संघ सरकारलाई ‘ल मेकर्स’ पनि भनिन्छ। सबैको प्रतिनिधित्व हुने गरी नीति निर्माणमा मैले काम गर्नेछु। सबैको प्रतिनिधित्व हुने गरी नीति निर्माण गर्न सघाउने छु।

युवाका एजेन्डा कसरी अगाडि बढाउनुपर्छ भन्‍ने लाग्छ तपाईंलाई?

हामीले सबैलाई समेट्ने खालको कार्यक्रम बनाउनुपर्छ। मुख्य एजेन्डा भनेकै हाम्रो प्रतिव्यक्ति आय बढ्नुपर्छ भन्‍ने हो। हाम्रो उत्पादन र उत्पाकदत्व बढ्नुपर्‍यो। अहिले काम नपाएर विदेश जानु परेको छ। त्यसलाई अन्त्य गर्नका लागि नेपालमै रोजगारीको व्यवस्था गर्नुपर्‍यो। नीति निर्माण तहमा त्यसखालको सोच र कार्यान्वयन हुनुपर्छ। साथै, विदेश जानुभएका दाजुभाइ, दिदीबहिनीलाई पनि राजनीतिक र आर्थिक रूपमा कसरी समेट्ने, उहाँहरूले पठाउनुभएको रेमिट्यान्सलाई कसरी सदुपयोग गर्ने र कसरी उत्पादनमा लगाउने भन्‍ने मेरा मुद्दा हुन्।

अन्य दलहरूसँग गठबन्धनको सम्भावना कत्तिको देख्नुभएको छ?

अहिले हामी छलफलमा छौं। २-३ वटा बैठक पनि भइसकेका छन्। छलफल जारी छ। तर, एजेन्डा र कार्यशैली मिलेन भने हामी गठबन्धन गर्दैनौं। एजेन्डा र कार्यशैली मिल्छ अनि सँगै मिलेर काम गर्न सकिन्छ भन्‍ने लाग्यो भने समन्वय र सहकार्य हुन्छ।

चुनावको तयारी कसरी गरिरहनुभएको छ?

यो संघको चुनाव हो। त्यहाँ जनप्रतिनिधिको मुख्य काम नै नीति निर्माण गर्ने हो। समाज र नागरिकले बाटो र विकासको कुरा खोज्नुहुन्छ। हाम्रा मुद्दा, एजेन्डा र मूल्य मान्यताहरू कसरी सहज रूपमा बुझाउने भन्‍ने हिसाबले छलफल र तयारी भइरहेको छ। काठमाडौं क्षेत्र नम्बर ५ का मतदातासँग भेटघाट हुँदैछ।

तपाईंको पार्टीबाट अन्य सदस्यहरू पनि उम्मेदवार बन्दै हुनु हुन्छ?

हामीले छलफल गरिरहेका छौं। भक्तपुरबाट उठ्नुहुन्छ, तयारी भइरहेको छ। पार्टी अध्यक्ष नै उठ्ने भएको कारण मेरो चाहीँ घोषणा भयो। ललितपुर, झापालगायत अरू ठाउँमा पनि उम्मेदवार टुंगो लगाउने गरी छलफल र तयारी भइरहेको छ।

आइतबार, जेठ २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?
एक अनर्थ शास्त्रीको अर्थशास्त्रीहरूलाई सुझाव
अत्यधिक र अनियन्त्रित लोकतन्त्रले बिगारेको नेपाली आदत (बुँदागत विश्लेषण)
संविधानको कसीमा राष्‍ट्रीय हित र राष्‍ट्रीय सुरक्षा
लागूऔषध नियन्त्रणमा सामाजिक सरोकार !
वर्तमान सरकार, लगानी र विकासको सम्भावना !

भर्खरै

  • १.
    राष्ट्रपतिद्वारा भारतीयस्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान

  • २.
    बिजुलीको पोल ढलेपछि अशोकधाममा भागदौड, सात भक्तजनको मृत्यु

  • ३.
    पश्चिम बङ्गालको होटलमा आगलागी हुँदा सात जनाको मृत्यु

  • ४.
    दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

  • ५.
    नेपाल-भारत ‘एयर स्पेस पोलिटिक्स’

  • ६.
    पूर्वाधार अभावबीच धनकुटामा खेलाडी उत्पादन

  • ७.
    सुनचाँदीको मूल्य बढ्यो

  • ८.
    शारदा ब्यारेजमा आवागमन बन्द, १ लाख ३० हजार क्युसेक पानी पुगेपछि उच्च सतर्कता

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.