• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, भदौ ०१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

नेपाल-भारत ‘एयर स्पेस पोलिटिक्स’

विश्‍व घटना : गाजा नरसंहारविरुद्ध २५ लाखको प्रदर्शन

राशिफल : वृश्‍चिक- पठनपाठनमा प्रगति, मकर- पुरुषार्थ

इन्डोनेसियामा ३४१ परकम्प; भूकम्पमा मृत्यु सङ्ख्या ५१ पुग्यो, हजारौँ विस्थापित

नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा

दर्ज्यानी चिह्न लिन नेपाल आए भारतका प्रधान सेनापति

नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी

लोकप्रिय समाचार

  • १. साइकलको पांग्रासँगै जाग्दैछ सुदूरपश्चिम : ‘ओल्के हेरिटेज’ले फैलाउँदै स्वास्थ्य, पर्यावरण र पर्यटनको सन्देश

  • २. राशिफल : वृष- व्यापारमा फाइदा, सिंह- आत्मीयजनसँग भेट

  • ३. राशिफल : कन्या- कर्मको प्रतिफल, धनु- सहयोगीबाट लाभ

  • ४. राशिफल : वृष- सामाजिक प्रतिष्‍ठा, सिंह- सुखद समाचार

  • ५. राशिफल : कर्कट- नयाँ काम, मीन- मानसम्मान

  • ६. राशिफल : मेष- जमिनबाट लाभ, धनु- मान सम्मान

  • ७. राशिफल : वृश्‍चिक- पठनपाठनमा प्रगति, मकर- पुरुषार्थ

  • ८. राशिफल : मिथुन- दोहोरो लाभ, तुला- आतिथ्य सत्कार

  • ९. झटारो : रातो क्रान्तिको लाइन !

  • १०. विश्व युवा दिवसमा NYEF कैलालीको रक्तदान, ३० पिन्ट रगत संकलन

राशिफल : कन्या- कर्मको प्रतिफल, धनु- सहयोगीबाट लाभ


    Avatar photo
आइतबार, साउन ३१, २०८३ मा प्रकाशित

मेष- परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। साथ दिनेहरू बढ्नेछन्। प्रतिष्‍ठा, मान-सम्मान आदि पाइनेछ। भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ। चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन्। दौडधुपमा समय बित्‍नेछ। फाइदाका लागि योजनाहरू गोप्य राख्‍न आवश्यक देखिन्छ। व्यापारमा भने कम मात्र फाइदा होला।

Advertisement

वृष- प्रयत्‍न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ। इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ। पढाइलेखाइमा पनि समय दिन नसकिएला। पहिलेका समस्या दोहोरिन सक्छन्।

मिथुन- पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। परिवारमा आमाको माध्यमबाट काम बन्‍न सक्छ। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्‍न रहनेछ। तापनि समुदायको हकहितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ। काममा रोकावट र कम मात्र फाइदा हुने समय छ। सहयोगीहरूले हात झिक्नाले अलि अप्ठ्यारोमा परिनेछ।

कर्कट- मिहिनेत गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्‍ने र नयाँ काम शुरु गर्ने समय छ। विभिन्‍न भौतिक साधन जुट्नेछन्। आतिथ्यपूर्ण सम्मान पाइएला। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनुका साथै धेरैको मन लोभ्याउन सकिनेछ। काममा मातापिताको सहयोग प्राप्त होला।

सिंह- उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। टाढाको यात्राको पनि योग छ। उत्साहपूर्ण रहला। सुखद समाचार सुन्‍न पाइनेछ। स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ।

कन्या- गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ। व्यावसायिक यात्राको सम्भावना छ। दाम्पत्य जीवन रमाइलो रहनेछ। आम्दानी प्रशस्तै बढ्नेछ। साझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौता भंग हुन सक्छ।

तुला- बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ। नजिकका साथीभाइ टाढिन सक्छन्। महत्त्वाकांक्षी योजना गोप्य राख्‍नुहोला। प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार-व्यवसायमा विशेष लाभ लिने समय छ। पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। पढाइलेखाइमा प्रगति हुनेछ।

वृश्‍चिक- मनमा डर लागे पनि विभिन्‍न अवसरले पछ्याउनेछन्। बोलीको प्रभाव पनि बढ्नेछ। ठीक समयमा सही निर्णय लिन सकिनेछ। आश मारेको काम बन्‍नाले उत्साह जगाउनेछ। तत्काल लाभ नभए पनि विभिन्‍न सकारात्मक संकेतहरू प्राप्त हुनेछन्। परिवारजन तथा बन्धु-बान्धवबीच आत्मीय भाव बढ्नेछ।

धनु- कार्यसम्पादन क्षमता बढ्नेछ। तापनि, केही अवसर फुत्कन सक्छन्, सचेत रहनुहोला। प्रयत्‍न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ। गोपनीयतामा विशेष ध्यान दिनुहोला।

मकर- स्वादिष्‍ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिएर जाला। आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्। गल्तीबिनै आरोप लाग्‍न सक्छ। सरकारी कडिकडाउको सिकार भइनेछ।

कुम्भ- अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहने देखिन्छ। काम बिग्रने डरले सताइरहनेछ। थिचोमिचो गर्नेहरूले सताउनेछन्। चोरी वा ठगीमा परिने समय छ। आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला।

मीन- दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ। तार्किक क्षमता बढ्नेछ। विशेष सभा-समारोहमा भाग लिने मौका प्राप्त हुनेछ। लगनशीलताले कीर्तिमान दिलाउन सक्छ। विभिन्‍न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ। पुरानो समस्याले पनि झमेला आइलाग्‍ने योग छ।

आइतबार, साउन ३१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
नेपाल-भारत ‘एयर स्पेस पोलिटिक्स’
विश्‍व घटना : गाजा नरसंहारविरुद्ध २५ लाखको प्रदर्शन
राशिफल : वृश्‍चिक- पठनपाठनमा प्रगति, मकर- पुरुषार्थ
इन्डोनेसियामा ३४१ परकम्प; भूकम्पमा मृत्यु सङ्ख्या ५१ पुग्यो, हजारौँ विस्थापित
नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा

भर्खरै

  • १.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २.
    नेपाल-भारत ‘एयर स्पेस पोलिटिक्स’

  • ३.
    विश्‍व घटना : गाजा नरसंहारविरुद्ध २५ लाखको प्रदर्शन

  • ४.
    राशिफल : वृश्‍चिक- पठनपाठनमा प्रगति, मकर- पुरुषार्थ

  • ५.
    इन्डोनेसियामा ३४१ परकम्प; भूकम्पमा मृत्यु सङ्ख्या ५१ पुग्यो, हजारौँ विस्थापित

  • ६.
    नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा

  • ७.
    दर्ज्यानी चिह्न लिन नेपाल आए भारतका प्रधान सेनापति

  • ८.
    नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.