• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, भदौ ०१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

नेपाल-भारत ‘एयर स्पेस पोलिटिक्स’

विश्‍व घटना : गाजा नरसंहारविरुद्ध २५ लाखको प्रदर्शन

राशिफल : वृश्‍चिक- पठनपाठनमा प्रगति, मकर- पुरुषार्थ

इन्डोनेसियामा ३४१ परकम्प; भूकम्पमा मृत्यु सङ्ख्या ५१ पुग्यो, हजारौँ विस्थापित

नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा

दर्ज्यानी चिह्न लिन नेपाल आए भारतका प्रधान सेनापति

नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी

लोकप्रिय समाचार

  • १. साइकलको पांग्रासँगै जाग्दैछ सुदूरपश्चिम : ‘ओल्के हेरिटेज’ले फैलाउँदै स्वास्थ्य, पर्यावरण र पर्यटनको सन्देश

  • २. राशिफल : वृष- व्यापारमा फाइदा, सिंह- आत्मीयजनसँग भेट

  • ३. राशिफल : कन्या- कर्मको प्रतिफल, धनु- सहयोगीबाट लाभ

  • ४. राशिफल : वृष- सामाजिक प्रतिष्‍ठा, सिंह- सुखद समाचार

  • ५. राशिफल : कर्कट- नयाँ काम, मीन- मानसम्मान

  • ६. राशिफल : मेष- जमिनबाट लाभ, धनु- मान सम्मान

  • ७. राशिफल : वृश्‍चिक- पठनपाठनमा प्रगति, मकर- पुरुषार्थ

  • ८. राशिफल : मिथुन- दोहोरो लाभ, तुला- आतिथ्य सत्कार

  • ९. झटारो : रातो क्रान्तिको लाइन !

  • १०. विश्व युवा दिवसमा NYEF कैलालीको रक्तदान, ३० पिन्ट रगत संकलन

नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै


    Avatar photo
आइतबार, साउन ३१, २०८३ मा प्रकाशित

भक्तपुर-  भक्तपुर थालाछेँकी ८४ वर्षीय कृष्णमाया देउपाला निकै हर्षित हुनुहुन्छ । आफ्नै घरआँगनको सयौँ वर्ष पुरानो स्वर्णरङ्गी नागको नागपञ्चमीका दिन दर्शन गर्न पाउने भएपछि उहाँ दङ्ग हुनुभएको हो ।

Advertisement

भक्तपुर नगरपालिका–१० स्थित नागपोखरीमा हरेक वर्ष नागपञ्चमीका दिन सामान्य रूपमा पूजा हुँदै आएको छ । यस वर्ष करिब २० वर्षपछि विशेष कार्यक्रमसहित नागपञ्चमी मनाउने तयारी छ । पोखरीको बीचमा रहेको नागको पूजा गर्ने अवसर भने यसअघि स्थानीयले पाएका थिएनन् ।

“ यो उमेर भयो नागपुखु (नागपोखरी) को बीचमा रहेको नागलाई छोएर दर्शन गर्न पाएको छैन,” देउपाला भन्नुहुन्छ । भोलि नागपञ्चमीका दिन प्रत्यक्ष दर्शन गर्न जुरेछ”, उहाँले भन्नुभयो ।

नागपुखु संरक्षण समितिका कोषाध्यक्ष सुजन शिल्पकारले पनि अहिलेसम्म नागको प्रत्यक्ष दर्शन गर्न नपाएको बताउनुभयो । पोखरीको बीचमा पुग्ने व्यवस्था नभएकाले यस्तो अवस्था रहेको उहाँको भनाइ छ ।

यस वर्ष भने भक्तपुर नगरपालिका–१० र स्थानीयको सहकार्यमा अस्थायी पुल निर्माण भएको छ । यससँगै स्थानीय मात्र नभई देशभरबाट आउने भक्तजनले पोखरीको बीचमा पुगेर नागको प्रत्यक्ष दर्शन तथा स्पर्श गर्न पाउने छन् ।

भक्तपुर नगरपालिका–१० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखाले नागपञ्चमीका दिन उत्तरदेखि दक्षिणतर्फ करिब ४२ फिट लामो अस्थायी पुल निर्माण गरिएको बताउनुभयो ।

हरेक वर्ष सामान्य रूपमा पूजा हुँदै आए पनि धेरैलाई यस पोखरीको ऐतिहासिक तथा धार्मिक महत्वबारे जानकारी नभएकाले यसलाई पर्यटकस्थलका रूपमा विकास गर्ने उद्देश्यले यस वर्ष विशेष कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो ।

नागपञ्चमीका दिन बिहान ८ः०० बजे भ्वायलिन, बाँसुरी र खिँ एकैपटक बजाएर करिब एक सय जनाले प्रस्तुति दिने नागपुखु संरक्षण समितिका अध्यक्ष अनिल देउपालाले जानकारी दिनुभयो ।

पूजाका क्रममा मङ्गल धुन, सिलु धुनलगायत विभिन्न नेवारी धुन प्रस्तुत गरिनेछ। बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म भजन तथा त्यसपछि सांगीतिक कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो ।

नागपञ्चमीका दिन नागको पूजा गरी दुबो, दूध, अक्षता आदि चढाउने तथा धूप–दीप गर्ने प्रचलन छ । कुलनागका थानमा कपासबाट नागको आकृति बनाएर अबिर, अक्षतालगायत सामग्रीले पूजा गर्ने र दूधको अर्घ्य दिने गरिन्छ ।

दूधबाट बनाइने विशेष परिकार तथा बारीमा फलेका नयाँ फलफूलसमेत नागलाई चढाउने परम्परा रहेको छ । नागपोखरीको पूर्व दिशातर्फ बसेर नागको पूजा गर्ने चलन छ। यसरी पूजा गरेमा नागको भयबाट मुक्ति पाइने जनविश्वास रहेको छ ।

टौमढीस्थित विश्व सम्पदा सूचीमा सूचीकृत पाँचतले मन्दिर निर्माणका लागि यही पोखरीबाट माटो लगिएको मन्दिरमा रहेको शिलालेखमा उल्लेख छ । माटो निकालिएपछि बनेको खाल्डोमा राजा भूपतीन्द्र मल्लले नागको स्थापना गराएको जनविश्वास छ । पोखरीको मध्यभागमा नागको प्रतिमा रहेकाले यसको नाम नागपोखरी राखिएको हो । यसअघि यस पोखरीलाई थालाछेँ पुखु भनिन्थ्यो । हाल पोखरीकै नामबाट आसपासको टोलसमेत परिचित छ ।

आइतबार, साउन ३१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
नेपाल-भारत ‘एयर स्पेस पोलिटिक्स’
विश्‍व घटना : गाजा नरसंहारविरुद्ध २५ लाखको प्रदर्शन
राशिफल : वृश्‍चिक- पठनपाठनमा प्रगति, मकर- पुरुषार्थ
इन्डोनेसियामा ३४१ परकम्प; भूकम्पमा मृत्यु सङ्ख्या ५१ पुग्यो, हजारौँ विस्थापित
नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा

भर्खरै

  • १.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २.
    नेपाल-भारत ‘एयर स्पेस पोलिटिक्स’

  • ३.
    विश्‍व घटना : गाजा नरसंहारविरुद्ध २५ लाखको प्रदर्शन

  • ४.
    राशिफल : वृश्‍चिक- पठनपाठनमा प्रगति, मकर- पुरुषार्थ

  • ५.
    इन्डोनेसियामा ३४१ परकम्प; भूकम्पमा मृत्यु सङ्ख्या ५१ पुग्यो, हजारौँ विस्थापित

  • ६.
    नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा

  • ७.
    दर्ज्यानी चिह्न लिन नेपाल आए भारतका प्रधान सेनापति

  • ८.
    नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.