• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, भदौ ०१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

नेपाल-भारत ‘एयर स्पेस पोलिटिक्स’

विश्‍व घटना : गाजा नरसंहारविरुद्ध २५ लाखको प्रदर्शन

राशिफल : वृश्‍चिक- पठनपाठनमा प्रगति, मकर- पुरुषार्थ

इन्डोनेसियामा ३४१ परकम्प; भूकम्पमा मृत्यु सङ्ख्या ५१ पुग्यो, हजारौँ विस्थापित

नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा

दर्ज्यानी चिह्न लिन नेपाल आए भारतका प्रधान सेनापति

नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी

लोकप्रिय समाचार

  • १. साइकलको पांग्रासँगै जाग्दैछ सुदूरपश्चिम : ‘ओल्के हेरिटेज’ले फैलाउँदै स्वास्थ्य, पर्यावरण र पर्यटनको सन्देश

  • २. राशिफल : वृष- व्यापारमा फाइदा, सिंह- आत्मीयजनसँग भेट

  • ३. राशिफल : कन्या- कर्मको प्रतिफल, धनु- सहयोगीबाट लाभ

  • ४. राशिफल : वृष- सामाजिक प्रतिष्‍ठा, सिंह- सुखद समाचार

  • ५. राशिफल : कर्कट- नयाँ काम, मीन- मानसम्मान

  • ६. राशिफल : मेष- जमिनबाट लाभ, धनु- मान सम्मान

  • ७. राशिफल : वृश्‍चिक- पठनपाठनमा प्रगति, मकर- पुरुषार्थ

  • ८. राशिफल : मिथुन- दोहोरो लाभ, तुला- आतिथ्य सत्कार

  • ९. झटारो : रातो क्रान्तिको लाइन !

  • १०. विश्व युवा दिवसमा NYEF कैलालीको रक्तदान, ३० पिन्ट रगत संकलन

राशिफल : वृष- सामाजिक प्रतिष्‍ठा, सिंह- सुखद समाचार


    Avatar photo
शनिबार, साउन ३०, २०८३ मा प्रकाशित

मेष- खराब व्यक्तित्वको विश्‍वासमा पर्नाले काममा धोका पाइनेछ। आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्‍टि बढ्न सक्छ। स्वास्थ्य सबल बन्‍नेछ भने विभिन्‍न अवसरले पछ्याउन सक्छन्। मुद्दामामिला तथा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ। प्रयत्‍न गर्दा अप्ठ्यारा काम सजिलै सम्पादन हुनेछन्।

Advertisement

वृष- समयमा निर्णय लिन नसक्दा हातमा आएको अवसर गुम्‍न सक्छ। मान-सम्मानमा चोट पुग्‍ने सम्भावना छ, सचेत रहनुहोला। आज रोकिएका काम बनी नयाँ काम शुरु हुनेछन्। व्यापारमा पनि फाइदा हुनेछ। दिन सामान्य नै छ। बहुमूल्य धातु संग्रह गरिएला। सामाजिक प्रतिष्‍ठा पाइनेछ। शत्रु परास्त हुनेछन्।

मिथुन- अन्धविश्‍वासको भरमा काम गर्नाले दुःख पाइनेछ। धार्मिक काममा बाधा सिर्जना हुन सक्छ, सजग रहनुहोला। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। तर, परिवारजनमा केही असमझदारी बढ्न सक्छ, सावधान रहनु होला। राजनीतिक पहुँच बढ्नेछ। भूमिलगायत स्थायी सम्पत्तिको विषयमा केही विवाद निस्कन सक्छ।

कर्कट- राष्‍ट्रियस्तरको मानसम्मान प्राप्त हुन सक्छ। प्रतिष्‍ठित व्यक्तित्वसँग भेटघाट हुनेछ। मंगलमय काम सम्पादन हुनेछ। काममा आफन्तको सहयोग जुट्न सक्छ। ढाड वा जोर्नीको समस्याले सताउन सक्छ। आम्दानी बढ्नाले उत्साह थपिनेछ। आफ्नै कमजोरीले हातमा आएको अवसर गुम्‍न सक्छ।

सिंह- परिवारजनको सहयोगले उत्साह बढाउनेछ। स्वास्थ्यका लागि भारी खानपानमा सजग रहनुहोला। सुखद समाचारले काममा उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। आत्मीयजनसँग भेटघाट हुनेछ। व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ। पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ।

कन्या- अनुसन्धानात्मक अध्ययन गर्नेहरूलाई फाइदाको दिन छ। टाढाको यात्राबाट धनलाभ हुन सक्छ। प्रेम र मित्रताको बन्धन कसिने समय छ। व्यापार-व्यवसायमा राम्रै फाइदा हुनेछ। इष्‍टमित्र वा बन्धुबान्धवको सहयोग प्राप्त होला। भूमिबाट प्रशस्त फाइदा मिल्नेछ। अप्ठ्यारा काम पनि सहजै सम्पादन हुनेछन्।

तुला- सरकारी निकायबाट हुने कडिकडाउको शिकार भइएला। दण्ड जरिवानाको पनि सम्भावना छ। पति-पत्‍नीबीच असमझदारी बढ्ने सम्भावना छ। शिर तथा पेटको समस्याले सताउन सक्छ। चिताएको काममा ढिलासुस्ती हुनेछ। अस्वस्थताले राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्‍ने देखिन्छ। आमाको स्वास्थ्यस्थिति कमजोर बन्‍नाले त्यसप्रति पनि चिन्ता बढ्न सक्छ।

वृश्‍चिक- व्यापार-व्यवसायमा लगानी बढाउने समय छ। आफन्त, परिवारजनमा आत्मीयभाव बढ्नेछ। जीवनसाथीलाई केही पीडा हुने ग्रहयोग छ। स्वास्थ्यबाधा र रोगको पहिचान हुन कठिन हुने समस्या देखिन्छ। दाजुभाइ तथा दिदी-बहिनीमा केही असमझदारी बढ्ने सम्भावना छ। समाजले बहिष्‍कार गरेका वा खराब आचरण भएकाहरूसँग नजिकिनुपर्ला।

धनु- आज व्यापारबाट प्रशस्त धनलाभ हुनेछ। भौतिक साधनहरू जुट्नेछन्। कृषिउपज र पशुधनबाट पनि राम्रै फाइदा हुनेछ। लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने समय छ। नयाँ उद्योग वा विशेष काम शुरु गर्ने मौका छ। राजनीतिक पहुँच बढ्नेछ। कुनै नयाँ काम प्रारम्भ हुन सक्छ। आर्थिक समस्या पनि समाधान हुनेछ। शत्रुहरूलाई परास्त गर्न सकिनेछ।

मकर- रमाइलो भ्रमण गर्ने अवसर प्राप्त होला। तर, घरजग्गा तथा बन्धुबान्धवसँग असमझदारी बढ्ने योग छ। पठनपाठनमा राम्रो उन्‍नति हुनेछ। सन्तान वा अनुयायीले पनि प्रशन्‍नता दिलाउनेछन्। टाढाको यात्राको सम्भावना पनि छ।

कुम्भ- काममा बाधा हुन सक्छ। प्रतिस्पर्धीहरूले आफ्नो ठाउँ ओगट्न सक्छन्। पुरानो रोगले पुनः दुःख दिन सक्छ। घरखर्च बढ्नुका साथै व्यापारमा केही मन्दी आउने देखिन्छ। घरेलु समस्याले महत्त्वपूर्ण काममा बाधा पुग्‍न सक्छ। घरजग्गा वा स्थायी सम्पत्तिमा विवाद आउन सक्छ।

मीन- चोटपटक वा हाडजोर्नीमा समस्या आउने देखिएकाले सवारीसाधन वा हातहतियार उपयोग गर्दा सावधानी अपनाउनुहोला। आर्थिक समस्या समाधान हुनेछ। पारिवारिक सम्बन्ध अलि कमजोर बन्‍न सक्छ।

शनिबार, साउन ३०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
नेपाल-भारत ‘एयर स्पेस पोलिटिक्स’
विश्‍व घटना : गाजा नरसंहारविरुद्ध २५ लाखको प्रदर्शन
राशिफल : वृश्‍चिक- पठनपाठनमा प्रगति, मकर- पुरुषार्थ
इन्डोनेसियामा ३४१ परकम्प; भूकम्पमा मृत्यु सङ्ख्या ५१ पुग्यो, हजारौँ विस्थापित
नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा

भर्खरै

  • १.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २.
    नेपाल-भारत ‘एयर स्पेस पोलिटिक्स’

  • ३.
    विश्‍व घटना : गाजा नरसंहारविरुद्ध २५ लाखको प्रदर्शन

  • ४.
    राशिफल : वृश्‍चिक- पठनपाठनमा प्रगति, मकर- पुरुषार्थ

  • ५.
    इन्डोनेसियामा ३४१ परकम्प; भूकम्पमा मृत्यु सङ्ख्या ५१ पुग्यो, हजारौँ विस्थापित

  • ६.
    नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा

  • ७.
    दर्ज्यानी चिह्न लिन नेपाल आए भारतका प्रधान सेनापति

  • ८.
    नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.