• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, भदौ ०१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

नेपाल-भारत ‘एयर स्पेस पोलिटिक्स’

विश्‍व घटना : गाजा नरसंहारविरुद्ध २५ लाखको प्रदर्शन

राशिफल : वृश्‍चिक- पठनपाठनमा प्रगति, मकर- पुरुषार्थ

इन्डोनेसियामा ३४१ परकम्प; भूकम्पमा मृत्यु सङ्ख्या ५१ पुग्यो, हजारौँ विस्थापित

नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा

दर्ज्यानी चिह्न लिन नेपाल आए भारतका प्रधान सेनापति

नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी

लोकप्रिय समाचार

  • १. साइकलको पांग्रासँगै जाग्दैछ सुदूरपश्चिम : ‘ओल्के हेरिटेज’ले फैलाउँदै स्वास्थ्य, पर्यावरण र पर्यटनको सन्देश

  • २. राशिफल : वृष- व्यापारमा फाइदा, सिंह- आत्मीयजनसँग भेट

  • ३. राशिफल : कन्या- कर्मको प्रतिफल, धनु- सहयोगीबाट लाभ

  • ४. राशिफल : वृष- सामाजिक प्रतिष्‍ठा, सिंह- सुखद समाचार

  • ५. राशिफल : कर्कट- नयाँ काम, मीन- मानसम्मान

  • ६. राशिफल : मेष- जमिनबाट लाभ, धनु- मान सम्मान

  • ७. राशिफल : वृश्‍चिक- पठनपाठनमा प्रगति, मकर- पुरुषार्थ

  • ८. राशिफल : मिथुन- दोहोरो लाभ, तुला- आतिथ्य सत्कार

  • ९. झटारो : रातो क्रान्तिको लाइन !

  • १०. विश्व युवा दिवसमा NYEF कैलालीको रक्तदान, ३० पिन्ट रगत संकलन

साइकलको पांग्रासँगै जाग्दैछ सुदूरपश्चिम : ‘ओल्के हेरिटेज’ले फैलाउँदै स्वास्थ्य, पर्यावरण र पर्यटनको सन्देश


शनिबार, साउन ३०, २०८३ मा प्रकाशित

कुनैबेला यात्रा र दैनिक कामकाजका लागि मात्रै प्रयोग हुने साइकल अहिले सुदूरपश्चिममा स्वास्थ्य, पर्यावरण संरक्षण र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै गएको छ। साइकलप्रतिको बढ्दो आकर्षणसँगै प्रदेशका विभिन्न स्थानमा साइकल यात्रा तथा साइकलसम्बन्धी गतिविधि पनि विस्तार हुँदै गएका छन्।

Advertisement

यसैक्रममा सुदुरपश्चिम प्रदेशमा मनाइने ओल्के पर्वको पुर्व सन्ध्यामा फारवेष्ट राइडरले आयोजना गरेको ‘ओल्के हेरिटेज’ कार्यक्रममा साइकलप्रेमीहरूको उल्लेखनीय सहभागिता देखिएको छ। सुदूरपश्चिमको मौलिक संस्कृति, सम्पदा र पर्यटकीय सम्भावनासँग साइकल यात्रालाई जोड्दै आयोजना गरिएको कार्यक्रमले साइकल संस्कृतिको विकाससँगै स्वस्थ जीवनशैलीको सन्देशसमेत दिएको छ।

फारवेष्ट राइडरका संस्थापक अध्यक्ष भरत विक्रम शाहका अनुसार सुदूरपश्चिमका विभिन्न स्थानमा एकैपटक ‘ओल्के हेरिटेज’ आयोजना गरिएको हो।

कैलालीको धनगढी, अत्तरिया र बौनिया, कञ्चनपुरको बेलौरी, पुनर्वास र महेन्द्रनगर, डडेल्धुराको अमरगढी बजार तथा डोटीको बुडर गरी आठ स्थानमा एकैपटक साइकल यात्रा गरिएको उनले बताए।

धनगढी स्थित निसर्ग अस्पतालको मुख्य प्रायोजनमा आयोजित कार्यक्रममा महिला तथा बालबालिकाको समेत उल्लेखनीय सहभागिता रहेको अध्यक्ष शाहले बताए। यसले साइकल अब निश्चित उमेर वा समूहमा सीमित नभई परिवार र समुदायलाई जोड्ने स्वस्थ मनोरञ्जनको माध्यम बन्दै गएको संकेत गरेको छ।

स्वास्थ्यका लागि साइकल, जीवनशैलीमा परिवर्तन
नियमित साइकल चलाउनु शारीरिक सक्रियता बढाउने सरल माध्यम हो। यसले शरीरलाई चुस्त राख्न, तौल व्यवस्थापन गर्न र दैनिक जीवनमा व्यायामको बानी बसाल्न सहयोग पुर्‍याउँछ। व्यस्त जीवनशैलीका कारण शारीरिक गतिविधि कम हुँदै गइरहेको अवस्थामा साइकल चलाउने संस्कृतिको विकासले स्वस्थ जीवनशैलीतर्फ मानिसलाई आकर्षित गर्न सक्छ।

विशेषगरी युवा पुस्तालाई साइकलसँग जोड्न सके नियमित व्यायाम, अनुशासन र सक्रिय जीवनशैलीको विकासमा सकारात्मक प्रभाव पर्न सक्छ। ‘ओल्के हेरिटेज’मा महिला तथा बालबालिकाको सहभागिताले साइकल संस्कृतिलाई परिवारस्तरसम्म विस्तार गर्ने सम्भावना पनि देखाएको छ।

पर्यावरण जोगाउने सन्देश

साइकलको अर्को महत्वपूर्ण पक्ष वातावरण संरक्षण हो। छोटो दूरीका यात्रामा मोटरसाइकल तथा अन्य इन्धनबाट चल्ने सवारीको विकल्पका रूपमा साइकल प्रयोग बढाउन सके इन्धनको खपत र सवारीजन्य प्रदूषण घटाउन सहयोग पुग्न सक्छ।

सहरमा बढ्दो सवारी चाप र वातावरणीय चुनौतीबीच साइकल यात्राले ‘स्वस्थ व्यक्ति, स्वच्छ शहर’को अवधारणालाई व्यवहारमा उतार्ने सन्देश दिन्छ। धनगढी जस्तै तीव्र रूपमा विस्तार भइरहेका शहरमा साइकलमैत्री पूर्वाधार निर्माण र सुरक्षित साइकल लेनको आवश्यकता पनि यस्ता कार्यक्रमले थप उजागर गर्छन्।

साइकलमा पर्यटनको सम्भावना

‘ओल्के हेरिटेज’को अर्को आकर्षक पक्ष भनेको साइकल यात्रालाई स्थानीय संस्कृति, सम्पदा र पर्यटनसँग जोड्नु हो। सुदूरपश्चिम प्राकृतिक सुन्दरता, धार्मिक तथा ऐतिहासिक सम्पदा र मौलिक संस्कृतिले समृद्ध प्रदेश हो। साइकलमार्फत यस्ता स्थानको भ्रमण र प्रचार गर्नु यसको अर्को उद्देश्य समेत रहेको छ । जसले गर्दा आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने अपेक्षा राखिएको छ ।

साइकल पर्यटनले स्थानीय होटल, रेस्टुरेन्ट, यातायात, होमस्टे तथा साना व्यवसायलाई समेत प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा फाइदा पुर्‍याउन सक्छ। अझ व्यवस्थित रूपमा साइकल रुट, साइकल पार्किङ, विश्रामस्थल र सुरक्षित सडक पूर्वाधार निर्माण गर्न सके सुदूरपश्चिमलाई साइकल पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना छ।

आठ स्थानमा एउटै सन्देश

सुदूरपश्चिमका आठ स्थानमा एकैपटक आयोजना भएको ‘ओल्के हेरिटेज’ केवल साइकल यात्रा मात्र नभई स्वास्थ्य, पर्यावरण, संस्कृति र पर्यटनलाई एउटै अभियानमा जोड्ने प्रयासका रूपमा देखिएको छ।

फारवेष्ट राइडरले थालेको यस्तो अभियानले साइकल चलाउनेलाई मात्रै होइन, स्थानीय तह, समुदाय र राज्यका निकायलाई समेत साइकलमैत्री वातावरण निर्माणतर्फ सोच्न प्रेरित गर्न सक्छ। नियमित साइकल चलाउने संस्कृतिको विकाससँगै सुरक्षित साइकल लेन, साइकल पार्किङ र साइकल यात्राका लागि आवश्यक पूर्वाधारमा लगानी गर्न सके यसको प्रभाव अझ व्यापक बन्नेछ।

साइकलको दुई पांग्रामा सवार भएर अघि बढेको यो अभियानले एउटा स्पष्ट सन्देश दिएको छ “साइकल केवल यात्रा गर्ने साधन होइन, स्वस्थ जीवन, स्वच्छ वातावरण र पर्यटन विकासको माध्यम पनि हो।”

सुदूरपश्चिमका सडकमा बढ्दै गएको साइकलको संख्या र ‘ओल्के हेरिटेज’ जस्ता अभियानको उत्साहले यहाँ साइकल संस्कृतिको नयाँ अध्याय सुरु हुँदै गएको संकेत गरेको छ।

शनिबार, साउन ३०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
नेपाल-भारत ‘एयर स्पेस पोलिटिक्स’
विश्‍व घटना : गाजा नरसंहारविरुद्ध २५ लाखको प्रदर्शन
राशिफल : वृश्‍चिक- पठनपाठनमा प्रगति, मकर- पुरुषार्थ
इन्डोनेसियामा ३४१ परकम्प; भूकम्पमा मृत्यु सङ्ख्या ५१ पुग्यो, हजारौँ विस्थापित
नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा

भर्खरै

  • १.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २.
    नेपाल-भारत ‘एयर स्पेस पोलिटिक्स’

  • ३.
    विश्‍व घटना : गाजा नरसंहारविरुद्ध २५ लाखको प्रदर्शन

  • ४.
    राशिफल : वृश्‍चिक- पठनपाठनमा प्रगति, मकर- पुरुषार्थ

  • ५.
    इन्डोनेसियामा ३४१ परकम्प; भूकम्पमा मृत्यु सङ्ख्या ५१ पुग्यो, हजारौँ विस्थापित

  • ६.
    नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा

  • ७.
    दर्ज्यानी चिह्न लिन नेपाल आए भारतका प्रधान सेनापति

  • ८.
    नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.