• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ ०२, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

केवाइसी अपडेट गर्ने भन्दै ठगी गर्ने चार जना पक्राउ

बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार

दियालो बङ्गलाबाट २४ लाख राजश्व सङ्कलन

सुनको मूल्य स्थिरः चाँदीको घट्यो

मार्तडी–कोल्टी र खप्तड–डोगडी–मार्तडी सडक अलपत्र

मनसुनका कारण विभिन्न सडक प्रभावित

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

प्रधानमन्त्री शाहसँग भेट्दै भारतका प्रधानसेनापति

मनसुन सक्रियः यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. साइकलको पांग्रासँगै जाग्दैछ सुदूरपश्चिम : ‘ओल्के हेरिटेज’ले फैलाउँदै स्वास्थ्य, पर्यावरण र पर्यटनको सन्देश

  • २. राशिफल : वृश्‍चिक- पठनपाठनमा प्रगति, मकर- पुरुषार्थ

  • ३. राशिफल : कन्या- कर्मको प्रतिफल, धनु- सहयोगीबाट लाभ

  • ४. राशिफल : वृष- व्यापारमा फाइदा, सिंह- आत्मीयजनसँग भेट

  • ५. राशिफल : वृष- सामाजिक प्रतिष्‍ठा, सिंह- सुखद समाचार

  • ६. राशिफल : कर्कट- नयाँ काम, मीन- मानसम्मान

  • ७. झटारो : रातो क्रान्तिको लाइन !

  • ८. राशिफल : मिथुन- दोहोरो लाभ, तुला- आतिथ्य सत्कार

  • ९. राशिफल : कर्कट- प्रतिष्‍ठा, मीन- पैत्रिक सम्पत्तिबाट लाभ

  • १०. विश्व युवा दिवसमा NYEF कैलालीको रक्तदान, ३० पिन्ट रगत संकलन

शारदा ब्यारेजमा आवागमन बन्द, १ लाख ३० हजार क्युसेक पानी पुगेपछि उच्च सतर्कता


    Avatar photo
सोमबार, भदौ ०१, २०८३ मा प्रकाशित

कञ्चनपुर । महाकाली नदीमा पानीको बहाव बढेपछि पश्चिम नेपालबाट भारततर्फ जाने गड्डाचौकी नाका हुँदै शारदा ब्यारेज पुलमा आवागमन बन्द गरिएको छ।

Advertisement

महाकाली नदीमा पानीको सतह १ लाख ३० हजार क्युसेक पुगेपछि सुरक्षालाई ध्यानमा राख्दै शारदा ब्यारेजमा आवागमन रोकिएको हो। पहाडी क्षेत्रमा लगातार वर्षा भइरहेको र नदीको बहाव अझै बढ्न सक्ने सम्भावना रहेकाले सीमा क्षेत्रमा थप सतर्कता अपनाइएको छ।

पानीको बहाव बढेसँगै कञ्चनपुरका नदी तथा खोलानाला आसपासका बस्तीमा समेत जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ।

प्रशासनले नदी तथा खोलाको किनारमा नजान, जोखिमयुक्त स्थानमा बसोबास गर्ने परिवारले आवश्यक सावधानी अपनाउन तथा सम्भावित बाढी र डुबानको अवस्थालाई ध्यानमा राखी सुरक्षित स्थानतर्फ जानका लागि पूर्वतयारी अवस्थामा रहन आग्रह गरेको छ।

महाकाली नदीको जलस्तरमा निरन्तर निगरानी भइरहेको जनाउँदै प्रशासनले विपद्को अवस्था सिर्जना भएमा स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायको निर्देशन पालना गर्न समेत आग्रह गरेको छ।

कञ्चनपुरमा महाकालीसहित विभिन्न नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले विशेषगरी नदी तटीय क्षेत्रका बासिन्दालाई रातिको समयमा समेत थप सावधानी अपनाउन आग्रह गरिएको छ।

बाढी तथा डुबानको जोखिमलाई मध्यनजर गर्दै स्थानीय तह, सुरक्षा निकाय र विपद् व्यवस्थापनसँग सम्बन्धित निकायलाई समेत तयारी अवस्थामा रहन भनिएको छ। कञ्चनपुरको गड्डाचौकी–शारदा ब्यारेज क्षेत्रमा आवागमन बन्द भएपछि नेपाल–भारत सीमा हुँदै हुने आवतजावतमा समेत अस्थायी प्रभाव परेको छ।

कञ्चनपुरमा बाढीको पूर्वसूचना तथा विपद् व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालयअन्तर्गत आपत्कालीन संयन्त्र रहेको छ।

सोमबार, भदौ ०१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

केवाइसी अपडेट गर्ने भन्दै ठगी गर्ने चार जना पक्राउ
बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार
दियालो बङ्गलाबाट २४ लाख राजश्व सङ्कलन
सुनको मूल्य स्थिरः चाँदीको घट्यो
मार्तडी–कोल्टी र खप्तड–डोगडी–मार्तडी सडक अलपत्र
मनसुनका कारण विभिन्न सडक प्रभावित

भर्खरै

  • १.
    केवाइसी अपडेट गर्ने भन्दै ठगी गर्ने चार जना पक्राउ

  • २.
    बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार

  • ३.
    दियालो बङ्गलाबाट २४ लाख राजश्व सङ्कलन

  • ४.
    सुनको मूल्य स्थिरः चाँदीको घट्यो

  • ५.
    मार्तडी–कोल्टी र खप्तड–डोगडी–मार्तडी सडक अलपत्र

  • ६.
    मनसुनका कारण विभिन्न सडक प्रभावित

  • ७.
    नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

  • ८.
    प्रधानमन्त्री शाहसँग भेट्दै भारतका प्रधानसेनापति

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.