• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ ०२, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

केवाइसी अपडेट गर्ने भन्दै ठगी गर्ने चार जना पक्राउ

बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार

दियालो बङ्गलाबाट २४ लाख राजश्व सङ्कलन

सुनको मूल्य स्थिरः चाँदीको घट्यो

मार्तडी–कोल्टी र खप्तड–डोगडी–मार्तडी सडक अलपत्र

मनसुनका कारण विभिन्न सडक प्रभावित

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

प्रधानमन्त्री शाहसँग भेट्दै भारतका प्रधानसेनापति

मनसुन सक्रियः यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. साइकलको पांग्रासँगै जाग्दैछ सुदूरपश्चिम : ‘ओल्के हेरिटेज’ले फैलाउँदै स्वास्थ्य, पर्यावरण र पर्यटनको सन्देश

  • २. राशिफल : वृश्‍चिक- पठनपाठनमा प्रगति, मकर- पुरुषार्थ

  • ३. राशिफल : कन्या- कर्मको प्रतिफल, धनु- सहयोगीबाट लाभ

  • ४. राशिफल : वृष- व्यापारमा फाइदा, सिंह- आत्मीयजनसँग भेट

  • ५. राशिफल : वृष- सामाजिक प्रतिष्‍ठा, सिंह- सुखद समाचार

  • ६. राशिफल : कर्कट- नयाँ काम, मीन- मानसम्मान

  • ७. झटारो : रातो क्रान्तिको लाइन !

  • ८. राशिफल : कर्कट- प्रतिष्‍ठा, मीन- पैत्रिक सम्पत्तिबाट लाभ

  • ९. राशिफल : मिथुन- दोहोरो लाभ, तुला- आतिथ्य सत्कार

  • १०. विश्व युवा दिवसमा NYEF कैलालीको रक्तदान, ३० पिन्ट रगत संकलन

मार्तडी–कोल्टी र खप्तड–डोगडी–मार्तडी सडक अलपत्र


    Avatar photo
मङ्गलबार, भदौ ०२, २०८३ मा प्रकाशित

बाजुरा- मार्तडी–कोल्टी र खप्तड–डोगडी–मार्तडी सडक निर्माण सुरु भएको २७ वर्ष बितिसक्दासम्म निर्माण पूरा भएको छैन

Advertisement

उक्त सडक विंस २०५६ देखि सुरु भएको हो । प्रदेश गौरवका रुपमा रहेको उक्त सडक निर्माण कम्पनीले समयमै काम नगर्दा आयोजना अलपत्र परेका हो । सडक निर्माण एवं स्तरोन्नतिका लागि हरेक वर्ष बजेट विनियोजन हुँदै आएको छ । काममा ढिलाइ हुँदा विनियोजित बजेट पूर्णरूपमा खर्च हुन नसकी हरेक वर्ष फिर्ता गएको हो । विनियोजन भएको बजेटमध्ये रु ३३ करोड फिर्ता गएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

पूर्वाधार विकास कार्यालय, अछामका प्रमुख जङ्गबहादुर थापाले आर्थिक वर्ष २०८२÷८३ मा मार्तडी–कोल्टी सडकमा रु २० करोड र खप्तड–जयबागेश्वरी–गैरीखाद–डोगडी–आटीचौर हुँदै मार्तडी जोड्ने सडकमा रु १३ करोड ५० लाख रकम काम नभई फिर्ता गएको जानकारी दिनुभयो ।

मार्तडी–कोल्टी सडक निर्माणको जिम्मा बानियाँ निर्माण सेवाले पाएको थियो । “गत वर्ष मात्र होइन, अघिल्ला वर्षमा समेत ठेकेदारको ढिलासुस्तीका कारण बजेट फिर्ता हुन्थ्यो ।”, उहाँले भन्नुभयो , आर्थिक वर्ष २०८१÷८२ मा उक्त सडकका लागि रु १५ करोड बजेट विनियोजन भएको थियो ।

जिल्लाको अर्को प्रदेश गौरवको सडक खप्तड–जयबागेश्वरी–गैरीखाद–डोगडी–आटीचौर हुँदै मार्तडी जोड्ने सडकका लागि रु १६ करोड ५० लाख बजेट विनियोजन गरिएको थियो । तर, २०७८ चैत १६ गते ठेक्का सम्झौता गरेको के.एस.एम.के.बि.सी÷तेज जेभी, धनगढी कैलालीले आर्थिक वर्षभरिमा करिब दुई करोड ५० लाख बराबरको काम गरेकाले बाँकी बजेट फिर्ता गएको छ ।

मार्तडी–कोल्टी सडकअन्तर्गत चुथीदेखि कोल्टीसम्मको २६ किलोमिटर सडक कालोपत्रे गर्न २०७७ असारमा ठेक्का सम्झौता गरिएको थियो । पीएस बानियाँ निर्माण सेवाले रु ५० करोड १७ लाखमा ठेक्का प्राप्त गरी तीन वर्षभित्र काम सम्पन्न गर्ने सम्झौता गरेको थियो ।

मार्तडी–कोल्टी र खप्तड–डोगडी–मार्तडी सडकको कूल लम्बाई ४१ किलोमिटर छ । ४१ किमी सडकका निर्माण पुरा गर्न रु ९८ करोडमा लागत टेन्डर आह्वान गरिएको थियो । हालसम्म ५० प्रतिशत काम भएको छ ।

यो सडकको २६ किलोमिटर बाहेक मार्तडीदेखि ढम्कनेसम्म १५ किलोमिटर रहेको छ । १५ किलोमिटर कालोपत्रेका लागि रु ५८ करोड बजेट विनियोजन भएको थियो । पहिलो खण्डअन्तर्गत मार्तडीदेखि चुथीसम्मको नौ किलोमिटर सडकमा धेरै काम सम्पन्न भए पनि चुथीदेखि ढम्कनेसम्मको छ किलोमिटर कालोपत्र गर्ने काम अधुरो छ ।

मङ्गलबार, भदौ ०२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

केवाइसी अपडेट गर्ने भन्दै ठगी गर्ने चार जना पक्राउ
बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार
दियालो बङ्गलाबाट २४ लाख राजश्व सङ्कलन
सुनको मूल्य स्थिरः चाँदीको घट्यो
मनसुनका कारण विभिन्न सडक प्रभावित
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

भर्खरै

  • १.
    केवाइसी अपडेट गर्ने भन्दै ठगी गर्ने चार जना पक्राउ

  • २.
    बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार

  • ३.
    दियालो बङ्गलाबाट २४ लाख राजश्व सङ्कलन

  • ४.
    सुनको मूल्य स्थिरः चाँदीको घट्यो

  • ५.
    मार्तडी–कोल्टी र खप्तड–डोगडी–मार्तडी सडक अलपत्र

  • ६.
    मनसुनका कारण विभिन्न सडक प्रभावित

  • ७.
    नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

  • ८.
    प्रधानमन्त्री शाहसँग भेट्दै भारतका प्रधानसेनापति

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.