• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, भदौ ०१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

पश्चिम बङ्गालको होटलमा आगलागी हुँदा सात जनाको मृत्यु

दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

नेपाल-भारत ‘एयर स्पेस पोलिटिक्स’

पूर्वाधार अभावबीच धनकुटामा खेलाडी उत्पादन

सुनचाँदीको मूल्य बढ्यो

शारदा ब्यारेजमा आवागमन बन्द, १ लाख ३० हजार क्युसेक पानी पुगेपछि उच्च सतर्कता

सुदूरपश्चिममा मौलिक पर्व ‘ओल्के’को रौनक, मान्यजनलाई कोसेली दिएर सद्भाव साटासाट

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

गुरही पर्व : संस्कृतिको उत्सवदेखि सामाजिक सेवासम्म

लोकप्रिय समाचार

  • १. साइकलको पांग्रासँगै जाग्दैछ सुदूरपश्चिम : ‘ओल्के हेरिटेज’ले फैलाउँदै स्वास्थ्य, पर्यावरण र पर्यटनको सन्देश

  • २. राशिफल : वृष- व्यापारमा फाइदा, सिंह- आत्मीयजनसँग भेट

  • ३. राशिफल : कन्या- कर्मको प्रतिफल, धनु- सहयोगीबाट लाभ

  • ४. राशिफल : वृश्‍चिक- पठनपाठनमा प्रगति, मकर- पुरुषार्थ

  • ५. राशिफल : वृष- सामाजिक प्रतिष्‍ठा, सिंह- सुखद समाचार

  • ६. राशिफल : कर्कट- नयाँ काम, मीन- मानसम्मान

  • ७. राशिफल : मेष- जमिनबाट लाभ, धनु- मान सम्मान

  • ८. झटारो : रातो क्रान्तिको लाइन !

  • ९. राशिफल : मिथुन- दोहोरो लाभ, तुला- आतिथ्य सत्कार

  • १०. विश्व युवा दिवसमा NYEF कैलालीको रक्तदान, ३० पिन्ट रगत संकलन

दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन


    Avatar photo
सोमबार, भदौ ०१, २०८३ मा प्रकाशित

वासिङ्टन-  संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँगको वार्षिक संयुक्त सैन्य अभ्यासमा भारी कटौती गर्न पेन्टागनलाई निर्देशन दिनुभएको छ । दक्षिण कोरियाले इरानविरुद्धको अमेरिकी युद्धमा सहयोग गर्न अस्वीकार गरेको तथा उत्तर कोरियाली नेता किम जोङ–उनसँग आफ्नो सम्बन्ध राम्रो रहेको भन्दै ट्रम्पले यस्तो निर्देशन दिनुभएको हो ।

Advertisement

ट्रम्पले आइतबार सामाजिक सञ्जालमा लेख्दै सोमबारदेखि सुरु भएको संयुक्त सैन्य अभ्यास महँगो हुनुका साथै उत्तर कोरियाका लागि ‘पूर्ण रूपमा अनुपयुक्त र शत्रुतापूर्ण सन्देश’ भएको बताउनुभएको छ । उहाँले आफ्नो पहिलो कार्यकालमा उत्तर कोरिया ‘अहानिकारक र सम्मानजनक’ रहेको दाबी गर्नुभयो ।

“अभ्यास रद्द गर्न अब धेरै ढिलो भइसकेको तथ्यलाई मध्यनजर गर्दै मैले रक्षामन्त्री पिट हेगसेथलाई संयुक्त सैन्य अभ्यासमा भारी कटौती गर्न निर्देशन दिएको छु”, ट्रम्पले लेख्नुभएको छ ।

ट्रम्पका अनुसार उहाँले हालै दक्षिण कोरियाली राष्ट्रपतिसँग इरानको ‘आणविक निशस्त्रीकरण’ प्रयासमा अमेरिकालाई सहयोग गर्नेबारे सोध्नुभएको थियो । तर, दक्षिण कोरियाले त्यसमा असहमति जनाएको उहाँले बताउनुभएको छ ।

यो निर्णय दक्षिण कोरियासँगको अमेरिकी सुरक्षा गठबन्धनप्रति ट्रम्प प्रशासनको दृष्टिकोणमा आएको महत्त्वपूर्ण परिवर्तनका रूपमा देखिएको छ । यसअघि मे महिनामा पेन्टागनमा भएको बैठकमा रक्षामन्त्री हेगसेथले दक्षिण कोरियाको रक्षा खर्च बढाउने प्रतिबद्धता र कोरियाली प्रायद्वीपको सुरक्षामा नेतृत्वदायी भूमिका निर्वाह गर्ने तयारीको प्रशंसा गर्नुभएको थियो ।

– १८ हजार दक्षिण कोरियाली सैनिक सहभागी –

दक्षिण कोरियाली र अमेरिकी सेनाबीचको ११ दिने ‘उल्ची फ्रिडम शिल्ड’ संयुक्त अभ्यासमा करिब १८ हजार दक्षिण कोरियाली सैनिक सहभागी छन् । उत्तर कोरियाबाट हुन सक्ने सैन्य खतराविरुद्ध संयुक्त प्रतिरक्षा क्षमता सुदृढ गर्ने उद्देश्यले अभ्यास आयोजना गरिएको हो ।

अमेरिकी सेनाका अनुसार अभ्यासले क्षेत्रीय शान्ति तथा सुरक्षाका लागि अमेरिका–दक्षिण कोरिया गठबन्धनको भूमिका सुदृढ गर्नुका साथै दक्षिण कोरियाको रक्षा प्रतिबद्धतालाई पुनः पुष्टि गर्छ । अभ्यासमा वास्तविक गोलीबारी, सैन्य युक्ति तथा नदी पार गर्ने अभ्यासलगायतका गतिविधि समावेश छन् ।

दक्षिण कोरियाको रक्षा मन्त्रालयले भने अभ्यास योजनाअनुसार सोमबारदेखि सुरु भएको पुष्टि गरेको छ । यो संयुक्त अभ्यास उत्तर कोरियाले संयुक्त राष्ट्रसङ्घीय प्रतिबन्धको अवज्ञा गर्दै ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण पुनः सुरु गरेको केही दिनपछि भएको हो ।

अमेरिकी डेमोक्र्याटिक सिनेटर तथा पूर्व नौसेना पाइलट मार्क केलीले ट्रम्पको निर्णयको आलोचना गर्दै संयुक्त सैन्य अभ्यास कमजोर पार्नु “अदूरदर्शी र गल्तीपूर्ण कदम” भएको बताउनुभएको छ ।

– उत्तर कोरियाको चेतावनी –

उत्तर कोरियाले शुक्रबार अमेरिका र दक्षिण कोरियाविरुद्ध अस्पष्ट तर कडा कदम चाल्ने चेतावनी दिएको थियो । उसले संयुक्त सैन्य अभ्यासलाई ‘आक्रामक युद्धको पूर्वाभ्यास’ भन्दै यसले क्षेत्रीय अस्थिरता बढाउने आरोप लगाएको थियो ।

विश्लेषकहरूका अनुसार उत्तर कोरियाले प्रायः अमेरिका र दक्षिण कोरियाका संयुक्त सैन्य अभ्यासलाई आफ्ना आणविक तथा क्षेप्यास्त्र कार्यक्रम अघि बढाउने बहानाका रूपमा प्रयोग गर्दै आएको छ ।

सन् २०१९ मा ट्रम्प र किमबीचको आणविक कूटनीति असफल भएपछि उत्तर कोरियाले आफ्नो आणविक तथा क्षेप्यास्त्र क्षमता विस्तारलाई तीव्रता दिएको छ । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा किमसँग तीन पटक भेट गर्नुभएको थियो र दोस्रो कार्यकालमा पनि उहाँसँग वार्ता पुनः सुरु गर्ने इच्छा व्यक्त गर्दै आउनुभएको छ ।

ट्रम्पको पछिल्लो घोषणा उहाँले किमसँगको आफ्नो तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेको एक दिनपछि आएको हो । उहाँले दुई नेताबीच राम्रो सम्बन्ध रहेको दाबी गर्नुभएको छ ।

ट्रम्पले आफ्नो पहिलो कार्यकालमा पनि अमेरिका–दक्षिण कोरिया संयुक्त सैन्य अभ्यासलाई ‘उत्तेजक’ भन्दै रोक्ने घोषणा गर्नुभएको थियो । सन् २०१८ मा सिङ्गापुरमा किमसँगको भेटपछि ट्रम्पले त्यस्ता अभ्यास बन्द गर्दा ठूलो रकम बचत हुने बताउनुभएको थियो ।

सोमबार, भदौ ०१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पश्चिम बङ्गालको होटलमा आगलागी हुँदा सात जनाको मृत्यु
नेपाल-भारत ‘एयर स्पेस पोलिटिक्स’
पूर्वाधार अभावबीच धनकुटामा खेलाडी उत्पादन
सुनचाँदीको मूल्य बढ्यो
शारदा ब्यारेजमा आवागमन बन्द, १ लाख ३० हजार क्युसेक पानी पुगेपछि उच्च सतर्कता
सुदूरपश्चिममा मौलिक पर्व ‘ओल्के’को रौनक, मान्यजनलाई कोसेली दिएर सद्भाव साटासाट

भर्खरै

  • १.
    पश्चिम बङ्गालको होटलमा आगलागी हुँदा सात जनाको मृत्यु

  • २.
    दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

  • ३.
    नेपाल-भारत ‘एयर स्पेस पोलिटिक्स’

  • ४.
    पूर्वाधार अभावबीच धनकुटामा खेलाडी उत्पादन

  • ५.
    सुनचाँदीको मूल्य बढ्यो

  • ६.
    शारदा ब्यारेजमा आवागमन बन्द, १ लाख ३० हजार क्युसेक पानी पुगेपछि उच्च सतर्कता

  • ७.
    सुदूरपश्चिममा मौलिक पर्व ‘ओल्के’को रौनक, मान्यजनलाई कोसेली दिएर सद्भाव साटासाट

  • ८.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.