• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, भदौ ०१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

पश्चिम बङ्गालको होटलमा आगलागी हुँदा सात जनाको मृत्यु

दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

नेपाल-भारत ‘एयर स्पेस पोलिटिक्स’

पूर्वाधार अभावबीच धनकुटामा खेलाडी उत्पादन

सुनचाँदीको मूल्य बढ्यो

शारदा ब्यारेजमा आवागमन बन्द, १ लाख ३० हजार क्युसेक पानी पुगेपछि उच्च सतर्कता

सुदूरपश्चिममा मौलिक पर्व ‘ओल्के’को रौनक, मान्यजनलाई कोसेली दिएर सद्भाव साटासाट

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

गुरही पर्व : संस्कृतिको उत्सवदेखि सामाजिक सेवासम्म

लोकप्रिय समाचार

  • १. साइकलको पांग्रासँगै जाग्दैछ सुदूरपश्चिम : ‘ओल्के हेरिटेज’ले फैलाउँदै स्वास्थ्य, पर्यावरण र पर्यटनको सन्देश

  • २. राशिफल : वृष- व्यापारमा फाइदा, सिंह- आत्मीयजनसँग भेट

  • ३. राशिफल : कन्या- कर्मको प्रतिफल, धनु- सहयोगीबाट लाभ

  • ४. राशिफल : वृश्‍चिक- पठनपाठनमा प्रगति, मकर- पुरुषार्थ

  • ५. राशिफल : वृष- सामाजिक प्रतिष्‍ठा, सिंह- सुखद समाचार

  • ६. राशिफल : कर्कट- नयाँ काम, मीन- मानसम्मान

  • ७. राशिफल : मेष- जमिनबाट लाभ, धनु- मान सम्मान

  • ८. झटारो : रातो क्रान्तिको लाइन !

  • ९. राशिफल : मिथुन- दोहोरो लाभ, तुला- आतिथ्य सत्कार

  • १०. विश्व युवा दिवसमा NYEF कैलालीको रक्तदान, ३० पिन्ट रगत संकलन

पूर्वाधार अभावबीच धनकुटामा खेलाडी उत्पादन


    Avatar photo
सोमबार, भदौ ०१, २०८३ मा प्रकाशित

धनकुटा- यतिबेला अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई निलम्बन गरेको अवस्था छ । फिफा र एसियाली फुटबल महासङ्घ (एएफसी) को सदस्य रहेको एन्फा फिफाको कारबाहीमा परेपछि नेपालको पुरुष, महिला वा उमेर समूहका राष्ट्रिय टोलीले फिफा वा एफसीका अन्तरराष्ट्रिय प्रतियोगिता खेल्न नपाउने भएका छन् ।

Advertisement

यस्तै फिफा र एएफसीबाट प्राप्त हुने अनुदान तथा विकास कार्यक्रम रोकिन तथा एन्फाका पदाधिकारीले फिफा तथा एएफसीका आधिकारिक बैठक र मतदानमा भाग लिन नपाउने भएका छन् । तर नेपालभित्रका घरेलु प्रतियोगिता (जस्तै लिग वा स्थानीय प्रतियोगिता) सञ्चालन गर्न पाउने भए पनि फिफा र एएफसीको आधिकारिक मान्यता तथा अन्तरराष्ट्रिय अवसरहरु गुमाउने भएको छ ।

यद्यपि पछिल्ला वर्षहरुमा धनकुटा जिल्ला राष्ट्रिय खेलकुदका लागि पनि एउटा महत्वपूर्ण प्रतिभा उत्पादन गर्ने थलोका रुपमा स्थापित हुँदै गएको छ । फुटबलदेखि उसु, भलिबल, ब्याडमिन्टन, बक्सिङ र एथलेटिक्ससम्मका विभिन्न विधामा धनकुटाबाट विभिन्न खेलाडी राष्ट्रिय स्तरमा पुग्न सफल भएका छन् । जिल्ला खेलकुद विकास समितिको तथ्याङ्कअनुसार धनकुटाबाट हालसम्म कम्तीमा ३८ खेलाडीले विभिन्न खेलमार्फत राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा प्रतिनिधित्व गरिसकेका छन् । तीमध्ये केही खेलाडी नेपाली राष्ट्रिय टोलीका नियमित सदस्य बनेका छन् भने कतिपयले प्रशिक्षक र निर्णायकका रुपमा पनि देशको प्रतिनिधित्व गरिरहेका छन् ।

फुटबलमा धनकुटाको उपस्थिति सबैभन्दा बलियो देखिन्छ । फुटबलमा किरण चेम्जोङ, सुजल श्रेष्ठ, बुद्ध चेम्जोङ, राम वाजी, दिलेन राई, पदम भट्टराई, सुमन श्रेष्ठ, विशाल भण्डारी, अशोक भगत श्रेष्ठ, पुरेन्द्रलाल श्रेष्ठलगायतका खेलाडीले राष्ट्रियस्तरमा आफ्नो पहिचान बनाएका छन् । यसैगरी, सुमन श्रेष्ठ फुटबल खेलाडी हुँदै राष्ट्रिय प्रशिक्षक बनेका छन् भने सरिन प्रधान पनि खेलाडी हुँदै अहिले जिल्ला प्रशिक्षकको भूमिकामा रहेका छन् ।

विशेषगरी नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तानसमेत रहिसकेका चेम्जोङ धनकुटाको खेल इतिहासका सबैभन्दा चर्चित नाम हुन् । सुजलले पनि राष्ट्रिय टोलीमा लामो समय योगदान दिए । उनी पनि राष्ट्रिय टोलीका कप्तान भइसकेका छन् । धनकुटाबाट राष्ट्रियस्तरमा प्रतिनिधित्व गर्ने फुटबल खेलाडीहरुको सङ्ख्या मात्रै ११ भन्दा बढी छ । यसले जिल्लामा फुटबलप्रतिको आकर्षण र सम्भावना दुवैलाई देखाउँछ ।

फुटबलपछि उसु खेलमा धनकुटाको उल्लेखनीय उपस्थिति छ । उसुमा नयन श्रेष्ठ खेलाडी हुँदै अन्तरराष्ट्रिय निर्णायकका रुपमा काम गरिरहेका छन् भने खेम थापा पनि खेलाडी हुँदै राष्ट्रिय रेफ्रीका रुपमा काम गरिरहेका छन् । यसैगरी, विमल श्रेष्ठ, उत्तम श्रेष्ठ, चित्रसिंह ठकुरी, शिव राई, मेनुका तामाङ, रिजन श्रेष्ठ, निपेन श्रेष्ठ, तन्जुना सुन्दास, कौशिला तामाङ, हेमराज शङ्कर, सागर मल्ल ठकुरी, केदार सिजाली, पवन गुरुङ र सरिता मोक्तान लगायतले राष्ट्रियस्तरमा प्रतिस्पर्धा गरिसकेका छन् । चित्रसिंह ठकुरीले अन्तरराष्ट्रियस्तरसम्म सहभागिता जनाएर जिल्लाको नाम चिनाएका छन् ।

भलिबलमा शम्भु प्रधान, ईश्वर श्रेष्ठ र पियुष श्रेष्ठ राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका छन् । विनय राईले भने राष्ट्रिय निर्णायकका रुपमा काम गरिरहेका छन् । बक्सिङमा सरु मगर र हेमचन्द्र राईले राष्ट्रियस्तरमा प्रतिस्पर्धा गरेका छन् भने ब्याडमिन्टनमा अरुणा तामाङले राष्ट्रिय प्रतियोगितामा धनकुटाको प्रतिनिधित्व गरेकी छन् । एथलेटिक्समा किरण प्रधान खेलाडीका रुपमा रहँदै राष्ट्रिय निर्णायकका रुपमा सक्रिय छन् ।

यसैगरी, एथ्लेटिक्समै टिकाराम श्रेष्ठ राष्ट्रिय निर्णायकका रुपमा सक्रिय छन् । कबड्डी तथा खो–खोमा सुरेश रिजाल र रोहित दवाडी राष्ट्रिय निर्णायकका रुपमा परिचित छन् । खेलाडी मात्र होइन, राष्ट्रिय प्रशिक्षक र निर्णायक उत्पादन गर्न सफल हुनु धनकुटाका लागि थप उपलब्धि हो ।

धनकुटाबाट राष्ट्रिय खेलाडी उत्पादन हुनुको पछाडि स्थानीय क्लब, विद्यालयस्तरीय प्रतियोगिता, धनकुटामा हुने सहिद भीमनारायण फुटबल प्रतियोगिता, चौबिसे गाउँपालिकामा हुने रारा फुटबल प्रतियोगिता र खेलप्रेमी समुदायको महत्वपूर्ण भूमिका रहेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख नवीन प्रधानले बताए । सीमित स्रोतसाधन र पूर्वाधारका बाबजुद खेलाडीहरुले गरेको सङ्घर्ष प्रशंसनीय रहेको उनको भनाइ छ ।

केही विधाका खेलमा जिल्ला खेलकुद विकास समितिको प्रशिक्षकको व्यवस्था गरेर खेलाडीलाई सहयोग गरिरहेको प्रधानले बताए । यता खेलाडीहरुले भने क्षेत्रमा धेरै चुनौती भने रहेको बताउँदै जिल्लामा आधुनिक खेल मैदान, कभर्ड हल, नियमित प्रशिक्षण केन्द्र र दक्ष प्रशिक्षकको अभाव रहेको गुनासो गर्दै आएका छन् । धनकुटाको मुख्य खेलमैदानका रुपमा रहेको तल्लो टुँडिखेल जीर्ण बन्दै जानुले पनि खेल क्षेत्रमा चुनौती थपेको छ । त्यसो त नेपालका धेरै जिल्लामा खेल पूर्वाधार अभावकै बीच प्रतिभा उत्पादन भइरहेको अवस्था छ ।

खेलकुद क्षेत्रमा स्थानीय तह, प्रदेश सरकार र राष्ट्रिय खेलकुद परिषद्ले खेल पूर्वाधारमा लगानी बढाउने हो भने धनकुटाले अझ धेरै राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी उत्पादन गर्न सक्ने जिल्ला बक्सिङ सङ्घका अध्यक्ष विदुर खवासले बताए । खेलकुदमा लगानीले युवालाई सकारात्मक दिशातर्फ उन्मुख गराउने र जिल्लाको पहिचानलाई राष्ट्रियस्तरमा स्थापित गर्ने उनको भनाइ छ । धनकुटाले अहिलेसम्म उत्पादन गरेका ३८ राष्ट्रियस्तरका खेलाडीहरू केवल व्यक्तिगत सफलताका उदाहरण मात्र होइनन्, उनीहरु जिल्लाको सामूहिक खेल सम्भावना र क्षमताका प्रतीक रहेको खवासको भनाइ छ ।

उचित अवसर, पूर्वाधार र प्रोत्साहन प्राप्त भएमा धनकुटा नेपाली खेलकुदको प्रमुख प्रतिभा केन्द्रका रुपमा अझ मजबुत रुपमा स्थापित हुने खवासको भनाइ छ । खवासले खेलकुदमा ज्यादै कम लगानी हुनु, जिल्लामा खेलाडी प्रशिक्षणका लागि कभर्ड हल, व्यवस्थित खेलमैदान नहुनु मुख्य समस्या रहेको बताए । उनले राज्यले हेर्ने दृष्टिकोण परिवर्तन गरेर लगानी बढाएर खेलमैत्री वातावराण बनाउँदै गाउँगाउँमा रहेको योग्य खेलाडीको पहिचान गर्नुपर्ने तथा आफ्नालाई छनोट गर्ने चलनको अन्त्य भएमा धनकुटाले धेरै राम्रा खेलाडी उत्पादन गर्ने बताए ।

सोमबार, भदौ ०१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पश्चिम बङ्गालको होटलमा आगलागी हुँदा सात जनाको मृत्यु
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
नेपाल-भारत ‘एयर स्पेस पोलिटिक्स’
सुनचाँदीको मूल्य बढ्यो
शारदा ब्यारेजमा आवागमन बन्द, १ लाख ३० हजार क्युसेक पानी पुगेपछि उच्च सतर्कता
सुदूरपश्चिममा मौलिक पर्व ‘ओल्के’को रौनक, मान्यजनलाई कोसेली दिएर सद्भाव साटासाट

भर्खरै

  • १.
    पश्चिम बङ्गालको होटलमा आगलागी हुँदा सात जनाको मृत्यु

  • २.
    दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

  • ३.
    नेपाल-भारत ‘एयर स्पेस पोलिटिक्स’

  • ४.
    पूर्वाधार अभावबीच धनकुटामा खेलाडी उत्पादन

  • ५.
    सुनचाँदीको मूल्य बढ्यो

  • ६.
    शारदा ब्यारेजमा आवागमन बन्द, १ लाख ३० हजार क्युसेक पानी पुगेपछि उच्च सतर्कता

  • ७.
    सुदूरपश्चिममा मौलिक पर्व ‘ओल्के’को रौनक, मान्यजनलाई कोसेली दिएर सद्भाव साटासाट

  • ८.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.