• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

लागुऔषधसहित दुई जना पक्राउ

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

इबोला प्रकोपले बढायो विश्व चिन्ता

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

लागूऔषध नियन्त्रणमा सामाजिक सरोकार !


    Avatar photo
शुक्रबार, असार १२, २०८३ मा प्रकाशित

यूएनओडीसी (युनाइटेड नेसन अफिस अफ ड्रग्स एन्ड क्राइम) को सन् २०२५ को लागूऔषधसम्बन्धी प्रतिवेदनले विश्‍वभरमा ३१ करोड ६० लाख जनसंख्या लागूऔषधको दुरूपयोगमा रहेको देखाएको छ। उसका अनुसार प्रयोगकर्ता विगतका १० वर्षमा २८ प्रतिशतले बढेका छन्। लागूऔषधको उत्पादन तथा बिक्री वितरणको आपराधिक सञ्‍जालमा लागेकाहरू लागूऔषधको उत्पादन, प्रशोधन र लुकाइछिपाइ बजारीकरणका लागि अर्बौं डलर खर्च गरिरहेका छन्।

Advertisement

संसारभरि नै लागूऔषधका कारण संगठित अपराधको बढोत्तरी भएको छ भने प्रयोगकर्ता मात्रै नभई उसको परिवार, बालबच्चा, समुदाय र छिमेकीले समेत यसको पीडा बेहोर्नुपरेको प्रतिवेदनमा उल्लेख छ। साथै, सार्वजनिक सुरक्षामा समेत असर पर्ने, जसका लागि राज्यको सुरक्षा अंगसमेत परिचालन गर्नुपर्ने बाध्यता परेको छ।

नेपालमा गृह मन्त्रालयको सर्वेक्षण, २०७६ अनुसार कुल प्रयोगकर्ता १ लाख ३० हजार ४२४ जना रहेको देखिए पनि हालै माननीय निशा डाँगीले सदनमा १ लाख ५० हजारको संख्यामा लागूऔषध प्रयोकर्ता पुगेको भन्‍ने अभिव्यक्ति दिएको पाइएको छ। ०७६ सालपछिका ७ वर्षमा आधिकारिक तथ्यांक उपलब्ध नभए पनि यदि यो अवधिमा करिव २० हजारको संख्यामा मात्रै वृद्धि भएको हो भने रोकथामका लागि गरिएका प्रयासहरू कामयावी हुँदै गएको झिनो आशा गर्न सकिन्छ। ०६९ सालको सर्वेक्षणमा ११.३६ प्रतिशत वार्षिक वृद्धिदर रहेकामा ०७६ सालमा ५.६ प्रतिशत थियो। यसैगरी वृद्धिदर घटाउनका लागि अझ प्रभावकारी रूपमा रोकथामका उपायहरू अवलम्बन गर्नु जरुरी देखिन्छ।

स्वास्थ्यमा हुने विभिन्‍न प्रकारका संक्रमण (एचआईभी र हेपाटाइटिस बी र सी) को जोखिम कायमै छ। नेपालमा लागूऔषध प्रयोगकर्तामा हुने एचआईभी संक्रमण ३.५ प्रतिशत रहेको भए पनि हेपाटाइटिस बी र सीको संक्रमण भने उच्च (१५ प्रतिशत) रहेको पाइएको छ। यस्तै, मानसिक समस्या र  यौनरोग संक्रमणसमेत देखिँदा व्यक्ति मात्रै नभई उसको परिवारमा समेत संक्रमण बढ्ने र क्रमशः उपचारमा राज्यको समेत व्ययभार बढ्ने निश्‍चित छ।

हाम्रोजस्तो सानो देश, खुला सिमाना र लागूऔषधका लागि सानो र कमजोर सुरक्षा संयन्त्रका बावजुद लागूऔषध बरामदीका घटना बढिरहनुले लागूऔषध प्रयोगर्ताको संख्या बढेको हो या आपूर्ति नियन्त्रण प्रभावकारी हुँदै गएको हो भन्‍ने यकिन गर्न कठिन छ। जे भए पनि लागूऔषधको प्रभावमा युवापुस्ता पर्दै गएको र पछिल्ला वर्षहरूमा उनीहरूमा लागूऔषधप्रतिको परिनिर्भरता बढ्दै गएको नकार्न मिल्दैन।

लागूऔषध सामाजिक समस्या भएकाले यसको नियन्त्रणका लागि सामाजिक प्रयास मात्रै प्रभावकारी हुन्छ। हरेक समाजका सदस्यले आज आफू र आफ्ना परिवार लागूऔषधको कुलतमा नभए पनि जुनसुकै समयमा यसको नकारात्मक असर आफूलाई समेत पर्छ भन्‍ने हेक्का राख्‍नु आवश्यक छ। यो समस्या समाधानका लागि केवल प्रहरी या कुनै संघ संस्थाहरूलाई मात्रै जिम्मेवारी पन्छाउने कार्यले न्यूनीकरणका क्रियाकलापहरू प्रभावकारी हुँदैनन्।

हाम्रै छिमेकी भारतमा हेर्ने हो भने मदिराको बिक्री वितरणसमेत नियन्त्रणमा छ। निश्‍चित स्थानमा मात्रै मदिरा तथा सुर्तिजन्य वस्तुको बिक्री र सेवन गर्ने गरी नियमन गरिएको छ भने यता हाम्रोमा कानूनले सार्वजनिक स्थानको १०० मिटरको पेरिफेरीमा मात्रै मदिरा र सुर्तिजन्य पदार्थको बिक्री वितरण र सेवन गर्ने नियम भए पनि नियमन देखिँदैन।

सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका, २०७१ अनुसार शिक्षण तथा स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम तथा अनाथालयजस्ता सार्वजनिक स्थलको परिसरबाट १०० मिटर दूरी बाहिर मात्र बिक्री वितरण गर्नुपर्ने कानूनी प्रावधान छ।

यसैगरी १८ वर्ष नपुगेका बालबालिका र गर्भवतीलाई सुर्तिजन्य पदार्थ बिक्री वितरण, ओसार पसार नगराउनेलगायत कानूनी प्रावधानहरू भए पनि यसको कार्यान्वयनमा कसैको ध्यान पुगेको देखिँदैन। जब कि, सुर्तिजन्य पदार्थहरूलाई नै विज्ञहरूले लागूऔषधको प्रवेशद्वारको रूपमा लिएका छन्। जो कोहीले पनि खरिद गर्न सक्ने उमेरको ख्याल नगर्ने कार्य कानूनविपरीत भए पनि यस विषयमा कोही दण्डित भएको देखिँदैन। विशेषगरी विद्यालय जाने उमेरका बालबालिकाहरू सुर्तिजन्य पदार्थ सेवन गर्ने जोखिममा छन्।

लागूऔषध नियन्त्रण कठिन कार्य हो तर हाम्रा सामाजिक प्रयासहरू प्रभावकारी भए यसको प्रभाव न्यूनीकरण भने सम्भव छ। र, यस्तै  अवस्थामा कसरी लागूऔषध नियन्त्रण होला त ? अभिभावकहरू आफ्ना बालबालिकालाई पर्याप्त समय दिने र उनीहरूको सम्मानजनक निगरानी गर्दैनन्। सुविधा र पैसाको जोहो गरिदिए सबै कर्तव्य पूरा हुन्छ भन्‍ने सोच अभिभावकमा छ। अभिभावकले आफ्ना सन्तानलाई चियोचर्चा गर्नुभन्दा सम्मानजनक निगरानी गर्ने र भावनात्मक सम्बन्ध राख्‍ने काममा  हुन आएको कमीले समस्या उत्पन्‍न भएका उदाहरणहरू धेरै छन्।

हिजो धनी र सम्पन्‍नहरूका सन्तानहरू कुलतमा फस्‍ने गरेकोमा आज एकदमै विपन्‍न परिवारका बालबालिका र ज्यामी मजदुरी गर्नेहरू समेत कुलतमा फसेको देख्‍न सकिन्छ। बालबालिकामा हुने हिंसाका कारण समेत उनीहरूमा लागूऔषधको परनिर्भरता बढ्दै गएको छ। पछिल्लो समयमा वैदेशिक रोजगारीका कारण आएको पारिवारिक विचलनका कारण बालबालिकाहरू अभिभावकको माया र स्‍नेहबाट टाढिँदै गएकाहरू समेत लागूऔषधको परनिर्भरतामा पर्ने गरेका छन्।

समस्या छ र यसको शुरुआत सुर्तिजन्य पदार्थबाटै हुन्छ। नियन्त्रणका लागि कानून कार्यान्वयन एकाइ, क्रियाशील सामाजिक संघ संस्थाहरू मात्रै पर्याप्त छैनन्। पसलबाट सुर्तिजन्य पदार्थहरू खरिद गर्न आफ्ना सन्तानलाई पठाउने कार्य तुरुन्तै बन्द गर्ने, अभिभावक आफ्ना सन्तानको रोलमोडेल बन्‍ने, आफ्ना सन्तानका लागि सुर्तिजन्य तथा लागूपदार्थ त्यागिदिने हो भने एकदमै सकारात्मक सन्देश जानेछ। नेता, कार्यकर्ता र आमजनता सबैको ध्यान पक्की सडक र स्मार्ट सिटीमा मात्रै देखिन्छ। हाम्रो आवश्यकता सडक पूर्वाधार मात्रै होइन, बरु इमान्दार नागरिक पैदा गर्नु पनि हो भन्‍ने हेक्का राख्‍ने र लागूऔषध दुरुपयोग नियन्त्रणलाई पहिलो प्राथमिकतामा राख्‍न सके भविष्‍य खतरामुक्त हुने विश्‍वास लिन सकिएला।

शुक्रबार, असार १२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लागुऔषधसहित दुई जना पक्राउ
स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री
उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

भर्खरै

  • १.
    लागुऔषधसहित दुई जना पक्राउ

  • २.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ३.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ४.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ५.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ६.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ७.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

  • ८.
    खैरो हेरोइनसहित चार जना पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.