• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, भदौ ०१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

रुसको बेल्गोरोदमा क्षेप्यास्त्र आक्रमण, छ जनाको मृत्यु

समुद्रले निल्दै नाइजेरियाली बस्ती

राष्ट्रपतिद्वारा भारतीयस्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान

बिजुलीको पोल ढलेपछि अशोकधाममा भागदौड, सात भक्तजनको मृत्यु

पश्चिम बङ्गालको होटलमा आगलागी हुँदा सात जनाको मृत्यु

दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

नेपाल-भारत ‘एयर स्पेस पोलिटिक्स’

पूर्वाधार अभावबीच धनकुटामा खेलाडी उत्पादन

सुनचाँदीको मूल्य बढ्यो

लोकप्रिय समाचार

  • १. साइकलको पांग्रासँगै जाग्दैछ सुदूरपश्चिम : ‘ओल्के हेरिटेज’ले फैलाउँदै स्वास्थ्य, पर्यावरण र पर्यटनको सन्देश

  • २. राशिफल : वृष- व्यापारमा फाइदा, सिंह- आत्मीयजनसँग भेट

  • ३. राशिफल : वृश्‍चिक- पठनपाठनमा प्रगति, मकर- पुरुषार्थ

  • ४. राशिफल : कन्या- कर्मको प्रतिफल, धनु- सहयोगीबाट लाभ

  • ५. राशिफल : वृष- सामाजिक प्रतिष्‍ठा, सिंह- सुखद समाचार

  • ६. राशिफल : कर्कट- नयाँ काम, मीन- मानसम्मान

  • ७. राशिफल : मेष- जमिनबाट लाभ, धनु- मान सम्मान

  • ८. झटारो : रातो क्रान्तिको लाइन !

  • ९. राशिफल : मिथुन- दोहोरो लाभ, तुला- आतिथ्य सत्कार

  • १०. विश्व युवा दिवसमा NYEF कैलालीको रक्तदान, ३० पिन्ट रगत संकलन

बिजुलीको पोल ढलेपछि अशोकधाममा भागदौड, सात भक्तजनको मृत्यु


    Avatar photo
सोमबार, भदौ ०१, २०८३ मा प्रकाशित

बिहार- बिहारको लखीसराय जिल्लास्थित अशोकधाम मन्दिर नजिक सोमबार बिहान भागदौड हुँदा कम्तीमा सात भक्तजनको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन् ।

Advertisement

जिल्ला प्रशासनका अनुसार रेलवे हाल्ट नजिक बिजुलीको पोल ढलेपछि त्यसबाट विद्युत् प्रवाह भइरहेको तार खसेको हल्ला फैलिएसँगै भीडमा त्रास उत्पन्न हुँदा भागदौड भएको हो । मृतकमध्ये सबै महिला रहेको लखीसरायका जिल्ला मजिस्ट्रेट शैलेन्द्र कुमारले बताउनुभयो ।

मजिस्ट्रेट कुमारका अनुसार भक्तजनको लाम अशोकधाम हाल्टसम्म पुगेको थियो र त्यहाँ दुईवटा रेल रोकिएका थिए । अचानक पुरुषतर्फको लामनजिक बिजुलीको पोल ढलेपछि त्यसमा रहेको केबल तार खसेको थियो । तारमा विद्युत् प्रवाह भइरहेको हल्ला फैलिएपछि महिलातर्फको लाममा चाप बढ्दा केही भक्तजन एकअर्कामाथि लडेका थिए ।

“घटना करिब दुई मिनेटको अवधिमा अचानक भएको हो”, कुमारले भन्नुभयो । उहाँका अनुसार प्रहरी तथा प्रशासन बिहान ३ बजेदेखि नै घटनास्थलमा खटिएका थिए ।

लखीसरायका एसडीपीओ शिवम कुमारले सात जनाको मृत्यु भएको पुष्टि गर्दै पोल ढलेपछि करेन्ट लागेको प्रारम्भिक जानकारी आए पनि घटनाको वास्तविक कारणबारे अनुसन्धान भइरहेको बताउनुभयो ।

बिहारका मन्त्री विजय कुमार सिन्हाले घटनाप्रति दुःख व्यक्त गर्दै विद्युत् प्रवाह भइरहेको तार खसेको हल्लाका कारण भागदौड भएको बताउनुभयो । उहाँले गलत हल्ला फैलाउने व्यक्तिको पहिचान गरी कारबाही गरिने जानकारी दिनुभयो । “तार खसेपछि करेन्ट फैलिएको हल्ला फैलियो र त्यसले भागदौडको स्थिति निम्त्यायो”, उहाँले भन्नुभयो ।
केन्द्रीय मन्त्री राजीव रञ्जन (लालन) सिंहले पनि घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गर्नुभयो । उहाँका अनुसार साउनको तेस्रो सोमबारका अवसरमा अशोकधाममा ठूलो सङ्ख्यामा भक्तजन जम्मा भएका थिए ।

घाइतेहरूलाई तत्काल लखीसराय सदर अस्पताल तथा नजिकका स्वास्थ्य केन्द्रमा लगिएको छ । घटनास्थलमा प्रहरी, जिल्ला प्रशासन र आपत्कालीन सेवाका टोली परिचालन गरिएको थियो ।

यसैबीच, बिहार सरकारले मृतकका परिवारलाई जनही चार लाख भारतीय रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ । मुख्यमन्त्री सम्राट चौधरीले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत सरकार पीडित परिवारको साथमा रहेको बताउनुभएको छ ।

साउन महिनाको सोमबार शिव मन्दिरमा जल चढाउन ठूलो सङ्ख्यामा भक्तजन पुग्ने भएकाले अशोकधाममा पनि बिहानैदेखि भीड लागेको थियो ।

 

सोमबार, भदौ ०१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रुसको बेल्गोरोदमा क्षेप्यास्त्र आक्रमण, छ जनाको मृत्यु
समुद्रले निल्दै नाइजेरियाली बस्ती
राष्ट्रपतिद्वारा भारतीयस्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान
पश्चिम बङ्गालको होटलमा आगलागी हुँदा सात जनाको मृत्यु
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
नेपाल-भारत ‘एयर स्पेस पोलिटिक्स’

भर्खरै

  • १.
    रुसको बेल्गोरोदमा क्षेप्यास्त्र आक्रमण, छ जनाको मृत्यु

  • २.
    समुद्रले निल्दै नाइजेरियाली बस्ती

  • ३.
    राष्ट्रपतिद्वारा भारतीयस्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान

  • ४.
    बिजुलीको पोल ढलेपछि अशोकधाममा भागदौड, सात भक्तजनको मृत्यु

  • ५.
    पश्चिम बङ्गालको होटलमा आगलागी हुँदा सात जनाको मृत्यु

  • ६.
    दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

  • ७.
    नेपाल-भारत ‘एयर स्पेस पोलिटिक्स’

  • ८.
    पूर्वाधार अभावबीच धनकुटामा खेलाडी उत्पादन

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.