• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, असोज ०२, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने

स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ

पाकिस्तानमा मस्जिदमा बम विस्फोट हुँदा १५ जनाको मृत्यु, ५६ घाइते

समाचार प्रकाशनपछि उपमहानगरपालिकाको सूचना : ‘वातावरणीय अध्ययनबिना नदीजन्य पदार्थ नउठाउनू’

भारत, अमेरिका र चीनसहित १३ देशका लागि राजदूत सिफारिस, को कहाँ ?

खुटिया खोलामा प्रहरी एक्सन : वातावरणीय अध्ययनबिनै नदीजन्य पदार्थ उठाउन पुगेका ट्र्याक्टर र नगर प्रहरी फर्काइए

फिलिपिन्सको विद्यालयमा गोली हानाहान, दुई जनाको मृत्यु

प्रधानमन्त्रीले जेनजी सांसदहरूलाई भन्नुभयो : नवीन सोचका साथ आफ्नै पुस्ताका लागि काम गर्नुहोस्

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ५. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ८. राशिफल : कर्कट- व्यवसायमा लगानी, मीन- विपरीत लिंगीको सहयोग

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

पुरस्कारको रकमबाट नोबेल विजेता कसले के किने?


    Avatar photo
शुक्रबार, असोज २१, २०७९ मा प्रकाशित

काठमाडौं- नोबेल पुरस्कार फिजिक्स, केमेस्ट्री, मेडिसिन, साहित्य र शान्ति क्षेत्रमा दिइने पुरस्कार हो। यो पुरस्कार एक वर्षदेखि मानव हितका लागि उत्कृष्ट काम गरिरहेका व्यक्तिलाई प्रदान गरिन्छ।

Advertisement

स्विडेनका व्यापारी तथा डाइनामाइटका आविष्कारक अल्फ्रेड नोबेलले यसको स्थापना गरेका थिए। उनी आफ्नो कमाइको सबैभन्दा बढी भाग पुरस्कार लन्च गर्न एक फन्डमा छोडेर बितेका थिए। यसलाई पहिलोपटक सन् १९०१ मा दिइएको थियो। १९६८ मा स्विडेनको केन्द्रीय बैंकले इकोनमिक साइन्सलाई यसमा जोडेको थियो।

नोबेल पिस डट अर्गानाइजेसनका अनुसार १९०१ देखि २०२१ को बीचमा नोबेल पुरस्कार र अल्फ्रेड नोबेलको स्मृतिमा इकोनोमिक साइन्सेसमा स्वेरिग्स रिक्सबैंक पुरस्कार २५ संस्थाका ९४३ जनालाई प्रदान गरिएको छ। यस अवधिमा यो पुरस्कार ६८ पटक महिलालाई दिइएको छ।

कसरी छानिन्छन् विजेता ?

शिक्षाविद्, विश्वविद्यालयका प्राध्यापक, वैज्ञानिक, पूर्वविजेता र अन्य छानिएका व्यक्तिहरूले नोमिनेसन जम्मा गर्छन्। नोबेल फाउन्डेसनको नियमअनुसार सर्ट लिस्ट गरिएका नामलाई ५० वर्षसम्म सार्वजनिक गरिँदैन। कसैले पनि आफूलाई स्वयम् नामांकित गर्न सक्दैन।

पुरस्कार पाउने व्यक्तिलाई विजेता भनिन्छ। यो नाम प्राचीन ग्रिसमा विजेतालाई दिइने फूलबाट दिइएको हो। एक व्यक्तिलाई तीनपटकभन्दा बढी यो पुरस्कार दिइँदैन। कुनै वर्ष यस्तो पनि छन्, जुन वर्ष पुरस्कार वितरण गरिएन। ती वर्षहरू विशेषगरी दोस्रो विश्वयुद्धको समयका थिए।

नोवेल फाउन्डेसनको नियमअनुसार एक वर्षमा पुरस्कार दिनुपर्ने एकजना पनि व्यक्ति नभएको खण्डमा पुरस्कार दिइँदैन र पुरस्कार रकम अर्को वर्षका लागि राखिन्छ।

फिजिक्स, केमेस्ट्री, फिजियोलोजी वा मेडिसिन, साहित्य र इकोनोमिक साइन्सेसका पुरस्कारहरू स्विडेनको स्टकहोममा दिइन्छ। नोबेल शान्ति पुरस्कारको चयन नर्वेमा पाँचजनाको एक कमिटीले गर्छ। यस कमिटीलाई नर्वेको संसदले छनोट गर्छ र पुरस्कार ओस्लोमा दिइन्छ।

विजेताले के के पाउँछन् ?

एक नोबेल डिप्लोमा, जुन एक अनौठो आर्टवर्क हुन्छ। यसका साथै विजेतालाई एक नोबेल मेडल दिइन्छ, जसको अलग–अलग डिजाइन हुन्छ। नगद पुरस्कार, एक करोड स्विडिस क्रोनर अर्थात ९ लाख ११ हजार डलर दिइन्छ। नेपालमा उक्त रकम शुक्रबारको विनिमय दरअनुसार एक करोड आड लाख ३१ हजार ७९० रुपैयाँ हुन आउँछ।

एउटा क्षेत्रमा एकभन्दा बढी व्यक्ति विजेता भएपछि पुरस्कार राशि आधा–आधा बाँडिन्छ। पुरस्कार १० डिसेम्बरमा दिइन्छ। यही दिन अल्फ्रेड नोबेलको निधन भएको थियो।

प्रख्यात विजेता

पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामालाई सन् २००९ मा शान्ति पुरस्कार ‘अन्तर्राष्ट्रिय डिप्लोमेसीलाई बलियो बनाउन र मानिस–मानिसबीच सहयोग बढाउने प्रयास’का लागि प्रदान गरिएको थियो।

राष्ट्रपति ओबामाले भनेका थिए, ‘अचम्मित र आभारी छु’ र उनी यसलाई ‘कल टु एक्सन’का रूपमा प्रयोग गर्नेछन्। यद्यपि, यसको धेरै आलोचना भएको थियो। किनभने, नोमिनेसन दर्ताका लागि अन्तिम मितिसम्म उनको राष्ट्रपति कार्यकाल जम्मा १२ दिनको थियो।

पूर्वअमेरिकी राष्ट्रपति जिमी कार्टर (२००२), युरोपियन युनियन (२०१२), संयुक्त राष्ट्र र यसका महासचिव कोफी अन्नान (२००१ संयुक्त) र कोलकाताको सेन्ट टेरेसा (१९७९)लाई पनि नोबेल पुरस्कार प्रदान गरिएको छ।

अल्बर्ट आइन्स्टाइन (फिजिक्स १९२१) र मेरी क्यूरी (फिजिक्स १९०३ र केमिस्ट्री १९११)लाई पनि नोबेल पुरस्कार दिइएको छ। बच्चाको शिक्षाको क्षेत्रमा काम गर्ने मलाला युसुफजाई पुरस्कार जित्ने सबैभन्दा कम उमेरकी व्यक्ति हुन्। जन बी गुडएनफलाई सन् २०१९ मा केमेस्ट्रीमा नोबेल पुरस्कार दिइएको थियो। उक्त समय उनको उमेर ९८ वर्ष थियो। र, उनी यो पुरस्कार पाउने सबैभन्दा बढी उमेरका व्यक्ति हुन्।

अहिलेसम्म जम्मा २ जनाले मात्र नोबेल पुरस्कार लिन अस्वीकार गरेका छन्। फ्रान्सका लेखक जान–पाल सात्र्र र भियतनामका नेता डुत टोले पुरस्कार अस्वीकार गरेका हुन्। यसबाहेक चार जनालाई उनीहरूको देशले पुरस्कार लिन दिएन। सन् २०१६ मा गायक बा डिनल आफ्नो साहित्यक पुरस्कार लिन्छन् वा लिँदैनन् भन्ने कुरामा शंका उत्पन्न भएको थियो। अन्ततः, उनले जुन २०१७ मा आफ्नो लेक्चर दिए।

विजेताहरूले नगदबाट के खरिद गरे ?

मेरी र पियरे क्युरीले पुरस्कार राशिको प्रयोग गरेर आफ्नो रिसर्चलाई अगाडि बढाउने काम गरे। सन् २००६ मा जान मथरले पुरस्कार राशि सबै आफ्नो फाउन्डेसनलाई दिएका थिए। सन् १९९३ मा बेलायती बायोकेमिस्ट रिचर्ड रोबट्सले क्रिकेट खेलको लोनमा पैसा खर्च गरे। र, सन् १९९३ मा लोरेट फिलिप सार्पले आफ्ना लागि एक वर्ष पुरानो फेडरल स्टाइलको घर किने।

सन् २००१ का विजेता सर पल नर्सले पुरस्कार राशिले एउटा महँगो मोटरबाइक खरिद गरे। सन् २००६ मा साहित्यतर्फको नोबेल विजेता ओहार्न पामुकले इस्तानबुलमा एक संग्रहालय बनाए। हालसालै रुसी स्वतन्त्र अखबारका सम्पादक डिमित्री मरातोवले रुस–युक्रेन युद्धबाट प्रभावित भएका बच्चाहरूको सहयोगका लागि आफ्नो नोवेल पुरस्कार १० करोड ३४ लाख ५० हजार डलरमा लिलाम गरे।

शुक्रबार, असोज २१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

फिलिपिन्सको विद्यालयमा गोली हानाहान, दुई जनाको मृत्यु
पाकिस्तानमा बम विस्फोटमा छ सैनिकको मृत्यु
विश्‍व घटना : साउदीमा सवा लाख वर्षअघि पुगेका थिए मानिस
क्यानाडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव
विश्‍व घटना : पेट्रोलभन्दा इलेक्ट्रिक कार बढी हुने पहिलो देश
इजरायली आक्रमणले गाजाको अपार्टमेन्ट भत्किदा १२ जनाको मृत्यु सयौँ बेपत्ता

भर्खरै

  • १.
    बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने

  • २.
    स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ

  • ३.
    पाकिस्तानमा मस्जिदमा बम विस्फोट हुँदा १५ जनाको मृत्यु, ५६ घाइते

  • ४.
    समाचार प्रकाशनपछि उपमहानगरपालिकाको सूचना : ‘वातावरणीय अध्ययनबिना नदीजन्य पदार्थ नउठाउनू’

  • ५.
    भारत, अमेरिका र चीनसहित १३ देशका लागि राजदूत सिफारिस, को कहाँ ?

  • ६.
    खुटिया खोलामा प्रहरी एक्सन : वातावरणीय अध्ययनबिनै नदीजन्य पदार्थ उठाउन पुगेका ट्र्याक्टर र नगर प्रहरी फर्काइए

  • ७.
    फिलिपिन्सको विद्यालयमा गोली हानाहान, दुई जनाको मृत्यु

  • ८.
    प्रधानमन्त्रीले जेनजी सांसदहरूलाई भन्नुभयो : नवीन सोचका साथ आफ्नै पुस्ताका लागि काम गर्नुहोस्

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.