• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, असोज ०३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

बाँदरले दुःख दिएपछि‘तरुल’ खेती

धुलिखेलमा रसायनरहित पानी शुद्धीकरण केन्द्र हस्तान्तरण

बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग

भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

ट्याङ्करको ठक्करबाट मृत्यु

रुपन्देही प्रहरीद्वारा ८३ फरार प्रतिवादी पक्राउ, फैसला कार्यान्वयनमा जोड

भदौमा पाँच अर्बको विद्युत् निर्यात

झटारो : संसारकै निद हराम अर्थात् ट्रम्प बड्डा !

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ३. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • ४. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ५. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ६. राशिफल : कर्कट- व्यवसायमा लगानी, मीन- विपरीत लिंगीको सहयोग

  • ७. खुटिया खोलामा प्रहरी एक्सन : वातावरणीय अध्ययनबिनै नदीजन्य पदार्थ उठाउन पुगेका ट्र्याक्टर र नगर प्रहरी फर्काइए

  • ८. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • ९. सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

  • १०. विश्‍व घटना : लिबियाको बाढीमा मारिए २० हजार

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट


    Avatar photo
शुक्रबार, असोज ०२, २०८३ मा प्रकाशित

काठमाडौँ- सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क जे–ख्योङले उहाँको कार्यकक्षमा आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

त्यस अवसरमा उहाँहरुबीच नेपाल–कोरिया सम्बन्ध, भोटेकोशी बाढी प्रभावितको उद्धार, पुनःस्थापना तथा सहायताबारे छलफल हुनाका साथै सूचना प्रविधि, ‘डिजिटल’ अर्थतन्त्र र कृत्रिम बौद्धिकताका क्षेत्रमा सहकार्य गर्नेबारे कुराकानी भएको थियो ।

सञ्चारमन्त्री डा तिमिल्सिनाले भोटेकोशीको बाढीबाट सिर्जित विपद्को कठिन समयमा नेपाललाई कोरियाबाट प्राप्त सहयोग र सहानुभूतिका लागि आभार व्यक्त गर्नुभयो । उद्धार तथा खोजीमा कोरियाले विपद् व्यवस्थापन टोली परिचालन गरेकामा आभार व्यक्त गर्दै उहाँले बाढी प्रभावितका लागि सहयोग तथा पुनर्निर्माण र पुनःस्थानामा सहयोग गर्ने कोरियाली सरकारको प्रतिबद्धताका लागि कृतज्ञता ज्ञापन गर्नुभयो ।

सञ्चारमन्त्री डा तिमिल्सिनाले नेपाल र कोरियाबीच पारस्परिक सम्मान, समझदारी र सहकार्यमा आधारित मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

राजदूत पार्कले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि कोरियाको सहयोग निरन्तर रहने बताउनुभयो । उहाँले बाढीमा परेका कोरियाली नागरिकको अवस्थाबारे चासो व्यक्त गर्नुभयो । राजदूत पार्कका अनुसार कोरियाली सुरक्षाकर्मीको टोलीले बाढीमा फसेका १० जना कोरियाली नागरिकको उद्धार गरेको छ भने माथिल्लो त्रिशूली–१ आयोजना क्षेत्रमा रहेका नौ जना कोरियाली नागरिक अझै सम्पर्कविहीन छन् ।

राजदूत पार्कले यही असोज १४ गतेदेखि दक्षिण कोरियामा आयोजना हुने ‘१२औँ ग्लोबल आइसिटी लिडरसिप फोरम’मा नेपाल र अन्य देशका तर्फबाट हुने सहभागिताबारे सञ्चारमन्त्रीलाई जानकारी दिनुभयो ।

दक्षिण कोरियाको विज्ञान तथा सूचना प्रविधि मन्त्रालयको आयोजनामा तथा नेसनल इन्फरमेसन सोसाइटी एजेन्सीको संयोजनमा हुने उक्त फोरममा नेपाललगायत विभिन्न देशका प्रतिनिधिबीच सूचना प्रविधि तथा कृत्रिम बौद्धिकताका क्षेत्रमा सहकार्य एवं आगामी रणनीतिबारे उच्चस्तरीय छलफल हुनेछ ।

शुक्रबार, असोज ०२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बाँदरले दुःख दिएपछि‘तरुल’ खेती
धुलिखेलमा रसायनरहित पानी शुद्धीकरण केन्द्र हस्तान्तरण
बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग
भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने
ट्याङ्करको ठक्करबाट मृत्यु

भर्खरै

  • १.
    बाँदरले दुःख दिएपछि‘तरुल’ खेती

  • २.
    धुलिखेलमा रसायनरहित पानी शुद्धीकरण केन्द्र हस्तान्तरण

  • ३.
    बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग

  • ४.
    भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद

  • ५.
    परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

  • ६.
    ट्याङ्करको ठक्करबाट मृत्यु

  • ७.
    रुपन्देही प्रहरीद्वारा ८३ फरार प्रतिवादी पक्राउ, फैसला कार्यान्वयनमा जोड

  • ८.
    भदौमा पाँच अर्बको विद्युत् निर्यात

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.