मेष- परोपकारका क्षेत्रमा मन आकर्षित हुनेछ। मिष्ठान्न भोजनको अवसर आउने छ भने मित्रजनसँग पनि भेटघाट होला। व्यापारबाट राम्रै आम्दानी हुन सक्छ। नसोचेको काम बन्नेछ। प्रिय साथीसँग पनि भेटघाट होला।
वृष- भौतिक साधनको क्षतिले अनावश्यक धन नाश होला। सवारी साधन चलाउँदा सावधानी अपनाउनु होला। खानामा सचेत रहनुपर्ने दिन छ। अनावश्यक झमेलामा परिएला।
मिथुन- आज तपाईंको धनजनमा वृद्धि भई कसैबाट समर्थन पाइएला। ठूला व्यक्तिसँग पनि भेटघाट हुन सक्छ। काम रोकिए पनि अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन्। अन्न लाभ होला।
कर्कट- कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ। पुराना कामहरू आज नै सम्पन्न हुन सक्ने दिन छ। आयआर्जन हुने दिन छ। यात्राको सम्भावना छ। नउठ्ने पैसा उठेर मनमा हर्ष छाउनेछ।
सिंह- आज कुनै पनि नयाँ काम नथाल्नु होला। टाढाको यात्रा हुने दिन छ। लेनदेको काम पनि नगरेकै वेश होला। घरमा पाहुनाले सताउलान्। धन लाभ होला। रमाइलो यात्राको पनि योग छ।
कन्या- स्वास्थ्यका लागि खानामा ध्यान पुर्याउनु होला। धनको नाश हुन सक्छ। प्रेममा पनि धोका होला। सानातिना काममा महत्त्वपूर्ण समय बित्नेछ। सहयोगीहरूको साथ दिए पनि काम पूरा नहुने समय छ।
तुला- काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ। मन हर्षित रहला। आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ। स्वास्थ्य कमजोर रहने छ। सोचेको काम समयमै सम्पन्न नहोला।
वृश्चिक- कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला। परिवारजनका इच्छा पूरा गर्न सकिनेछ। पढाइमा सफलता पाउने तथा धर्ममा रुचि बढ्ने छ। माता-पितासँगको भेटघाटले मनमा हर्ष उल्लास छाउनेछ।
धनु- विपरित लिंगीको सहयोग प्राप्त भई मन हर्षित हुने योग छ। काम गर्नमा थप जाँगर थपिने देखिन्छ। पैसो कमाउने योग छ। पारिवारिक सुख मिल्ने दिन छ भने व्यापारमा पनि फाइदाकै योग देखिन्छ।
मकर- शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ, सफलता भने प्राप्त हुने छैन। मनमा उदासिनता बढ्ने छ। काममा अवरोध सिर्जना गर्नेहरू सक्रिय रहने छन्। विश्वास गरेकाले धोका दिने छन्।
कुम्भ- द्विविधाग्रस्त दिन छ। सामाजिक काममा नाम रहने छ। जागिरमा भने सजग रहनु होला। स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ। आर्थिक लाभ हुनेछ। मान सम्मान पनि पाउन सकिन्छ।
मीन- प्रेम र मित्रताको बन्धन कसिने दिन छ। विभिन्न सहयोग र उपहार पाइनेछ। यात्राको पनि योग छ। काम बन्नाले मन रमाउने छ। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ।