मेष- धेरै लगानीपछि कम फाइदा हुनेछ। समयमा होश नपुग्नाले केही चुनौती झेल्नुपर्ला । आगो र हातहतियारबाट सावधान रहनु होला।
वृष- कामको कदर भई प्रतिष्ठा बढ्ने छ। पढाइ र व्यापारमा प्रगति हुने दिन छ। कामको सन्दर्भमा रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। कला क्षेत्रमा रुचि बढ्नेछ।
मिथुन- प्राविधिक काममा सफलता प्राप्त हुनेछ। आत्मविश्वास जाग्नेछ। अल्झेको काम बन्नाले मनमा हर्ष छाउला। कामबाट फुर्सद पाइनेछ।
कर्कट- रोकिएका घरेलु कामकाज विस्तारै बन्नेछन्। अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ। व्यवसायमा थप लगानी बढाउन सकिनेछ।
सिंह- केही चुनौती सामना गर्नुपर्ने देखिन्छ। स्वास्थ्य कमजोर रहे पनि सहयोगीहरू जुटाउन सकिनेछ। चोटपटकको भय पनि छ।
कन्या- पढाइलेखाइमा प्रगति हुनेछ। धनजनको वृद्धि होला। महत्त्वपूर्ण काम धेरै बन्नेछन्। मनमा शान्ति छाउनेछ।
तुला- ऋणसापटी लिनदिन आजको दिन अनुकूल छ। पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ। आर्थिक क्षेत्रमा प्रशस्त लाभ हुनेछ। मनोरञ्जनमा दिन बित्नेछ।
वृश्चिक- व्यापार बढ्ने, यात्रा हुने र रमाइलो भेटघाटले मन हर्षित रहनेछ। सन्तान सुख पाइनेछ। मनमा रहेको डर हटेर काममा उत्साह बढ्नेछ।
धनु- स्वास्थ्य स्थितिमा अनुकूलता आउनेछ। काम गर्न जाँगर चल्नेछ, उत्साहब्द्धक समय छ। भएको आम्दानी र सञ्चित रकम खर्च गर्नुपर्ला।
मकर- परिश्रमअनुसार उपलब्धि राम्रै पाइएला। रोकिएका काम पुनः शुरु हुन सक्छन्। दिन मध्यम खालको छ। बौद्धिक उन्नतिले काममा सफलता मिल्ने छ।
कुम्भ- आम्दानीमा कमी आउने छैन। खर्चभन्दा कमाइ नै बढी हुने योग छ। छरछिमेकबाट सहयोग प्राप्त होला। दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ।
मीन- विपरीत लिंगीको सहयोग प्राप्त भई मन हर्षित हुने योग छ। नयाँ तथा थालेका कामहरू सहजै बन्न सक्ने दिन छ। नयाँ ठाउँमा लगानीको वातावरण बनी मन हर्षित हुनेछ।