• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, असोज ०३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

बाँदरले दुःख दिएपछि‘तरुल’ खेती

धुलिखेलमा रसायनरहित पानी शुद्धीकरण केन्द्र हस्तान्तरण

बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग

भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

ट्याङ्करको ठक्करबाट मृत्यु

रुपन्देही प्रहरीद्वारा ८३ फरार प्रतिवादी पक्राउ, फैसला कार्यान्वयनमा जोड

भदौमा पाँच अर्बको विद्युत् निर्यात

झटारो : संसारकै निद हराम अर्थात् ट्रम्प बड्डा !

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ३. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • ४. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ५. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ६. राशिफल : कर्कट- व्यवसायमा लगानी, मीन- विपरीत लिंगीको सहयोग

  • ७. खुटिया खोलामा प्रहरी एक्सन : वातावरणीय अध्ययनबिनै नदीजन्य पदार्थ उठाउन पुगेका ट्र्याक्टर र नगर प्रहरी फर्काइए

  • ८. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • ९. सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

  • १०. विश्‍व घटना : लिबियाको बाढीमा मारिए २० हजार

बाँदरले दुःख दिएपछि‘तरुल’ खेती


    Avatar photo
शनिबार, असोज ०३, २०८३ मा प्रकाशित

भोजपुर- जिल्लाको ग्रामीण भेगमा बाँदरको सास्ती बढेपछि किसानहरूले त्यसको विकल्पका रूपमा घरतरुल खेतीलाई रोज्न थालेका छन ्। जमिनमुनि फल्ने भएकाले बाँदर तथा अन्य वन्यजन्तुबाट सुरक्षित हुनुका साथै थोरै मिहिनेतमा राम्रो आम्दानी लिन सकिने भएपछि यहाँका किसानको आकर्षण घरतरुलतर्फ बढेको हो ।

मकै, कोदो, आलु जस्ता परम्परागत बाली बाँदरले सखाप पारेर हैरान बनाएपछि कतिपय किसानले जमिन नै बाँझो छाड्ने गरेका थिए । तर अहिले किसानहरुले त्यस्ता जमिनमासमेत घरतरुल खेती गर्दै आएका छन् । भोजपुर नगरपालिका–५ का किसान बेनीबहादुर विष्टका अनुसार बाँदरको अत्यधिक समस्या भएका ठाउँमा घरतरुल भरपर्दो आम्दानीको स्रोत बनेको छ। । “बाँदरले अरू बाली केही पनि बाँकी राख्दैन,”उहाँले भन्नुभयो, “तर तरुल जमिनमुनि फल्ने भएकाले सुरक्षित रहन्छ। अहिले गाउँका धेरै किसानले बाँदर छल्नकै लागि भए पनि तरुल खेती विस्तार गरेका छन्।”

तरुल मुख्यगरी उसिनेर खान र तरकारीका रूपमा प्रयोग हुने भएकाले यसको बजार माग उच्च छ। स्थानीय किसान धन थापाका अनुसार अहिले गोडमेल गरिएको तरुल कात्तिक–मंसिर महिनाबाट खनेर बजारमा बिक्रीका लागि लैजाने गरिन्छ। किसानले बढी मात्रामा जाँते तथा पतले जातको घरतरुल रोप्ने गरेको उहाँले जानकारी दिनुभयो । “स्थानीय बजारमा घरतरुल प्रतिकेजी रु. ८० देखि रु. १२० सम्ममा सजिलै बिक्री हुन्छ,“ किसान थापाले भन्नुभयो, “मलखाद र माटोको अवस्था राम्रो भएर फस्टाएको एउटै बोटबाट १५ देखि २० किलोग्रामसम्म उत्पादन लिन सकिन्छ। यसकै आम्दानीले नुनतेलदेखि घरपरिवारको सामान्य खर्च मज्जाले टरेको छ।”

कम सिँचाइ र भिरालो जमिनमा पनि राम्रो उत्पादन हुने भएकाले पहाडी भू–भागका लागि यो अत्यन्तै उपयुक्त बाली मानिन्छ। विशेष गरी माघे संक्रान्तिका बेला यसको माग झनै उच्च हुने भएकाले किसानहरूले सोही समयलाई लक्षित गरेर बिक्री बढाउने गरेका छन् ।

स्थानीय बजारका साथै धरान, इटहरी र विराटनगर जस्ता सहरमासमेत जिल्लाको तरुलको माग रहेकाले बजारीकरणमा समस्या नरहेको किसानहरू बताउँछन् । कृषि विज्ञहरूका अनुसार बाँदर प्रभावित क्षेत्रका किसानलाई यस्ता वैकल्पिक र नगदे बालीतर्फ प्रोत्साहन गर्न स्थानीय सरकारले प्राविधिक सहयोग र उन्नत बीउ उपलब्ध गराउन आवश्यक देखिन्छन् ।

शनिबार, असोज ०३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

धुलिखेलमा रसायनरहित पानी शुद्धीकरण केन्द्र हस्तान्तरण
बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग
भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने
ट्याङ्करको ठक्करबाट मृत्यु
रुपन्देही प्रहरीद्वारा ८३ फरार प्रतिवादी पक्राउ, फैसला कार्यान्वयनमा जोड

भर्खरै

  • १.
    बाँदरले दुःख दिएपछि‘तरुल’ खेती

  • २.
    धुलिखेलमा रसायनरहित पानी शुद्धीकरण केन्द्र हस्तान्तरण

  • ३.
    बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग

  • ४.
    भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद

  • ५.
    परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

  • ६.
    ट्याङ्करको ठक्करबाट मृत्यु

  • ७.
    रुपन्देही प्रहरीद्वारा ८३ फरार प्रतिवादी पक्राउ, फैसला कार्यान्वयनमा जोड

  • ८.
    भदौमा पाँच अर्बको विद्युत् निर्यात

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.