• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, असोज ०३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

बाँदरले दुःख दिएपछि‘तरुल’ खेती

धुलिखेलमा रसायनरहित पानी शुद्धीकरण केन्द्र हस्तान्तरण

बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग

भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

ट्याङ्करको ठक्करबाट मृत्यु

रुपन्देही प्रहरीद्वारा ८३ फरार प्रतिवादी पक्राउ, फैसला कार्यान्वयनमा जोड

भदौमा पाँच अर्बको विद्युत् निर्यात

झटारो : संसारकै निद हराम अर्थात् ट्रम्प बड्डा !

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ३. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • ४. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ५. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ६. राशिफल : कर्कट- व्यवसायमा लगानी, मीन- विपरीत लिंगीको सहयोग

  • ७. खुटिया खोलामा प्रहरी एक्सन : वातावरणीय अध्ययनबिनै नदीजन्य पदार्थ उठाउन पुगेका ट्र्याक्टर र नगर प्रहरी फर्काइए

  • ८. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • ९. सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

  • १०. विश्‍व घटना : लिबियाको बाढीमा मारिए २० हजार

धुलिखेलमा रसायनरहित पानी शुद्धीकरण केन्द्र हस्तान्तरण


    Avatar photo
शनिबार, असोज ०३, २०८३ मा प्रकाशित

काभ्रे- धुलिखेल नगरपालिका-२ ठाडोखोला मूलमा पहिलोपटक रसायन प्रयोग नगरी पानी शुद्धीकरण गर्ने आधुनिक प्रविधिसहित निर्माण गरिएको खानेपानी प्रशोधन केन्द्र शुक्रबार धुलिखेल नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट)को प्राविधिक सहयोग तथा चीनको बेइजिङस्थित चिनियाँ विज्ञान प्रतिष्ठानको सहयोगमा धुलिखेल नगरपालिका र नास्टको सहकार्य तथा समन्वयमा केन्द्र निर्माण गरिएको हो ।

करिब रु दुई करोड लागतमा निर्माण गरिएको केन्द्रको दैनिक एक लाख ५० हजार लिटरसम्म पानी शुद्धीकरण गर्न सक्ने क्षमता रहेको धुलिखेल-२ का वडाध्यक्ष अर्जुनप्रसाद न्यौपानेले बताउनुभयो । यसबाट करिब एक हजार २०० लाभग्राही लाभान्वित हुने अपेक्षा गरिएको भन्दै उहाँले ११४ परिवारमा ‘एक घर एक धारा’ अवधारणाअनुसार खानेपानी पुर्‍याउने व्यवस्था गरिएको उल्लेख गर्नुभयो ।

नास्टका वरिष्ठ वैज्ञानिक अधिकृत टिष्टा प्रसाईं जोशीका अनुसार नेपालमा पहिलोपटक यस प्रकारको प्रविधि भित्र्याइएको हो । सन् २०२३ मा सुरु गरिएको परियोजना सन् २०२६ मा सम्पन्न भएको उहाँले जानकारी दिनुभयो । “रसायन प्रयोग नगरी पानी शुद्धीकरण गर्ने भएकाले यो प्रविधि ग्रामीण तथा पर्याप्त प्रशोधन सुविधा नपुगेका क्षेत्रमा उपयोगी हुन सक्छ”, उहाँले भन्नुभयो ।

प्रशोधन केन्द्रमा पानीमा रहेका जीवाणु तथा अन्य सुक्ष्म कीटाणु निष्क्रिय गर्नुका साथै धमिलोपन हटाउन सहयोग गर्ने प्रविधि जडान गरिएको छ । शुद्धीकरण प्रक्रियामा इलेक्ट्रोड (विद्युतीय प्रविधि), म्याग्नेटिकस्यान्ड (चुम्बकीय प्रविधि) र अल्ट्राभायोलेट युभीलाइट (प्रकाशको किरणका माध्यमबाट कीटाणु र भाइरस मार्ने प्रविधि) प्रयोग हुने जोशीले जानकारी दिनुभयो ।

चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गतको पारिस्थितिकी-वातावरण विज्ञान अनुसन्धान केन्द्र (कास), बेइजिङको अनुदान तथा प्राविधिक सहयोगमा आवश्यक उपकरणसहित आवश्यक प्रविधि जडान गरिएको हो । परियोजना कार्यान्वयनमा नास्टले प्राविधिक समन्वय तथा सहजीकरण गरेको जोशीले जानकारी दिनुभयो ।

करिब तीन वर्षमा निर्माण सम्पन्न भएको केन्द्र हस्तान्तरणपछि यसको सञ्चालन, रेखदेख तथा मर्मतसम्भारको जिम्मेवारी धुलिखेल नगरपालिकाले लिनेछ । नगरपालिकाका कार्यवाहक नगरप्रमुख निराजन जगमले प्रशोधन केन्द्र सञ्चालनमा आएपछि स्थानीयवासीलाई सुरक्षित खानेपानी उपलब्ध गराउन सहज हुने बताउनुभयो । “स्थानीय मुहानको पानी प्रशोधन गरी एक घर एक धारा मार्फत घरघरमा खानेपानी पुर्‍याउने उद्देश्यले आयोजना अघि बढाइएको हो”, उहाँले भन्नुभयो ।

शनिबार, असोज ०३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बाँदरले दुःख दिएपछि‘तरुल’ खेती
बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग
भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने
ट्याङ्करको ठक्करबाट मृत्यु
रुपन्देही प्रहरीद्वारा ८३ फरार प्रतिवादी पक्राउ, फैसला कार्यान्वयनमा जोड

भर्खरै

  • १.
    बाँदरले दुःख दिएपछि‘तरुल’ खेती

  • २.
    धुलिखेलमा रसायनरहित पानी शुद्धीकरण केन्द्र हस्तान्तरण

  • ३.
    बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग

  • ४.
    भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद

  • ५.
    परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

  • ६.
    ट्याङ्करको ठक्करबाट मृत्यु

  • ७.
    रुपन्देही प्रहरीद्वारा ८३ फरार प्रतिवादी पक्राउ, फैसला कार्यान्वयनमा जोड

  • ८.
    भदौमा पाँच अर्बको विद्युत् निर्यात

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.