स्टकहोम- यस वर्षको फिजिक्सतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ।
Advertisement
अलेन एस्पेक्ट, जोन क्लाउसर र एन्टोन जिलिंगरलाई फिजिक्सतर्फको नोबेल पुरस्कार दिने घोषणा गरिएको हो। क्वान्टम मेकानिक्सको बारेमा शोध गरेवापत उनीहरूलाई पुरस्कार दिने लागिएको हो।
उनीहरूले एक करोड स्विडिस पुरस्कार बाँडेर लिने छन्। फ्रान्सका ७५ वर्षीय एस्पेक्ट, अमेरिकाका ७९ वर्षीय क्लाउसर र अमेरिकाकै ७७ वर्षीय एन्टोनले संयुक्त रूपमा पुरस्कार पाउने भएका हुन्। यी तीनैजनाले सन् २०१० मा संयुक्त रूपमा वल्फ प्राइज पनि पाएका थिए।