नयाँदिल्ली- भारतको राजधानी नयाँदिल्लीस्थित चिनियाँ दूतावास अघिल्तिर ‘फ्रि तिब्बत’को नारा घन्केको छ।
जनवादी गणतन्त्र चीन स्थापनाको ७३ औं वर्षगाँठका अवसरमा शनिबार तिब्बती शरणार्थीहरूले ‘फ्रि तिब्बत’को नारा लगाएका हुन्।
भारतमा बसोबास गरिरहेका तिब्बती शरणार्थीहरूले चिनियाँ दूतावास अगाडि जम्मा भएर स्वतन्त्र तिब्बतको पक्षमा प्रदर्शन गरेका छन्। उनीहरूलाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच छिनाझप्टी पनि भएको थियो।
प्रदर्शनकारीमध्ये अधिकांश महिला थिए। उनीहरूले तिब्बतमा कब्जा जमाएको चीनविरुद्ध नाराबाजी गरेका थिए। उनीहरूले आफ्नो अनुहारमा तिब्बतको झण्डा पोतेका थिए। र, तिब्बती झण्डा र पम्पलेट बोकेका थिए।
हेर्नूस् भिडियो
#WATCH | Tibetan youth protest outside Chinese Embassy, demand Tibet’s freedom
We demand that Tibet be freed & GoI supports us with this demand. China needs to be stopped. Mass collection of DNA, killings must be halted: A protestor pic.twitter.com/18F4j3m7fp
— ANI (@ANI) October 1, 2022