• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, असोज ०३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

पाकिस्तानका राजदूतद्वारा कृषि मन्त्री चौधरीसँग शिष्टाचार भेट

संविधान दिवसका अवसरमा साइकल र्‍याली

रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध

झटारो : संसारकै निद हराम अर्थात् ट्रम्प बड्डा !

रुसमाथि थप दबाब बढाउने विधेयकमा ट्रम्पको हस्ताक्षर

भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

बाँदरले दुःख दिएपछि‘तरुल’ खेती

धुलिखेलमा रसायनरहित पानी शुद्धीकरण केन्द्र हस्तान्तरण

बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ३. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • ४. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ५. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ६. राशिफल : कर्कट- व्यवसायमा लगानी, मीन- विपरीत लिंगीको सहयोग

  • ७. खुटिया खोलामा प्रहरी एक्सन : वातावरणीय अध्ययनबिनै नदीजन्य पदार्थ उठाउन पुगेका ट्र्याक्टर र नगर प्रहरी फर्काइए

  • ८. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • ९. सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

  • १०. विश्‍व घटना : लिबियाको बाढीमा मारिए २० हजार

रुसमाथि थप दबाब बढाउने विधेयकमा ट्रम्पको हस्ताक्षर


    Avatar photo
शनिबार, असोज ०३, २०८३ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्धका कारण रुसमाथि आर्थिक दबाब बढाउने उद्देश्यले ल्याइएको नयाँ प्रतिबन्धसम्बन्धी विधेयकमा शुक्रबार हस्ताक्षर गर्नुभएको छ ।
कङ्ग्रेसका दुवै सदनबाट पारित भएको उक्त कानुनले रुसको ऊर्जा तथा रक्षा क्षेत्र, रुसी अधिकारी र मस्कोको प्रतिबन्ध छल्न प्रयोग हुने ‘छाया फ्लीट’का पानीजहाजलाई लक्षित गरेको छ । यसले रुसी तेल तथा ग्यासका प्रमुख विदेशी खरिदकर्तामाथि शत प्रतिशतसम्मको भन्सार महसुल लगाउने अधिकारसमेत राष्ट्रपतिलाई दिएको छ ।

कानुनले रुसको तेल तथा ग्यास खरिद जारी राख्ने निश्चित विदेशी मुलुकबाट आयात हुने वस्तुमा अतिरिक्त महसुल लगाउन सकिने व्यवस्था गरेको छ । भारत र चीनजस्ता रुसका प्रमुख ऊर्जा खरिदकर्ता यस व्यवस्थाको दायरामा पर्न सक्नेछन् । यद्यपि सत प्रतिशतको भन्सार महसुल तत्काल स्वतः लागू हुने नभई निश्चित कानुनी सर्त पूरा भएपछि प्रशासनले त्यस्तो कदम चाल्न सक्ने व्यवस्था गरिएको छ ।

रिपब्लिकन नेतृत्वको प्रतिनिधिसभाले बुधबार २६२–१५९ मतले विधेयक पारित गरेको थियो । यसअघि सिनेटले ८६–११ मतले विधेयक अनुमोदन गरेको थियो ।
कानुनले रुसी सेनालाई सहयोग गर्ने विदेशी कम्पनी तथा अन्य पक्षमाथि पनि प्रतिबन्ध लगाउने व्यवस्था गरेको छ । साथै, इरानमाथिका विद्यमान प्रतिबन्धलाई थप पाँच वर्ष निरन्तरता दिने प्रावधान पनि समावेश गरिएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसअघि विधेयकको स्वागत गर्दै अमेरिकी सांसदहरूलाई धन्यवाद दिनुभएको थियो । उहाँले रुसमाथि थप कडा आर्थिक दबाबले युद्ध अन्त्यका लागि कूटनीतिक प्रयासलाई सहयोग पुग्ने बताउनुभएको थियो ।

भारतले भने आफ्नो ऊर्जा आवश्यकता पूरा गर्न विभिन्न स्रोतबाट तेल खरिद जारी राख्ने बताएको छ । नयाँ अमेरिकी कानुनले भारतको रुससँगको ऊर्जा व्यापारमा समेत प्रभाव पार्न सक्ने भएकाले यस विषयमा नयाँदिल्लीको ध्यान केन्द्रित भएको छ ।

ट्रम्पले लामो समयदेखि कङ्ग्रेसबाट पारित हुने प्रतिबन्ध र भन्सारसम्बन्धी व्यवस्थामा राष्ट्रपतिको अधिकार विस्तार गर्न रुचि देखाउँदै आउनुभएको थियो । नयाँ कानुनले रुसको ऊर्जा आम्दानी तथा युद्धका लागि आवश्यक वित्तीय स्रोतमा दबाब बढाउने अमेरिकी प्रयासलाई थप कानुनी आधार दिएको छ ।

शनिबार, असोज ०३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पाकिस्तानका राजदूतद्वारा कृषि मन्त्री चौधरीसँग शिष्टाचार भेट
संविधान दिवसका अवसरमा साइकल र्‍याली
रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध
झटारो : संसारकै निद हराम अर्थात् ट्रम्प बड्डा !
भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि
बाँदरले दुःख दिएपछि‘तरुल’ खेती

भर्खरै

  • १.
    पाकिस्तानका राजदूतद्वारा कृषि मन्त्री चौधरीसँग शिष्टाचार भेट

  • २.
    संविधान दिवसका अवसरमा साइकल र्‍याली

  • ३.
    रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध

  • ४.
    झटारो : संसारकै निद हराम अर्थात् ट्रम्प बड्डा !

  • ५.
    रुसमाथि थप दबाब बढाउने विधेयकमा ट्रम्पको हस्ताक्षर

  • ६.
    भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

  • ७.
    बाँदरले दुःख दिएपछि‘तरुल’ खेती

  • ८.
    धुलिखेलमा रसायनरहित पानी शुद्धीकरण केन्द्र हस्तान्तरण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.