• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, असोज ०३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

पाकिस्तानका राजदूतद्वारा कृषि मन्त्री चौधरीसँग शिष्टाचार भेट

संविधान दिवसका अवसरमा साइकल र्‍याली

रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध

झटारो : संसारकै निद हराम अर्थात् ट्रम्प बड्डा !

रुसमाथि थप दबाब बढाउने विधेयकमा ट्रम्पको हस्ताक्षर

भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

बाँदरले दुःख दिएपछि‘तरुल’ खेती

धुलिखेलमा रसायनरहित पानी शुद्धीकरण केन्द्र हस्तान्तरण

बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ३. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • ४. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ५. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ६. राशिफल : कर्कट- व्यवसायमा लगानी, मीन- विपरीत लिंगीको सहयोग

  • ७. खुटिया खोलामा प्रहरी एक्सन : वातावरणीय अध्ययनबिनै नदीजन्य पदार्थ उठाउन पुगेका ट्र्याक्टर र नगर प्रहरी फर्काइए

  • ८. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • ९. सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

  • १०. विश्‍व घटना : लिबियाको बाढीमा मारिए २० हजार

भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि


    Avatar photo
शनिबार, असोज ०३, २०८३ मा प्रकाशित

काभ्रेपलाञ्चोक- भोटेकोशीको बाढीमा तीन हप्तादेखि विभिन्न कामको सिलसिलामा त्यहाँ पुगेका काभ्रेपलाञ्चोकका ३७ नागरिक अझै सम्पर्कविहीन अवस्थामा रहेका छन् । बेपत्ता तीन जनाको भने कुशको शव बनाएर संस्कारपूर्वक अन्त्येष्टि गरिएको छ ।

बाढीपछि हराइरहेका ३७ जिल्लाका नागरिक अहिलेसम्म परिवार तथा प्रशासनको सम्पर्कमा नआएको जिल्लास्थित प्रशासन कार्यालयको आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ । बाढीपछि चौँरी देउराली गाउँपालिका–५ का हेमन्त चौलागाईं, प्रतीक गौतम, वडा नं ७ को सम्झना मोक्तान, चौँरी देउराली–२ घर भई हाल कलङ्की बस्ने राजेन्द्र प्रधान, पनौती नगरपालिका–५ का दिनेश श्रेष्ठ, वडा नं ३ का अच्युतम सापकोटा, वडा नं ९ का अर्जुन खत्री केसी सम्पर्कविहीन अवस्थामा रहनुभएको हो ।

यस्तै, बनेपा–९ का उद्धव सापकोटा, वडा नं १० का बालकृष्ण रञ्जित, प्रह्लाद गिरी परिवारसँग सम्पर्कविहीन हुनु भएको जनाइएको छ । बनेपा–८ का एगेश श्रेष्ठ, आशिष गुभाजु, भोगेन्द्रकुमार खत्री, वडा नं १३ को प्रकृति डङ्गोल सम्पर्कमा आउनु भएको छैन । पाँचखाल–११ का मिलन खरेल, राजकुमार गौतम, वडा नं ३ का ज्ञानेन्द्रलाल श्रेष्ठ, भुम्लु–१ का महेश पन्त, मिलन श्रेष्ठ र प्रकाश श्रेष्ठ, वडा नं ५ का राजकुमार रिजाल, वडा नं ८ का सुवास तामाङ सम्पर्कविहीन बनेको केन्द्रले जनाएको छ ।

त्यस्तै, बाढीपछि बेथानचोक–४ का राजकुमार लोप्चन, रोजिना लोप्चन र आइते तामाङ, तेमाल–७ का विशाल तामाङ, वडा नं ८ का गणेश लामा, वडा नं ६ का सुमन तामाङ, सुजित तामाङ, डुप्साङ तामाङ, ज्ञानबहादुर राना मगर र मिलन तामाङ सम्पर्कविहीन हुनुभएको छ ।

मण्डनदेउपुर–२ का कुलबहादुर तामाङ, धुलिखेल–२ का सङ्गम चौलागाईं, सुकुमान तामाङ, वडा नं ३ का मनिक भुजेल, वडा नं ८ का महेश तामाङ हालसम्म सम्पर्कविहीन अवस्थामा रहनुभएको छ ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले सम्पर्कविहीन नागरिकको खोजीका लागि स्थानीय प्रशासनले आवश्यक समन्वय र पहल गरिरहेको जानकारी दिनुभयो ।

यसैबीच, तीन हप्ताभन्दा बढी समयसम्म कतै सम्पर्क तथा कुनै पत्ता नलागेपछि सम्पर्कविहीनमध्ये तीन जनाको परिवारले जीवित भेटिने आश मारेर कुशको शव बनाई परम्पराअनुसार दाहसंस्कार गरेका छन् । पाँचखाल–११ का राजकुमार गौतम तथा बनेपा–१० का बालकृष्ण रञ्जित र प्रह्लाद गिरीको कुशको शव बनाई परम्पराअनुसार दाहसंस्कार गरिएको हो । उक्त बाढीमा परी ज्यान गुमाएका पाँचखाल–६ का बस चालक दिलकुमार श्रेष्ठ र रोशी–९ का शङ्खबुद्ध तामाङको शव यसअघि नै फेला परिसकेको काभे्रपलाञ्चोक प्रशासनले जनाएको छ ।

शनिबार, असोज ०३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पाकिस्तानका राजदूतद्वारा कृषि मन्त्री चौधरीसँग शिष्टाचार भेट
संविधान दिवसका अवसरमा साइकल र्‍याली
रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध
झटारो : संसारकै निद हराम अर्थात् ट्रम्प बड्डा !
रुसमाथि थप दबाब बढाउने विधेयकमा ट्रम्पको हस्ताक्षर
बाँदरले दुःख दिएपछि‘तरुल’ खेती

भर्खरै

  • १.
    पाकिस्तानका राजदूतद्वारा कृषि मन्त्री चौधरीसँग शिष्टाचार भेट

  • २.
    संविधान दिवसका अवसरमा साइकल र्‍याली

  • ३.
    रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध

  • ४.
    झटारो : संसारकै निद हराम अर्थात् ट्रम्प बड्डा !

  • ५.
    रुसमाथि थप दबाब बढाउने विधेयकमा ट्रम्पको हस्ताक्षर

  • ६.
    भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

  • ७.
    बाँदरले दुःख दिएपछि‘तरुल’ खेती

  • ८.
    धुलिखेलमा रसायनरहित पानी शुद्धीकरण केन्द्र हस्तान्तरण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.