• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, असोज ०२, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने

स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ

पाकिस्तानमा मस्जिदमा बम विस्फोट हुँदा १५ जनाको मृत्यु, ५६ घाइते

समाचार प्रकाशनपछि उपमहानगरपालिकाको सूचना : ‘वातावरणीय अध्ययनबिना नदीजन्य पदार्थ नउठाउनू’

भारत, अमेरिका र चीनसहित १३ देशका लागि राजदूत सिफारिस, को कहाँ ?

खुटिया खोलामा प्रहरी एक्सन : वातावरणीय अध्ययनबिनै नदीजन्य पदार्थ उठाउन पुगेका ट्र्याक्टर र नगर प्रहरी फर्काइए

फिलिपिन्सको विद्यालयमा गोली हानाहान, दुई जनाको मृत्यु

प्रधानमन्त्रीले जेनजी सांसदहरूलाई भन्नुभयो : नवीन सोचका साथ आफ्नै पुस्ताका लागि काम गर्नुहोस्

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ५. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ८. राशिफल : कर्कट- व्यवसायमा लगानी, मीन- विपरीत लिंगीको सहयोग

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

भारतमा मुस्लिम अतिवादी संगठन पीएफआईमाथि प्रतिबन्ध


    Avatar photo
बुधबार, असोज १२, २०७९ मा प्रकाशित

नयाँदिल्ली- आतंकवादी संगठनहरूसँग सम्बन्ध देखिएको आरोपमा भारत सरकारले मुस्लिम अतिवादी संगठन पपुलर फ्रन्ट अफ इन्डिया (पीएफआई)माथि प्रतिबन्ध लगाएको छ।

Advertisement

पीएफआईसँग जोडिएका सबै संगठन र संस्थाहरूलाई भारत सरकारले ‘अवैध’ घोषणा गरेको हो। केन्द्रीय गृह मन्त्रालयले आगामी पाँच वर्षसम्म उक्त पीएफआई र ऊसँग जोडिएका सबै संगठन र संस्थाका गतिविधि अवैध मानिने प्रष्ट पारेको छ। पीएफआईले गुप्त एजेन्डाहरू मार्फत निश्चित वर्गलाई विशेष कट्टर बनाउने प्रयास गरिरहेको सरकारको आरोप छ। र, अन्तर्राष्ट्रिय आतंकवादी संगठनहरूसँग सम्बन्ध देखिएको बताएको छ।

पीएफआई आपराधिक र आतंकवादी गतिविधिमा संलग्न देखिएको मन्त्रालयको भनाइ छ। र, आन्तरिक सुरक्षाका लागि ठूलो खतराका रूपमा उक्त संगठन देखिएको मन्त्रालयले जनाएको छ। भारत र बंगलादेशका प्रतिबन्धित संगठनहरूसँग पीएफआईको नजिकको सम्बन्ध देखिएको पनि मन्त्रालयले दाबी गरेको छ।

‘पीएफआईको सम्बन्ध आतंकवादी संगठन जमात–उल–मुजाहिद्दिन, बंगलादेशसँग पनि देखिएको छ। पीएफआईका केही संस्थापक सदस्यहरू स्टुडेन्ट्स इस्लामिक मुभमेन्ट अफ इन्डिया अर्थात सिमीका नेता छन्। यी दुवै प्रतिबन्धित संगठनहरू हुन्,’ गृह मन्त्रालयको आदेशमा भनिएको छ, ‘पीएफआईको अन्तर्राष्ट्रिय आतंकवादी समूहहरूसँग सम्पर्क रहेका प्रशस्त उदाहरण छन्। पीएफआईका कतिपय सदस्य आईएसआईएसमा आबद्ध भउका छन्। र, सिरिया, इराक र अफगानिस्तानमा आतंकवादी गतिविधिमा संलग्न छन्। तीमध्ये कतिपय मारिएका छन् भने कतिपय पक्राउ पनि परेका छन्।’

भारत सरकारले पीएफआईका सहयोगी संगठन र संस्थाहरू रिह्याब इन्डिया फाउन्डेसन (आरआईएफ), क्याम्पस फ्रन्ट अफ इन्डिया (सीएफआई), अल इन्डिया इमाम काउन्सिल (एआईआईसी), नेसनल वुमन फ्रन्ट, जुनियर फ्रन्ट, इम्पावर इन्डिया फाउन्डेसन, नेसनल कन्फेडेरेसन अफ हुमन राइट्स अर्गानाइजेसन (एनसीएचआरओ)माथि पनि प्रतिबन्ध लगाएको छ।

गृह मन्त्रालयका अनुसार नेसनल इन्भेस्टिगेसन एजेन्सीको अध्ययनमा पीएफआई हालसम्म भारतका २३ राज्यमा फैलिसकेको छ। २२ नोभेम्बर २००६ मा स्थापित पीएफआईका प्रमुख ओमा अब्दुल सलाम हुन् भने महासचिव अनिस अहमद छन्।

बुधबार, असोज १२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

फिलिपिन्सको विद्यालयमा गोली हानाहान, दुई जनाको मृत्यु
पाकिस्तानमा बम विस्फोटमा छ सैनिकको मृत्यु
विश्‍व घटना : साउदीमा सवा लाख वर्षअघि पुगेका थिए मानिस
क्यानाडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव
विश्‍व घटना : पेट्रोलभन्दा इलेक्ट्रिक कार बढी हुने पहिलो देश
इजरायली आक्रमणले गाजाको अपार्टमेन्ट भत्किदा १२ जनाको मृत्यु सयौँ बेपत्ता

भर्खरै

  • १.
    बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने

  • २.
    स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ

  • ३.
    पाकिस्तानमा मस्जिदमा बम विस्फोट हुँदा १५ जनाको मृत्यु, ५६ घाइते

  • ४.
    समाचार प्रकाशनपछि उपमहानगरपालिकाको सूचना : ‘वातावरणीय अध्ययनबिना नदीजन्य पदार्थ नउठाउनू’

  • ५.
    भारत, अमेरिका र चीनसहित १३ देशका लागि राजदूत सिफारिस, को कहाँ ?

  • ६.
    खुटिया खोलामा प्रहरी एक्सन : वातावरणीय अध्ययनबिनै नदीजन्य पदार्थ उठाउन पुगेका ट्र्याक्टर र नगर प्रहरी फर्काइए

  • ७.
    फिलिपिन्सको विद्यालयमा गोली हानाहान, दुई जनाको मृत्यु

  • ८.
    प्रधानमन्त्रीले जेनजी सांसदहरूलाई भन्नुभयो : नवीन सोचका साथ आफ्नै पुस्ताका लागि काम गर्नुहोस्

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.