• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, असोज ०२, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने

स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ

पाकिस्तानमा मस्जिदमा बम विस्फोट हुँदा १५ जनाको मृत्यु, ५६ घाइते

समाचार प्रकाशनपछि उपमहानगरपालिकाको सूचना : ‘वातावरणीय अध्ययनबिना नदीजन्य पदार्थ नउठाउनू’

भारत, अमेरिका र चीनसहित १३ देशका लागि राजदूत सिफारिस, को कहाँ ?

खुटिया खोलामा प्रहरी एक्सन : वातावरणीय अध्ययनबिनै नदीजन्य पदार्थ उठाउन पुगेका ट्र्याक्टर र नगर प्रहरी फर्काइए

फिलिपिन्सको विद्यालयमा गोली हानाहान, दुई जनाको मृत्यु

प्रधानमन्त्रीले जेनजी सांसदहरूलाई भन्नुभयो : नवीन सोचका साथ आफ्नै पुस्ताका लागि काम गर्नुहोस्

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ५. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ८. राशिफल : कर्कट- व्यवसायमा लगानी, मीन- विपरीत लिंगीको सहयोग

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

नेपालसहित फुटबलका १५ ठूला दुर्घटना, मारिए सयौं दर्शक


    Avatar photo
आइतबार, असोज १६, २०७९ मा प्रकाशित

नयाँदिल्ली- इन्डोनेसिया प्रहरीका अनुसार इस्ट जाभामा भएका एक फुटबल प्रतियोगितामा मच्चिएको भागदौडका कारण कम्तिमा १७४ जनाको ज्यान गएको छ।

Advertisement

फुटबल प्रतियोगितामा भएको यो पहिलो दुर्घटना होइन। यसअघि पनि नेपालसहितका मुलुकमा भएका दुर्घटना सयौंजनाको मृत्यु भइसकेको छ। यस सूचीमा इजिप्टमा भएका दुई घटनालाई एकसाथ समेटिएको छ। र, इन्डोनेसियामा भएको दुर्घटनालाई माथि उल्लेख गरिएको छ।

(१) क्यामरुन, जनवरी २०२२

अफ्रिकी मुलुक क्यामरुनमा गत जनवरीमा यस्तै घटना भएको थियो। त्यहाँको रंगशालामा भएको भागदौडमा आठ जनाको ज्यान गएको थियो। ‘अफ्रिका कम अप नेसन्स’ प्रतियोगितामा क्यामरुन र कोमोरोजका टिमबीच खेल भइरहँदा भागदौड मच्चिएको थियो। घटनामा अन्य ३८ जना घाइते भएका थिए।

(२) इजिप्ट, फेब्रुअरी २०१५

इजिप्टको राजधानी कायरोको स्टेडियममा फेब्रुअरी २०१५ मा प्रहरी र त्यहाँको चर्चित फुटबल क्लब ‘जमालेक’का समर्थकबीच भएको हिंस्रक झडपमा कम्तिमा २२ जना मारिएका थिए। त्यसअघि इजिप्टमै सन् २०१२ मा पोर्ट सइदको स्टेडियममा यस्तै घटना भएको थियो।

फेब्रुअरी २०१२ मा पोर्ट सइद शहरमा अल–मसरी र अल–अहमी टिमबीच भएको झडपमा ७३ जना मारिएका थिए भने एक हजारभन्दा बढी घाइते भएका थिए।

(३) आइभरी कोस्ट, मार्च २००९

आइभरी कोस्टको अबिदजान शहरमा भएको विश्वकप फुटबल छनोट खेलको दौरान फेलिक्स हुफे बोइनी स्टेडियममा भएको मागदौडमा १९ जना मारिएका थिए।

(४) घाना, मे २००१

अफ्रिकाको सबैभन्दा भीषण फुटबल दुर्घटना हो, घानाको राजधानी अकारामा मे २००१ मा भएको भागदौड। त्यस घटनामा १२६ जना मारिएका थिए। दुई फुटबल टिमबीच शुरु भएको झडप रोक्न प्रहरीले गोली चलाएको थियो। प्रहरीको गोलीबाट बच्न भाग्दै गरेका दर्शक आपसमा किचिएका थिए। यस घटनाको जिम्मेवार स्थानीय प्रहरी थियो।

(५) दक्षिण अफ्रिका, अप्रिल २००१

दक्षिण अफ्रिका लिगको एक खेलमा प्रशंसकहरू मध्यान्तरमा मैदानमा प्रवेश गर्न खोज्दा भागदौड मच्चिएको थियो। त्यस घटनामा ४३ जना मारिएका थिए।

(६) ग्वाटेमाला, अक्टोबर १९९६

ग्वाटेमाला सिटीमा कोस्टारिका र ग्वाटेमालाबीच भएको विश्वकप क्वालिफायर खेलका क्रममा मच्चिएको भागदौडमा ८२ जनाको ज्यान गएको थियो भने १४७ जना घाइते भएका थिए।

(७) फ्रान्स, ५ मे १९९२

फ्रेन्च कप सेमिपाmइनलको दौरान बास्तिया फुरानी स्टेडियमको एक खम्बा भाँचिँदा कम्तिमा १८ जनाको ज्यान गएको थियो। घटनामा २३ सयभन्दा बढी घाइते भएका थिए। त्यस घटनाका मृतकहरूको सम्झनामा फ्रान्स सरकारले हरेक वर्ष ५ मेमा कुनै पनि खेल आयोजना गर्न नपाइने कानून बनाएको छ।

(८) दक्षिण अफ्रिका, जनवरी १९९१

दक्षिण अफ्रिकाको ओपनहिमर स्टेडियममा जारी ओपनिङ म्याचमा भागदौड मच्चिँदा ४२ जना मारिएका थिए। ओर्कनी शहरस्थित उक्त स्टेडियममा काइजर चेफ्स र ओरल्यान्डो पाइरेट्स टिमबीच खेल भइरहेको थियो। पाइरेटका प्रशंसकले चेफ्सका एक प्रशंसकमाथि छुरी प्रहार गरिदिए। त्यसपछि भागदौड मच्चिएको थियो।

(९) बेलायत, अप्रिल १९८९

सेफिल्ड्सको हिल्सबरो स्टेडियममा लिभरपुल र नटिङ्घम फरेस्टबीच भइरहेको एफए कम सेमिफाइनल खेल हेर्न दर्शक खचाखच भरिएका थिए। त्यसक्रममा मच्चिएको भागदौडमा लिभरपुलका समर्थक ९६ जनाको मृत्यु भएको थियो।

(१०) नेपाल, मार्च १९८८

काठमाडौंस्थित दशरथ रंगशालामा भएको एक खेलको दौरान भागदौड मच्चिँदा बाहिर निस्किने गेटमा किच्चिएर ९० जनाको ज्यान गएको थियो।

(११) बेल्जियम, मे १९८५

ब्रसेल्सको हेसेल स्टेडियममा युरोपियन कपको फाइनलमा युभेन्टस र लिभरपुलबीच खेल भइरहेको थियो। दुवै टिमका प्रशंसक आपसमा झडपमा उत्रिए। त्यसपछि भड्केको हिंसामा ३९ जनाको मृत्यु र ६०० भन्दा बढी घाइते भएका थिए।

(१२) बेलायत, मे १९८५

बेलायतको ब्राडफोर्डमा एक थर्ड डिभिजन खेलको दौरान आगलागी हुँदा ५६ जनाको मृत्यु र २०० जना घाइते भएका थिए।

(१३) रुस, अक्टोबर १९८२

मस्कोको लुजनिकी स्टेडियममा रुसको टिम स्पार्टाक मस्को र नेदरल्यान्ड्सको एचएफसी हारलेमबीच यूईएफए कपको एक खेलमा भएको भागदौडमा कम्तिमा ६६ जना मारिएका थिए। तत्कालीन सोभियत संघले त्यस घटनालाई लुकाएको थियो। धेरै पछि मात्र यसबारे जानकारी सार्वजनिक भएको थियो। तर, मृतक र घाइतेको यकिन संख्या रुसले अहिलेसम्म सार्वजनिक गरेको छैन। त्यसैले त्यसभन्दा धेरै ठूलो संख्यामा हताहती भएको अनुमान छ।

बीबीसी हिन्दीबाट

आइतबार, असोज १६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब फाइनलमा प्रवेश
पूर्वाधार अभावबीच धनकुटामा खेलाडी उत्पादन
एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण
एन्फा निलम्बनले रोकियो अन्तर्राष्ट्रीय फुटबल, साफमा नेपालको सहभागिता अन्योलमा

भर्खरै

  • १.
    बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने

  • २.
    स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ

  • ३.
    पाकिस्तानमा मस्जिदमा बम विस्फोट हुँदा १५ जनाको मृत्यु, ५६ घाइते

  • ४.
    समाचार प्रकाशनपछि उपमहानगरपालिकाको सूचना : ‘वातावरणीय अध्ययनबिना नदीजन्य पदार्थ नउठाउनू’

  • ५.
    भारत, अमेरिका र चीनसहित १३ देशका लागि राजदूत सिफारिस, को कहाँ ?

  • ६.
    खुटिया खोलामा प्रहरी एक्सन : वातावरणीय अध्ययनबिनै नदीजन्य पदार्थ उठाउन पुगेका ट्र्याक्टर र नगर प्रहरी फर्काइए

  • ७.
    फिलिपिन्सको विद्यालयमा गोली हानाहान, दुई जनाको मृत्यु

  • ८.
    प्रधानमन्त्रीले जेनजी सांसदहरूलाई भन्नुभयो : नवीन सोचका साथ आफ्नै पुस्ताका लागि काम गर्नुहोस्

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.