• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

मुस्ताङको चराङमा बनाउन नसकेको विमानस्थल


बिहिबार, जेठ १९, २०७९ मा प्रकाशित

जोमसोम उड्ने जहाजले १९ जना यात्री बोक्दा चराङमा ७-८ जनाभन्दा बढी बोक्न नसक्ने रहेछन्। त्यसैले चराङमा विमानस्थल निर्माणको प्रस्ताव अगाडि बढाउन सकिएन।

Advertisement

 

पर्यटन मन्त्री छँदा मुस्ताङका सांसद प्रेमप्रसाद तुलाचनले एउटा प्रस्ताव लिएर आउनुभयो। अप्पर मुस्ताङको चराङमा विमानस्थल निर्माणको प्रस्ताव थियो, त्यो। हिन्दू धर्मावलम्बीको पवित्र स्थल मानिने दामोदर कुण्ड पुग्‍न नजिक पर्ने भएकाले चराङमा विमानस्थल निर्माण गर्न उपयुक्त हुने प्रस्ताव माननीयजीले ल्याउनुभएको थियो।

यो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा पर्ने रहेछ, चराङ। लोमान्थाङ पुग्‍नुभन्दा ४५ मिनट तल पर्ने रहेछ, यो ठाउँ। झण्डै दुई दशक अघिदेखि लोमान्थाङ या चराङमध्ये एक ठाउँमा विमानस्थल निर्माणको प्रस्ताव हुँदै आएको रहेछ। दुई ठाउँका बासिन्दाबीच विमानस्थलका बारेमा विवाद पनि रहेछ। चराङमा उहाँहरूले जंगल नपर्ने सरकारी जग्गा पनि हेर्नुभएको रहेछ। विमानस्थलका लागि उपयुक्त ‘फ्ल्याट ल्यान्ड’ पनि रहेछ। जग्गा सम्याउनका लागि पनि धेरै खर्च नलाग्‍ने भन्‍ने उहाँको प्रस्ताव थियो।

उहाँहरूको आग्रहमा म पनि ११ कात्तिक ०७६ मा चराङ पुगें। डबल अप्रोच भएको, एउटाबाट अर्को विमानस्थल २० नटिकल माइल टाढा हुनुपर्ने मापदण्ड पनि पूरा हुने ठाउँ रहेछ, चराङ। तर, त्यहाँ विमानस्थल निर्माण गर्न त्यहाँको भौगोलिक अवस्थितिले दिएन। किनकि, चराङ ३५ सय ७० मिटर (११ हजार ७१० फिट) उचाइमा पर्ने रहेछ। यसबारे हामी स्थलगत अवलोकनमै सीमित भएनौँ। विज्ञहरूलाई लगाएर अध्ययन पनि गरायौँ। कमर्सियल उडान गर्न ‘लोड बियरिङ क्यापासिटी’ कम हुने निष्‍कर्ष विज्ञहरूको टोलीले दियो। जोमसोम विमानस्थलमा अवतरण गर्ने जहाजले १९ जनासम्म यात्री बोक्न सक्ने रहेछन्। तर, चराङमा ७-८ जनाभन्दा बढी यात्री बोक्न नसकिने रहेछ, उच्च हिमाली भेग पर्ने भएकाले। त्यसपछि चराङमा विमानस्थल निर्माणको प्रस्ताव अगाडि बढाउन सकिएन।

हाइकिङ काठमाडौं : प्रकृतिसँग साक्षात्कार

‘हाई अल्टिच्युट’को प्राकृतिक अवरोध नहुँदो हो त चराङ विमानस्थल धार्मिक पर्यटनको हिसाबबाट पनि ‘गेम चेन्जर’ परियोजना बन्‍न सक्थ्यो। पहिलो- कैलाश, मानसरोवर दर्शनका लागि तीर्थ यात्रु सोही विमानस्थलमा उत्रेर अगाडि बढ्न सक्ने थिए। कोरला नाका पार गर्दै मानसरोवर पुग्‍ने यो अर्को रुट बन्‍न सक्थ्यो।

दोस्रो- दामोदर कुण्ड दर्शनका लागि पनि त्यो विमानस्थलले सहज बनाउने थियो। चराङबाट घोडामा झण्डै दुई दिन लाग्‍ने रहेछ। पैदल यात्रा पनि झण्डै तीन दिन लाग्‍ने रहेछ। तेस्रो- मुस्ताङ त्यसै पनि संसारका ‘हाई प्रोफाइल’ पर्यटकहरूको ‘ड्रिम डेस्टिनेसन’ हो। त्यसैले त्यहाँ विमानस्थल बनाउन सकिन्थ्यो भने ती ‘हाई प्रोफाइल’ पर्यटकहरूलाई उपल्लो मुस्ताङको भ्रमण गराउन सहज हुने थियो। तर, भौगोलिक अवस्थिति नै विमानस्थल निर्माणका लागि अवरोधक बनिदियो। माथिल्लो मुस्ताङको भूगोल आफैंमा संग्रहालयजस्तो छ। जता फर्कियो, उतै गुफा, मन्दिर र गुम्बाहरू देखिन्छन्।

तर, खुशीको कुरा, अब त दामोदर कुण्ड नजिकसम्म सडक पुगिसकेको जानकारी पाएको छु। त्यसैले, विमानस्थल बनाउन नसके पनि स्थलमार्ग हुँदै ४८ सय ९० मिटर उचाइमा पर्ने दामोदर कुण्ड पुग्‍न विस्तारै सहज बन्‍ने अपेक्षा गर्न सकिन्छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ क्षेत्रमा ध्यान गरेर बिताएको र दोस्रोपटक प्रधानमन्त्री बनेपछि २८-२९ वैशाख ०७५ मा नेपाल भ्रमणका क्रममा मुक्तिनाथ पुगेर पूजाअर्चना गरेको हिसाबबाट पनि मुस्ताङको धार्मिक पर्यटनको प्रचुरता आकलन गर्न सकिन्छ।

हाइकिङ काठमाडौं : प्रकृतिसँग साक्षात्कार

दामोदर कुण्ड भनेको कालीगण्डकीको शीर पनि हो। भारत राजस्थानदेखिका धार्मिक पर्यटक दामोदर कुण्डमा स्‍नान गर्न आउँछन्। उनीहरू पाल टाँगेर बस्छन्। अहिले पैदलमार्गमा होटेलहरू उपलब्ध छैनन्। अब सडकबाट जोडिँदै गरेकाले त्यस क्षेत्रमा पनि राम्रा र स्तरीय होटेलहरू खोल्न सकियो भने भविष्‍यमा त्यो गन्तव्य सहज बन्‍न सक्छ।

मुस्ताङ र मनाङमा स्वदेशी-विदेशी दुवै पर्यटकको बेग्लै आकर्षण छ। मैले पनि मनाङको तिलिचो तालसम्म पुग्‍ने अवसर पाएको छु। ४९ सय १९ मिटर उचाइमा अवस्थित तिलिचो ताल संसारका पर्यटकको आकर्षणको केन्द्र रहिआएको छ। र, यो विश्वका अग्ला स्थानमा रहेका तालहरू मध्ये एक पनि हो।

अन्‍नपूर्ण, धौलागिरीको काखमा रहेका क्षेत्रमा पुग्दा मानिसलाई स्वर्ग पुगेको आभास हुन्छ। तर, पैदलमार्गमा शौचालय, खानेपानीको सुविधा नहुनु त्यहाँको मुख्य समस्या हो। हामीले ‘कोभिडपछिको पर्यटन पुनरुत्थान’ शीर्षकमा ती पैदलमार्गमा पिउने पानी र शौचालयको व्यवस्थाका लागि बजेट छुट्याएका थियौँ। पर्यटन बोर्डका अधिकारीहरू त्यस क्षेत्रमा पुगेका पनि थिए। पछिल्लो समय त्यसमा के प्रगति भएको छ भन्‍ने जानकारी छैन।

हाइकिङ काठमाडौं : प्रकृतिसँग साक्षात्कार

गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी, हिमाली क्षेत्रहरूको नेपालको पर्यटनका भविष्‍य हुन्। कर्णालीको कुरा गर्दा हालै म जाजरकोट पुगेको थिएँ। त्यहाँ जाजरकोटका राजा हरिश शाहले बनाएको दरबार हेर्ने अवसर छुटाइनँ।

सुदुरपश्चिमतिर पनि भर्जिन ल्यान्डहरू छन्। खप्तड, बडीमालिका, शुक्लाफाँटा वन्यजन्तु आरक्षलगायत यस्ता भर्जिन ल्यान्डसम्म पर्यटकीय गतिविधि फस्टाउन सकेको छैन। पर्यटन व्यवसायीहरूले प्याकेज त बिक्री गर्दै आएका छन्। तर, त्यसलाई अझ व्यापक बनाउन जरुरी छ।

कैलाश, मानसरोवर जान हुम्लाको हिल्सा र बझाङबाट पनि सम्भव छ। त्यसका लागि धनगढी र नेपालगञ्‍ज विमानस्थललाई रिजनल हब बनाउन सकिने प्रचुरता छ। गण्डकी प्रदेशमा पनि पोखरा विमानस्थलले रिजनल हबका रूपमा विकसित हुने प्रचुरता बोकेको छ।

कर्णालीको कुरा गर्दा मुगुको ताल्चा विमानस्थलमा उत्रेर रारा ताल हुँदै मुगु, बाजुरा र कालिकोटसम्मको पैदल यात्रामा स्वदेशी-विदेशी पर्यटकलाई अभ्यस्त बनाउन बाँकी नै छ। मैले ०६७ सालतिर कर्णाली नदीको किनारै-किनार मुगुबाट बाजुरा हुँदै कालीकोटसम्मको पैदल यात्रा गर्ने अवसर पाएको थिएँ। दुई दिन पैदल यात्रामा ६ जना साथीले यो गन्तव्यको यात्रा गरेका थियौँ। कर्णालीको किनारै किनार हिँडेकाले कर्णालीका माछाको स्वाद लिन छाड्ने कुरै थिएन।

हाइकिङ काठमाडौं : प्रकृतिसँग साक्षात्कार

हामी एउटा होटेलमा खाजा खान पसेका थियौँ। होटेलवालाले मलाई चिन्‍ने रहेछन्। मलाई टेलिभिजनमा देखेकाले योगेश भट्टराई होइन भनेर सोधे। मैले हो भनेँ। हाम्रै पार्टीका साथी रहेछन्। हामी खाजा खान बसेको भनेपछि बस्दै गर्नु म तरकारीको व्यवस्था गर्छु भनेर बाटो लागे। करिब एक घण्टापछि एक डालो माछा लिएर पो आए। तल कर्णाली नदीमा जाल हाल्न गएछन् र माछा लिएर आएछन्।

हुम्ला र जुम्ला पनि पुगेको छु। डोल्पा पुगेर भने एउटा पछुतो मनमा छ। दुनै पुगेर पनि शे-फोक्सुण्डो ताल पुग्‍न सकिएन। जरुरी काम परेर काठमाडौं फर्किहाल्नुपर्ने भयो। फेरि मौका मिले शे-फोक्सुण्डो पक्कै पुग्‍नेछु।

  • अफ_दी_पोलिटिक्स
  • नेपाली_हेडलाइन
  • योगेश_भट्टराई
बिहिबार, जेठ १९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हे प्रकृति तिम्रो न्याय यही हो ?
बड्का भलमन्साको विलाप !
राज्य र धर्मबीचका विश्‍वव्यापी अभ्यासहरू
बालबालिकाको हातमा मोबाइल : चिन्ता भर्सेस अवसर !
झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !
कांग्रेसको बाटो : अदालत पर्खने कि महाधिवेशनमा होमिने ?

भर्खरै

  • १.
    संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

  • २.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ३.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ४.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ५.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ६.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ७.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ८.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.