• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ ०९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

राप्ती तथा बहादुरगन्जका आँखा अस्पताल : सेवासँगै समुदायमा आँखा स्वास्थ्य शिक्षा

पालिकालाई जग्गा, दातालाई घडेरीः रघुगङ्गाको आफ्नै भवन बन्दै

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य

देशभर मनसुनी वायुको प्रभाव सक्रिय : मौसम पूर्वानुमान महाशाखा

बालबालिकाको हातमा मोबाइल : चिन्ता भर्सेस अवसर !

विश्‍व घटना : एरिजोनामा ‘जिरो भिजिबिलिटी’

राशिफल : कर्कट- साधन प्राप्ति, वृश्‍चिक- अचानक उपहार

बाहुण्डाँगीको मानव-हात्ती द्वन्द्व : जैविक मार्ग कि किसानको पीडा ?

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- धन लाभ, वृश्‍चिक- मनोरञ्‍जन

  • २. बाहुण्डाँगीको मानव-हात्ती द्वन्द्व : जैविक मार्ग कि किसानको पीडा ?

  • ३. राशिफल : कन्या- सुखानुभूति, वृश्‍चिक- लक्ष्‍य प्राप्ति

  • ४. निजामतीमा अवकाशको नयाँ प्रावधान : अनुभवी कि नयाँ ?

  • ५. राशिफल : सिंह- आरामदायी यात्रा, धनु- मित्रबाट सहयोग

  • ६. राशिफल : कन्या- काम बन्‍ने, वृश्‍चिक- पराक्रम बढ्ने

  • ७. धनगढी–विराटनगर अब VIP SOFA AC बसमा, आजदेखि सेवा शुभारम्भ

  • ८. झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !

  • ९. राशिफल : कर्कट- उत्साह, मीन- इनाम प्राप्ति

  • १०. राशिफल : वृष- रोगले सताउने, सिंह- विजयी

बालबालिकाको हातमा मोबाइल : चिन्ता भर्सेस अवसर !


    Avatar photo
मङ्गलबार, भदौ ०९, २०८३ मा प्रकाशित

प्रविधिको प्रयोग आज जुनसुकै क्षेत्रका लागि महत्त्वपूर्ण विषय बनेको छ। बढ्दो आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोगले सम्पूर्ण क्षेत्रमा प्रभाव पारिरहेको छ। यसबाट शिक्षा क्षेत्र अलग रहने कुरै भएन।

Advertisement

आजको दिनमा सूचना तथा ज्ञानको मूख्य स्रोतका रूपमा इन्टरनेट बनेको छ। बालबालिकाहरू इन्टरनेटमा विभिन्‍न किसिमका कन्टेन्टहरू हेरेर सिकिरहेका छन्। सजिलैसँग आफूलाई आवश्यक परेका सूचना तथा जानकारी एआईको मद्दतले छिनभरमै खोजेर आफ्ना समस्या समाधान गर्ने गरेका छन्। शिक्षा केवल सैद्धान्तिक विषय मात्र नभएर जीवनमा आउने परिवर्तनसँग जोडिन गएको छ। त्यसकारण अब पढ्ने, सिक्ने काम केवल कुनै स्थानमा मात्र सीमित नभएर प्रत्येक मानिसको हात-हातमा पुगेको छ। सिकाइका माध्यमहरू पनि बदलिँदै गएका छन्।

अहिले शिक्षा आर्जनको प्रमुख माध्यम प्रविधि बनेको छ। सिक्न चाहने जो कोहीका लागि खुला छ। यसको उपयोग गरेर आफूलाई अब्बल सावित गर्ने मौका सबैलाई छ, ज्ञानको स्रोत एकैचोटी सबैका लागि खुला छ।

विगतजस्तो महँगा किताब किनेर लिने ज्ञान आज कम्प्युटर वा मोबाइलमा सामान्य रूपमा एक क्लिक गरेर आर्जन गर्न सकिने भएको छ। कक्षा कोठामा शिक्षकले कुनै समस्या समाधान गराइरहँदा विद्यार्थीले शिक्षकभन्दा अगाडि नै एआईको प्रयोग गरेर उत्तर निकाल्ने गरेका छन्। सिकाइ व्यवस्थापनमा शिक्षकलाई थप चुनौतीका साथसाथै अवसर पनि थपिएको छ। जसले आधुनिक प्रविधिसहितको सिकाइ व्यवस्थापन गर्दै आएको छ, उसलाई सजिलो छ। यसको प्रयोग नगर्नेलाई भने चुनौती बनेको छ।

बालबालिकाहरू पढेनन्, घरमा मोबाइल मात्र चलाएर बस्छन्, कोठाबाट बाहिर निस्कँदैनन् भन्‍ने समस्या हिजो-आज हरेक अभिभावहरूमा देखिन्छ। के यो समस्या नै हो त ? कि यसको प्रयोग गर्न नजान्दा समस्या बनेको हो ? अब यसलाई समाधान गर्ने विकल्पहरू के हुन त भन्‍ने बारेमा छलफल हुन जरुरी छ।

अभिभावकहरू आफूलाई अन्य काममा व्यस्त राख्‍नका लागि बालबालिकालाई मोबाइल हेर्न  लगाउने, कामबाट आएको छु, गलेको छु भनेर आफ्ना स्वार्थपूर्तिका लागि बच्चालाई मोबाइल चलाउन दिने, घरमा वयस्क मानिसहरू कुरा गर्दा बच्चाले डिस्टर्ब गर्‍योलगायत कारणहरू देखाएर  मोबाइल चलाउन लगाउँदा त्यसले बालबालिकालाई सिकाइमा जोड्न सक्दैन। अभिभावकहरू आफूलाई सजिलो वा आफ्ना स्वार्थको लागि मात्र बच्चालाई मोबाइलको प्रयोग गर्न दिँदा समस्या उत्पन्‍न हुन्छ। उनीहरूले हेर्ने कन्टेन्टको बारेमा वास्ता नगर्दा बच्चालाई मोबाइलको लत पर्न सक्छ।

बच्चाहरूले मोबाइलको प्रयोग ज्ञानको खोजीमा भन्दा पनि मनोरञ्‍जनको रूपमा प्रयोग गर्दा समस्या बढेको छ। अभिभावकहरू यसबाट बेलामै सचेत हुन जरुरी देखिन्छ। बच्चाहरूले अनावश्यक कन्टेन्ट हेर्दा मनोवैज्ञानिका रूपमा समेत असर पर्ने गरेको विभिन्‍न अध्ययनहरूले पनि देखाएका छन्।

अभिभावकहरूले बालबालिकालाई मोबाइलको उचित सदुपयोग गर्नमा सहजीकरण जरुरी छ। मोबाइललाई सिकाइको माध्यमको रूपमा जोड्नका लागि अभिभावकले पहल गर्नुपर्ने हुन्छ। बालबालिकाहरूले सबैभन्दा बढी सिक्ने स्थान भनेकै घर हो। घरमा उपयुक्त वातावरण सिर्जना गर्न जरुरी छ। किनकि, घर नै बालबालिकाको सिकाइका लागि उपयुक्त स्थान हो। बालबालिकाको व्यवहार, संस्कार तथा संस्कृति निर्माण गर्ने मुख्य भूमिका अभिभावककै हुन्छ। अहिलेको प्रविधिमैत्री दुनियाँमा आफ्ना बालबालिकालाई मोबाइल हेर्नै दिदिनँ, मोबाइल छुनै दिनिनँ भनेर समस्या समाधान हुँदैन।

प्रविधिको प्रयोग नगर्दा उनीहरूको सिकाइमा प्रभाव पर्छ, जसकारण भविष्‍यमा बालबालिकाहरू कमजोर हुने सम्भावना बढ्छ। यसो गर्दा सिकाइमा ग्याप(दुरी) बढ्ने सम्भावना हुन्छ।

प्रविधिको उपयोग नगरी केवल परम्परागत सिकाइबाट मात्र अबको दिनमा सिकाइ अगाडि बढ्न सक्दैन। विश्‍व बजारमा पनि यस्तो प्रकारको शिक्षाले कुनै स्थान हासिल गर्न सक्दैन। बालबालिकाहरूलाई आगामी दिनमा आवश्यक पर्ने मुख्य शिक्षा भनेकै प्रविधिमैत्री शिक्षा नै हो। मोबाइल सबैको सहजमा भएको प्रविधि हो। यसलाई कसरी प्रयोग गर्न सक्छौं ? कसरी विश्‍वव्यापी ज्ञानसँग जोड्न सकिन्छ ? प्रश्‍नलाई वैकल्पिक तरिकाले कसरी हल गर्न सकिन्छ र सबैभन्दा उत्कृष्‍ट उपयुक्त विकल्पको खोजी गरी त्यसलाई विश्लेषण गर्दै उपयोग गर्ने तरिका कसरी खोजी गर्न सकिन्छ ? सबैको ध्यान यस विषयमा केन्द्रित हुन जरुरी छ।

मोबाइलमा झट्ट आउने कन्टेन्टले गाइड नगरी आफ्ना आवश्यकताको आधारमा कन्टेन्ट प्राप्त गर्नुपर्छ। बालबालिकाहरूलाई विश्‍वव्यापी ज्ञानमा जोड्दै समस्या भित्रबाट समाधान खोज्‍ने विकल्पहरूमा जोड्न जरुरी छ। यसका लागि सर्वप्रथम अभिभावकहरू मानसिक रूपमा तयार हुन जरुरी छ।

मङ्गलबार, भदौ ०९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राप्ती तथा बहादुरगन्जका आँखा अस्पताल : सेवासँगै समुदायमा आँखा स्वास्थ्य शिक्षा
पालिकालाई जग्गा, दातालाई घडेरीः रघुगङ्गाको आफ्नै भवन बन्दै
पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता
यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य
देशभर मनसुनी वायुको प्रभाव सक्रिय : मौसम पूर्वानुमान महाशाखा
विश्‍व घटना : एरिजोनामा ‘जिरो भिजिबिलिटी’

भर्खरै

  • १.
    राप्ती तथा बहादुरगन्जका आँखा अस्पताल : सेवासँगै समुदायमा आँखा स्वास्थ्य शिक्षा

  • २.
    पालिकालाई जग्गा, दातालाई घडेरीः रघुगङ्गाको आफ्नै भवन बन्दै

  • ३.
    पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

  • ४.
    यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य

  • ५.
    देशभर मनसुनी वायुको प्रभाव सक्रिय : मौसम पूर्वानुमान महाशाखा

  • ६.
    बालबालिकाको हातमा मोबाइल : चिन्ता भर्सेस अवसर !

  • ७.
    विश्‍व घटना : एरिजोनामा ‘जिरो भिजिबिलिटी’

  • ८.
    राशिफल : कर्कट- साधन प्राप्ति, वृश्‍चिक- अचानक उपहार

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.