मेष- लगानीको प्रतिफल कम प्राप्त होला। समयमा होश नपुग्नाले केही चुनौती झेल्नुपर्ला । कुरा काट्नेहरू सक्रिय रहन सक्छन्। आर्थिक संकट निम्तिन सक्छ।
वृष- तपाईंको कामको कदर हुनेछ। पढाइ र व्यापारमा प्रगति हुने दिन छ। जागिरमा अनावश्यक झमेलाको सामना गर्नुपर्ने हुन सक्छ। कला क्षेत्रमा रुचि बढ्नेछ।
मिथुन- प्राविधिक काममा सफलता प्राप्त हुनेछ। आत्मविश्वास जाग्नेछ। काम बन्नाले मनमा उल्लास छाउला। प्रशन्नता मिल्ने दिन छ।
कर्कट- रोकिएका घरेलु कामकाज विस्तारै बन्नेछन्। अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ। व्यवसायमा थप लगानी बढाउन सकिनेछ।
सिंह- केही चुनौती सामना गर्नुपर्ने देखिन्छ। स्वास्थ्य कमजोर रहे पनि सहयोगीहरू जुटाउन सकिनेछ। स्वास्थ्य गडबड रहन सक्छ।
कन्या- पढाइलेखाइमा प्रगति हुनेछ। व्यावसायिक काम अवरुद्ध बन्न सक्छ। महत्त्वपूर्ण काम धेरै बन्ने छन्। मनमा शान्ति छाउनेछ।
तुला- पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ। आर्थिक क्षेत्रमा प्रशस्त लाभ हुनेछ। घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ। मिष्ठान्न भोजनको योग छ।
वृश्चिक- पराक्रम बढ्ला। व्यापारमा पनि सुधार आउनेछ। यात्रामा लाभ मिल्नेछ। सन्तानबाट पनि सुख पाइनेछ । टाढाको यात्रा गर्ने अवसर प्राप्त होला।
धनु- स्वास्थ्य स्थितिमा अनुकूलता आउनेछ। काम गर्न जाँगर चल्नेछ। उत्साहबर्द्धक समय छ। स्वास्थ्य गडबड रहन सक्छ।
मकर- परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। रोकिएका काम पुनः शुरु हुन सक्छन्। पढाइमा सफलता पाइने छ।
कुम्भ- आम्दानीमा कमी आउने छैन। तर, निरर्थक र प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानीको सम्भावना छ। खर्चभन्दा कमाइ नै बढी हुने योग छ।
मीन- विपरीत लिंगीको सहयोग प्राप्त हुनेछ। मन हर्षित रहला। कामहरू सहजै बन्न सक्ने दिन छ। नयाँ ठाउँमा लगानीको वातावरण बनी मन हर्षित हुनेछ।