मेष- सामान्य प्रयासबाटै काममा सफलता मिल्नेछ भने वैदेशिक क्षेत्रका अधुरा काम बन्नेछन्। साथीभाइले काममा सहयोग जुटाउनेछन्। रचनात्मक काममा जुट्ने समय छ। पशुधन र जमिनबाट पनि सामान्य लाभ होला।
वृष- अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। कडा प्रयास गरे पनि सफलता हात नलाग्न सक्छ। वादविवादको पनि योग छ। कामको बोझले थाकेको महशुस होला। घर-गृहस्थीमा समस्या देखिन सक्छ।
मिथुन- शिक्षा क्षेत्रमा सफलता हासिल गर्न सकिनेछ। व्यापारबाट सोचेजस्तै लाभ हुनेछ। नयाँ कामको शुरुवात खासै राम्रो छैन। मनमा द्विविधा रहन सक्छ। सामाजिक काममा नाम रहने छ।
कर्कट- भौतिक सुख-सुविधा प्राप्त हुनेछ। शिक्षा क्षेत्रमा शुभ छ। सामाजिक काममा नेतृत्वदायी भूमिकामा खटिनु पर्नेछ। काम बन्नाले मन रमाउने छ। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ।
सिंह- आरामदायी यात्रामा रमाइलो हुनेछ। बोलीमा सजगता नअपनाए झूटा आरोप लाग्न सक्छ। परिवारबाट टाढा बस्नुपर्नेछ। साहित्यिक कार्यमा मन जाने छ। सोच्दै नसोचेको स्थानबाट लाभ हुनेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ।
कन्या- पेटको खराबीले सताउला। पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला। पीडा दिनेहरू सक्रिय रहन सक्छन्। खर्च गर्दा होश पुर्याउनु होला। स्वास्थ्यका लागि खानपानमा सजग रहनु होला।
तुला- आर्थिक पक्ष सबल बन्नेछ। चुनौतीहरू सजिलै पार लाग्नेछन्। बुद्धिविवेकले राम्रो काम गर्नेछ। अनायासै ठीक निर्णय हुनेछ। घरमा पाहुनाले सताउलान्। काममा सहयोगीहरूले राम्रो साथ दिनेछन्।
वृश्चिक- व्यापार-व्यवसायमा फाइदा हुनेछ। प्रतिस्पर्धीहरू पराजित हुनेछन्। आँटे-गरेको कार्यमा सफलता मिल्नेछ। आर्थिक लाभ हुने योग छ। उपहार मिल्ने छ। महत्त्वाकांक्षी योजना भने गोप्य राख्नु होला।
धनु- मित्र वर्गबाट साथ-सहयोग पाइनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा गरेको योगदानले मान-सम्मान दिलाउला। घरायसी समस्याले सताए पनि गरेका कार्य सफल हुनाले गर्दा मन सन्तुष्ट रहने छ।
मकर- नयाँ काम शुरु गर्ने समय छ। खर्च भने बढ्न सक्छ। काममा ढिलासुस्ती हुनुका साथै आर्थिक हानी हुन सक्छ। स्वास्थ्य बिग्रन सक्छ। अरूको भर पर्दा काममा धोका हुन सक्छ।
कुम्भ- स्वास्थ्यमा देखिने समस्याले नियमित काम एवं पढाइलेखाइ प्रभावित हुने सम्भावना छ। काममै समय बिताउँदा मन खुशी रहने छ। तथापि, अपेक्षाकृत लाभ नहुन सक्छ। मातृ धनको उपयोगबाट लाभ उठाउन सकिनेछ।
मीन- कृषि र पशुपालनमा खर्च बढ्नेछ। व्यवसायबाट भने लाभ हुने समय छ। नयाँ काम शुरु गर्ने समय छ। व्यापारमा राम्रै धनलाभ हुनेछ। आर्थिक पक्ष सन्तोषजनक रहनेछ। रोकिएका काम बन्ने योग छ।