• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, भदौ ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

बाहुण्डाँगीको मानव-हात्ती द्वन्द्व : जैविक मार्ग कि किसानको पीडा ?

स्कुल बसले अटोलाई ठक्कर दिँदा दुईको मृत्यु, तीन जना घाइते

श्रममन्त्री यादवसँग राजदूत शामसीको भेट

बडीमालिकामा फोर–जी सेवा विस्तार, सबै नागरिकलाई गुणस्तरीय सञ्चार सेवाको पहुँचमा ल्याउने सञ्चारमन्त्रीको प्रतिबद्धता

न्युजिल्यान्डमा बालबालिकालाई फेसबुक, टिकटक चलाउन प्रतिबन्ध

कपिलवस्तुमा १२ करोड लगानीमा नयाँ तेल उद्योग

असंलग्‍न शिखर सम्मेलनमा भाग लिन सर्विया जाँदै मन्त्री खनाल

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

गाजामा सेना परिचालनबारे छलफल गर्न युगान्डा र बुरुन्डीका सैन्य अधिकारी इजरायलमा

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- धन लाभ, वृश्‍चिक- मनोरञ्‍जन

  • २. बाहुण्डाँगीको मानव-हात्ती द्वन्द्व : जैविक मार्ग कि किसानको पीडा ?

  • ३. राशिफल : कर्कट- प्रतिष्‍ठा, मीन- पैत्रिक सम्पत्तिबाट लाभ

  • ४. राशिफल : सिंह- आरामदायी यात्रा, धनु- मित्रबाट सहयोग

  • ५. राशिफल : कन्या- सुखानुभूति, वृश्‍चिक- लक्ष्‍य प्राप्ति

  • ६. निजामतीमा अवकाशको नयाँ प्रावधान : अनुभवी कि नयाँ ?

  • ७. धनगढी–विराटनगर अब VIP SOFA AC बसमा, आजदेखि सेवा शुभारम्भ

  • ८. राशिफल : कन्या- काम बन्‍ने, वृश्‍चिक- पराक्रम बढ्ने

  • ९. राशिफल : कर्कट- उत्साह, मीन- इनाम प्राप्ति

  • १०. झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !

बडीमालिकामा फोर–जी सेवा विस्तार, सबै नागरिकलाई गुणस्तरीय सञ्चार सेवाको पहुँचमा ल्याउने सञ्चारमन्त्रीको प्रतिबद्धता


    Avatar photo
सोमबार, भदौ ०८, २०८३ मा प्रकाशित

काठमाडौँ- धार्मिक एवं पर्यटकीय गन्तव्य बाजुराको बडीमालिका क्षेत्रमा फोर–जी सेवा विस्तार भएको छ ।

Advertisement

नेपाल टेलिकमले बडीमालिका क्षेत्रमा फोर–जी सेवा विस्तार गरेसँगै आजदेखि त्यहाँ मोबाइल तथा इन्टरनेट सेवा सञ्चालनमा आएको हो ।

उक्त क्षेत्रमा सञ्चार सेवा उपलब्ध भएपछि स्थानीय, तीर्थयात्री, पर्यटक तथा विभिन्न सरकारी तथा गैरसरकारी निकाय पनि लाभान्वित भएका छन् ।

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भर्चुअल माध्यमबाट सेवा सञ्चालनको उद्घाटन गर्दै दुर्गम भेगका नागरिकलाई सञ्चारको आधारभूत अधिकारबाट वञ्चित हुन नदिन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

दूरसञ्चार सेवा पु¥याउन निरन्तर खटिने नेपाल टेलिकमका कर्मचारी, हेलिकप्टरमार्फत सामग्री ढुवानीमा सहयोग गर्ने नेपाली सेना तथा कार्यमा समन्वय र सहकार्य गर्ने बडीमालिकाका जनप्रतिनिधिलाई सञ्चारमन्त्री डा. तिमिल्सिनाले धन्यवाद ज्ञापन गर्नुभयो।

सञ्चारमन्त्री तिमिल्सिनाले सरकारले यस वर्षलाई दूरसञ्चार क्षेत्रमा अभूतपूर्व सुधार र डिजिटल रूपान्तरणको वर्षका रूपमा अघि बढाउन लागेको उल्लेख गर्दै भौगोलिक रूपमा विकट भएकै कारण कुनै पनि नागरिक सञ्चार सेवाबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य गरिने बताउनुभयो। उहाँले देशका दुर्गम तथा पर्यटकीय क्षेत्रसम्म गुणस्तरीय टेलिफोन र इन्टरनेट सेवा विस्तारलाई प्राथमिकताका साथ अघि बढाइएको जानकारी दिनुभयो ।

सेवा सञ्चालनपछि सञ्चारमन्त्री डा. तिमिल्सिनाले टावर स्थापनाका लागि बडीमालिका क्षेत्रमा खटिएका नेपाल टेलिकमका प्राविधिकसँग भिडियो कलमार्फत प्रत्यक्ष संवाद गर्नुभयो । नेपाल टेलिकमको वायरलेस सेवा निर्देशनालय र सुदूरपश्चिम प्रादेशिक निर्देशनालयबाट टावर निर्माणका लागि बडीमालिका क्षेत्रमा खटिएका कर्मचारीसँग उहाँले सेवा सञ्चालनको अवस्था र त्यहाँका कठिनाइबारे जानकारी लिनुभयो ।

भिडियो संवादका क्रममा सहायक प्राविधिक अधिकृत माधव बुढाथोकी, इन्जिनियर सुदर्शन आचार्य, सिभिल इन्जिनियर दीपकराज भट्टलगायतका प्राविधिकले टावर स्थापना तथा सेवा सञ्चालनका क्रममा भएका कामबारे जानकारी गराउनुभएको थियो ।

त्यस्तै, नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडीले दुर्गम क्षेत्रमा सञ्चार सुविधा पु¥याउने विषय टेलिकमको प्राथमिकतामा रहेको बताउनुभयो । उहाँले टेलिकमको सेवा पहुँच विस्तारसँगै गुणस्तर सुधारका काम भइरहेको जानकारी दिनुभयो ।

प्रबन्ध निर्देशक पहाडीले व्यावसायिक लाभलाई मात्र आधार बनाएर सेवा विस्तार गर्नुभन्दा सञ्चार सेवाको पहुँच कमजोर रहेका दुर्गम क्षेत्रमा सेवा पु¥याउने जिम्मेवारीलाई प्राथमिकता दिइएको बताउनुभयो । उहाँले देशका विकट भूभागमा समेत नागरिकलाई सञ्चार सेवाको पहुँचमा ल्याउने उद्देश्यअनुसार नयाँ पूर्वाधार निर्माण र सेवा विस्तार भइरहेको जानकारी दिनुभयो ।

बडीमालिका क्षेत्रमा टेलिफोन सेवा सञ्चालनमा ल्याउन सञ्चारमन्त्री डा. तिमिल्सिनाले गत साउन ८ गते नेपाल टेलिकमलाई तत्काल सेवा विस्तार गर्न निर्देशन दिनुभएको थियो। बडीमालिकामा सञ्चार सेवा नपुगेको विषयमा गम्भीर चासो देखाउँदै उहाँले आवश्यक प्रक्रिया तत्काल अघि बढाउन तथा प्राविधिक र भौगोलिक चुनौतीको सामना गर्दै सेवा सञ्चालन गर्न निर्देशन दिनुभएको थियो ।

सञ्चारमन्त्रीको निर्देशनपछि नेपाल टेलिकमले बडीमालिका क्षेत्रमा टावर निर्माण तथा फोर–जी सेवा सञ्चालनका लागि आवश्यक तयारी अघि बढाएको थियो । सडक सञ्जालबाट उपकरण तथा निर्माण सामग्री ढुवानी गर्न कठिन भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत टावर निर्माणका लागि आवश्यक उपकरण तथा अन्य सामग्री बडीमालिका क्षेत्रमा पु¥याइएको थियो ।

यसैबीच, सञ्चारमन्त्री डा. तिमिल्सिनाले बडीमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्कासँग त्यहाँ आवश्यक पर्ने दूरसञ्चार पूर्वाधार, सम्भावित टावर जडानस्थल तथा सडक सञ्जालको अवस्थाबारे छलफल गर्नुभएको थियो । सडकमार्फत उपकरण तथा निर्माण सामग्री पु¥याउन सम्भव नदेखिएपछि हेलिकप्टरबाट सामग्री ढुवानी गर्ने व्यवस्था मिलाउन उहाँले सम्बन्धित निकायलाई निर्देशन दिनुभएको थियो ।

बडीमालिका मन्दिर क्षेत्र समुद्र सतहबाट करिब चार हजार २०० मिटरको उचाइमा अवस्थित छ । टावर भने करिब चार हजार दुई सय ३० मिटरको उचाइमा रहेको लौरी विनायक भन्ने स्थानमा स्थापना गरिएको नेपाल टेलिकमले जनाएको छ । विकट स्थानमा प्राविधिक टोलीले सबै किसिमका चुनौती पन्छाउँदै टावर स्थापना गरेको हो ।

बडीमालिका क्षेत्रमा स्थायी बस्ती कम भए पनि धार्मिक, पर्यटकीय तथा पदयात्राका दृष्टिले यो क्षेत्र महत्वपूर्ण रहेको नेपाल टेलिकमका सहायक प्राविधिक अधिकृत माधव बुढाथोकीले जानकारी दिनुभयो ।

बडीमालिका मन्दिर, विभिन्न पाटन, पदमार्ग तथा त्रिवेणी क्षेत्रसम्म पुग्ने तीर्थयात्री तथा पर्यटकका लागि मोबाइल तथा इन्टरनेट उपयोग गर्न अब सहज हुनेछ ।

सरकारले चालु आर्थिक वर्षलाई दूरसञ्चार क्षेत्रको रूपान्तरणको वर्षका रूपमा अघि बढाउने घोषणा गरेको छ । त्यसअनुसार देशका दुर्गम, ग्रामीण तथा पर्यटकीय क्षेत्रसम्म दूरसञ्चार पूर्वाधार विस्तार गर्ने, फोर–जी सेवाको पहुँच बढाउने, सेवा गुणस्तर सुधार गर्ने तथा नयाँ प्रविधिको विस्तारलाई प्राथमिकता दिइएको छ ।

यसै योजनाअनुसार नेपाली भाषाको उद्गमस्थल मानिने जुम्लाको हाट सिँजा क्षेत्रमा पनि नेपाल टेलिकमको फोर–जी सेवा यही भदौ ५ गतेदेखि सञ्चालनमा आएको छ । कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठीज्युला बजार क्षेत्रमा फोर–जी सेवा विस्तार भएसँगै सिँजा क्षेत्रको सञ्चार पहुँच सहज भएको छ ।

यसैगरी, सगरमाथा आधार शिविरमा पनि फोर–जी सेवा विस्तारका लागि अध्ययन जारी छ । यसअघि नै केही उच्च हिमाली क्षेत्रमा दूरसञ्चार सेवा विस्तार भइसकेको छ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–६ स्थित ल्हान तथा ठूलीभेरी नगरपालिका–१, दुनैमा फोर–जी सेवा सञ्चालनमा आइसकेको छ । ताप्लेजुङको ओलाङचुङगोलामा पनि फोर–जी सेवा सञ्चालनमा छ ।
सरकारले सञ्चार सेवाको पहुँच कमजोर रहेका देशका अन्य दुर्गम क्षेत्र पहिचान गरी क्रमशः सेवा विस्तार गर्ने योजना अघि सारेको छ । डिजिटल विभाजन घटाउँदै सबै नागरिकलाई गुणस्तरीय सञ्चार सेवाको पहुँचमा ल्याउने उद्देश्यले दूरसञ्चार पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको हो ।

नेपाल टेलिकमका अनुसार हाल देशभर दूरसञ्चार सेवाको पहुँच र गुणस्तर विस्तारका लागि करिब एक हजार छ सय नयाँ मोबाइल टावर तथा सम्बन्धित साइट निर्माणको प्रक्रिया अघि बढाइएको छ । नयाँ टावर निर्माण तथा विद्यमान पूर्वाधारको क्षमता विस्तारबाट ग्रामीण र दुर्गम क्षेत्रका नागरिकलाई भरपर्दो मोबाइल तथा इन्टरनेट सेवा उपलब्ध गराउने सरकारको लक्ष्य छ ।

सोमबार, भदौ ०८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बाहुण्डाँगीको मानव-हात्ती द्वन्द्व : जैविक मार्ग कि किसानको पीडा ?
स्कुल बसले अटोलाई ठक्कर दिँदा दुईको मृत्यु, तीन जना घाइते
श्रममन्त्री यादवसँग राजदूत शामसीको भेट
न्युजिल्यान्डमा बालबालिकालाई फेसबुक, टिकटक चलाउन प्रतिबन्ध
कपिलवस्तुमा १२ करोड लगानीमा नयाँ तेल उद्योग
असंलग्‍न शिखर सम्मेलनमा भाग लिन सर्विया जाँदै मन्त्री खनाल

भर्खरै

  • १.
    बाहुण्डाँगीको मानव-हात्ती द्वन्द्व : जैविक मार्ग कि किसानको पीडा ?

  • २.
    स्कुल बसले अटोलाई ठक्कर दिँदा दुईको मृत्यु, तीन जना घाइते

  • ३.
    श्रममन्त्री यादवसँग राजदूत शामसीको भेट

  • ४.
    बडीमालिकामा फोर–जी सेवा विस्तार, सबै नागरिकलाई गुणस्तरीय सञ्चार सेवाको पहुँचमा ल्याउने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ५.
    न्युजिल्यान्डमा बालबालिकालाई फेसबुक, टिकटक चलाउन प्रतिबन्ध

  • ६.
    कपिलवस्तुमा १२ करोड लगानीमा नयाँ तेल उद्योग

  • ७.
    असंलग्‍न शिखर सम्मेलनमा भाग लिन सर्विया जाँदै मन्त्री खनाल

  • ८.
    प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.