• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, भदौ ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

बाहुण्डाँगीको मानव-हात्ती द्वन्द्व : जैविक मार्ग कि किसानको पीडा ?

स्कुल बसले अटोलाई ठक्कर दिँदा दुईको मृत्यु, तीन जना घाइते

श्रममन्त्री यादवसँग राजदूत शामसीको भेट

बडीमालिकामा फोर–जी सेवा विस्तार, सबै नागरिकलाई गुणस्तरीय सञ्चार सेवाको पहुँचमा ल्याउने सञ्चारमन्त्रीको प्रतिबद्धता

न्युजिल्यान्डमा बालबालिकालाई फेसबुक, टिकटक चलाउन प्रतिबन्ध

कपिलवस्तुमा १२ करोड लगानीमा नयाँ तेल उद्योग

असंलग्‍न शिखर सम्मेलनमा भाग लिन सर्विया जाँदै मन्त्री खनाल

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

गाजामा सेना परिचालनबारे छलफल गर्न युगान्डा र बुरुन्डीका सैन्य अधिकारी इजरायलमा

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- धन लाभ, वृश्‍चिक- मनोरञ्‍जन

  • २. बाहुण्डाँगीको मानव-हात्ती द्वन्द्व : जैविक मार्ग कि किसानको पीडा ?

  • ३. राशिफल : कर्कट- प्रतिष्‍ठा, मीन- पैत्रिक सम्पत्तिबाट लाभ

  • ४. राशिफल : सिंह- आरामदायी यात्रा, धनु- मित्रबाट सहयोग

  • ५. राशिफल : कन्या- सुखानुभूति, वृश्‍चिक- लक्ष्‍य प्राप्ति

  • ६. निजामतीमा अवकाशको नयाँ प्रावधान : अनुभवी कि नयाँ ?

  • ७. धनगढी–विराटनगर अब VIP SOFA AC बसमा, आजदेखि सेवा शुभारम्भ

  • ८. राशिफल : कन्या- काम बन्‍ने, वृश्‍चिक- पराक्रम बढ्ने

  • ९. राशिफल : कर्कट- उत्साह, मीन- इनाम प्राप्ति

  • १०. झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !

न्युजिल्यान्डमा बालबालिकालाई फेसबुक, टिकटक चलाउन प्रतिबन्ध

    Avatar photo
सोमबार, भदौ ०८, २०८३ मा प्रकाशित

वेलिङटन- न्युजिल्यान्ड सरकारले १६ वर्षमुनिका बालबालिकालाई इन्स्टाग्राम, टिकटक, फेसबुक र स्न्यापच्याटजस्ता सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने कानून अघि बढाएको छ।

Advertisement

सरकारले सामाजिक सञ्जालका कारण बालबालिकाको मानसिक स्वास्थ्य, निद्रा, पारिवारिक जीवन र शिक्षामा असर परेको भन्दै कडा उमेर सीमा प्रस्ताव गरेको हो।

प्रधानमन्त्री क्रिस्टोफर लक्सनले बालबालिकामाथि सामाजिक सञ्जालको बढ्दो प्रभाव स्वीकार गर्न नसकिने बताए। उनका अनुसार १३ देखि १७ वर्ष उमेर समूहका तीनमध्ये एक बालबालिकाले दैनिक कम्तीमा पाँच घण्टा सामाजिक सञ्जालमा बिताउने गरेका छन्।

सामाजिक सञ्जालले उनीहरूलाई हानिकारक सामग्री, लत लगाउने प्रविधि र मानसिक दबाबको जोखिममा पारिरहेको उनको भनाइ छ।

प्रस्तावित व्यवस्थाअनुसार सामाजिक सञ्जाल कम्पनीले प्रयोगकर्ताको उमेर १६ वर्षभन्दा बढी भए-नभएको सुनिश्चित गर्नुपर्नेछ। त्यसका लागि खाता विवरण, अनुहारबाट उमेर अनुमान गर्ने प्रविधि, डिजिटल परिचयपत्र वा औपचारिक परिचयपत्र प्रयोग गर्न सकिनेछ।

नियम उल्लङ्घन गर्ने मेटालगायत कम्पनीलाई विश्वव्यापी राजस्वको १० प्रतिशतसम्म जरिवाना हुन सक्नेछ।

बालबालिका वा उनीहरूका अभिभावकलाई भने दण्ड नहुने शिक्षामन्त्री एरिका स्ट्यानफोर्डले बताइन्। तर, प्रस्तावित कानूनलाई राजनीतिक चुनौतीसमेत देखिएको छ। सरकारमा सहभागी एक्ट पार्टी र एनजेड फर्स्टले यसको विरोध गरेका छन्। अस्ट्रेलियामा यस्तै व्यवस्था प्रभावकारी नभएको र किशोरकिशोरीले प्रतिबन्ध छल्न सक्ने उनीहरूको तर्क छ।

मुख्य विपक्षी लेबर पार्टीले पनि उमेर प्रमाणीकरण कसरी गरिने र कुन प्लेटफर्मलाई प्रतिबन्धमा समेटिने भन्ने विषयमा थप स्पष्टता मागेको छ। लेबरका प्रवक्ता रुबेन डेभिडसनले अनलाइन वातावरण जटिल बन्दै गएकाले युवाको सुरक्षासम्बन्धी जोखिमलाई गम्भीर रूपमा लिनुपर्ने बताए।

अस्ट्रेलियाले गत डिसेम्बरमा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने विश्वकै पहिलो कानून लागू गरेको थियो। बेलायत, फ्रान्सलगायत देशले पनि यस्तै उपाय अघि बढाएका छन्। यद्यपि, गत जुनमा प्रकाशित एक अध्ययनले अस्ट्रेलियाको प्रतिबन्धपछि किशोर-किशोरी सामाजिक सञ्जालबाट उल्लेख्य रूपमा टाढिएको प्रमाण निकै कम रहेको देखाएको थियो।

सोमबार, भदौ ०८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बाहुण्डाँगीको मानव-हात्ती द्वन्द्व : जैविक मार्ग कि किसानको पीडा ?
स्कुल बसले अटोलाई ठक्कर दिँदा दुईको मृत्यु, तीन जना घाइते
श्रममन्त्री यादवसँग राजदूत शामसीको भेट
बडीमालिकामा फोर–जी सेवा विस्तार, सबै नागरिकलाई गुणस्तरीय सञ्चार सेवाको पहुँचमा ल्याउने सञ्चारमन्त्रीको प्रतिबद्धता
कपिलवस्तुमा १२ करोड लगानीमा नयाँ तेल उद्योग
असंलग्‍न शिखर सम्मेलनमा भाग लिन सर्विया जाँदै मन्त्री खनाल

भर्खरै

  • १.
    बाहुण्डाँगीको मानव-हात्ती द्वन्द्व : जैविक मार्ग कि किसानको पीडा ?

  • २.
    स्कुल बसले अटोलाई ठक्कर दिँदा दुईको मृत्यु, तीन जना घाइते

  • ३.
    श्रममन्त्री यादवसँग राजदूत शामसीको भेट

  • ४.
    बडीमालिकामा फोर–जी सेवा विस्तार, सबै नागरिकलाई गुणस्तरीय सञ्चार सेवाको पहुँचमा ल्याउने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ५.
    न्युजिल्यान्डमा बालबालिकालाई फेसबुक, टिकटक चलाउन प्रतिबन्ध

  • ६.
    कपिलवस्तुमा १२ करोड लगानीमा नयाँ तेल उद्योग

  • ७.
    असंलग्‍न शिखर सम्मेलनमा भाग लिन सर्विया जाँदै मन्त्री खनाल

  • ८.
    प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.