• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

एक वर्षमा मधेस प्रदेशबाट वैदेशिक रोजगारीमा गएका १४४ युवकको मृत्यु

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

देशभरबाट ८ हजार ६९४ पिन्ट रक्त संकलन

राज्य र धर्मबीचका विश्‍वव्यापी अभ्यासहरू

तिब्बत बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

कृषि कर्जासँगै किसानलाई वित्तीय र कृषि ज्ञान दिनुपर्नेमा जोड

जलविद्युत् आयोजनाको सहयोगमा घुमाउनेताल–मौवाफाँट सडक कालोपत्र

प्रतिनिधिसभामा प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिनुहुने

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

लोकप्रिय समाचार

  • १. बाहुण्डाँगीको मानव-हात्ती द्वन्द्व : जैविक मार्ग कि किसानको पीडा ?

  • २. राशिफल : वृष- धन लाभ, वृश्‍चिक- मनोरञ्‍जन

  • ३. निजामतीमा अवकाशको नयाँ प्रावधान : अनुभवी कि नयाँ ?

  • ४. झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !

  • ५. राशिफल : कन्या- सुखानुभूति, वृश्‍चिक- लक्ष्‍य प्राप्ति

  • ६. राशिफल : कर्कट- स्वादिष्‍ट भोजन, मकर- पराक्रम बढ्ने

  • ७. राशिफल : कन्या- काम बन्‍ने, वृश्‍चिक- पराक्रम बढ्ने

  • ८. राशिफल : कर्कट- उत्साह, मीन- इनाम प्राप्ति

  • ९. कांग्रेसको बाटो : अदालत पर्खने कि महाधिवेशनमा होमिने ?

  • १०. राशिफल : वृष- रोगले सताउने, सिंह- विजयी

देशभर मनसुनी वायुको प्रभाव सक्रिय : मौसम पूर्वानुमान महाशाखा


    Avatar photo
मङ्गलबार, भदौ ०९, २०८३ मा प्रकाशित

काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Advertisement

महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रही बागमती, गण्डकी र प्रदेशका केही र कोशी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थान तथा मधेस प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यमम्मको वर्षा भइरहेको छ ।

महाशाखाद्वारा जारी मौसम बुलेटिनका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ । यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका धेरै तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा तथा मधेस प्रदेशलगायत कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बलेटिनमा उल्लेख छ ।

महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागका केही तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

महाशाखाका अनुसार मधेस तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । वर्षाका कारण ती क्षेत्रमा दैनिक जनजीवनका साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले महाशाखाका सूचनामा अद्यावधिक रहन सम्बद्ध सबैलाई अनुरोध गरिएको छ ।

मङ्गलबार, भदौ ०९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एक वर्षमा मधेस प्रदेशबाट वैदेशिक रोजगारीमा गएका १४४ युवकको मृत्यु
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
देशभरबाट ८ हजार ६९४ पिन्ट रक्त संकलन
राज्य र धर्मबीचका विश्‍वव्यापी अभ्यासहरू
तिब्बत बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह
कृषि कर्जासँगै किसानलाई वित्तीय र कृषि ज्ञान दिनुपर्नेमा जोड

भर्खरै

  • १.
    एक वर्षमा मधेस प्रदेशबाट वैदेशिक रोजगारीमा गएका १४४ युवकको मृत्यु

  • २.
    ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

  • ३.
    देशभरबाट ८ हजार ६९४ पिन्ट रक्त संकलन

  • ४.
    राज्य र धर्मबीचका विश्‍वव्यापी अभ्यासहरू

  • ५.
    तिब्बत बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

  • ६.
    कृषि कर्जासँगै किसानलाई वित्तीय र कृषि ज्ञान दिनुपर्नेमा जोड

  • ७.
    जलविद्युत् आयोजनाको सहयोगमा घुमाउनेताल–मौवाफाँट सडक कालोपत्र

  • ८.
    प्रतिनिधिसभामा प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिनुहुने

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.