• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

देशभरबाट ८ हजार ६९४ पिन्ट रक्त संकलन

राज्य र धर्मबीचका विश्‍वव्यापी अभ्यासहरू

तिब्बत बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

कृषि कर्जासँगै किसानलाई वित्तीय र कृषि ज्ञान दिनुपर्नेमा जोड

जलविद्युत् आयोजनाको सहयोगमा घुमाउनेताल–मौवाफाँट सडक कालोपत्र

प्रतिनिधिसभामा प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिनुहुने

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

उत्तिसको गोलिया काठ बरामद

यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य

लोकप्रिय समाचार

  • १. बाहुण्डाँगीको मानव-हात्ती द्वन्द्व : जैविक मार्ग कि किसानको पीडा ?

  • २. राशिफल : वृष- धन लाभ, वृश्‍चिक- मनोरञ्‍जन

  • ३. निजामतीमा अवकाशको नयाँ प्रावधान : अनुभवी कि नयाँ ?

  • ४. राशिफल : कन्या- सुखानुभूति, वृश्‍चिक- लक्ष्‍य प्राप्ति

  • ५. झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !

  • ६. राशिफल : कन्या- काम बन्‍ने, वृश्‍चिक- पराक्रम बढ्ने

  • ७. राशिफल : कर्कट- स्वादिष्‍ट भोजन, मकर- पराक्रम बढ्ने

  • ८. राशिफल : कर्कट- उत्साह, मीन- इनाम प्राप्ति

  • ९. कांग्रेसको बाटो : अदालत पर्खने कि महाधिवेशनमा होमिने ?

  • १०. राशिफल : वृष- रोगले सताउने, सिंह- विजयी

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै


    Avatar photo
बुधबार, भदौ १०, २०८३ मा प्रकाशित

बागलुङ- कुनै सडक कालोपत्र गर्न कति वर्ष लाग्ला ? सहजै उत्तर दिन सकिन्छ, बढीमा दुई वा तीन वर्ष । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ सदरमुकाम खण्डको सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको १० वर्ष पूरा हुँदा पनि सम्पन्न हुन सकेको छैन ।

Advertisement

बागलुङ सदरमुकाम खण्डमा पुनः नयाँ ठेक्का लगाउने तयारी गरिएको छ । दुई वर्षमा कालोपत्र सम्पन्न गर्ने गरी भारत÷सिद्धिसाई जेभीसँग गरिएको सम्झौता तोडिएपछि पुन ठेक्काको प्रक्रिया अगाडि बढेको छ ।

गत पुस १७ गते ठेक्का सम्झौता रद्द गरिएको आयोजनाको पुनः ठेक्का लगाउने प्रक्रिया सुरु भएको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतका सूचना अधिकारी उज्ज्वल शर्माले जानकारी दिनुभयो । पाँच पटक म्याद थप गर्दा पनि काम सम्पन्न नगर्ने ठेकेदारको सम्झौता रद्द गरी असुल उपरको प्रक्रिया सुरु गरिएको छ । नयाँ ठेक्का सम्झौताको मूल्याङ्कन, लागत अनुमानको प्रतिवेदन र स्रोत सुनिश्चितताका लागि राष्ट्रिय योजना आयोगमार्फत अर्थ मन्त्रालय पठाइएको छ । पछिल्ला दिनमा सो सडक झनै जीर्ण बन्दै गएको छ । सो सडकखण्ड भएर यात्रा गर्ने यात्रुले बर्षामा हिलो र हिउँदमा धुलोको सास्ती खेप्नु परेको छ ।

ठेक्का रद्द गरिएको सडकको अवस्था झनै बिग्रँदै गएको छ भने सम्पन्न भएको पूर्वाधारमा पनि क्षति पुगेको छ । “पुरानो ठेकेदारले गरेको काम र नयाँ ठेक्कामा थप्नुपर्ने पूर्वाधारलगायतको अध्ययन प्रतिवेदनसहित करिब रु २५ करोडको स्रोत सुनिश्चतताका लागि अर्थमन्त्रालयमा प्रस्ताव गरिएको छ,” इन्जिनियर शर्माले भन्नुभयो ।

ठेक्का रद्द गरिएको ठेकदारबाट रु नौ करोड ३६ लाख असुल उपर गर्नुपर्ने अध्ययन प्रतिवेदनले देखाएको छ । “नयाँ ठेक्का छिट्टै खोल्ने तयारीमा छौँ, सम्भवतः चार महिनाभित्र पूरा होला,” इञ्जिनियर शर्माले भन्नुभयो ।

बागलुङ–बिहुँ खण्डको १३ किलोमिटर सडक २०७३ साल माघ १४ गते भारत÷सिद्धिसाईसँग दुई वर्षमा सक्नेगरी रु ४३ करोड ६५ लाखमा सम्झौता भएको थियो । ठेकेदारले रु ३४ करोड तीन लाख भुक्तानी लिइसकेको छ । वर्षाका कारण सडक झनै बिग्रेको छ भने कालोपत्र गरेको क्षेत्रमा खाल्टाखुल्टी परेको छ ।

बुधबार, भदौ १०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

देशभरबाट ८ हजार ६९४ पिन्ट रक्त संकलन
राज्य र धर्मबीचका विश्‍वव्यापी अभ्यासहरू
तिब्बत बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह
कृषि कर्जासँगै किसानलाई वित्तीय र कृषि ज्ञान दिनुपर्नेमा जोड
जलविद्युत् आयोजनाको सहयोगमा घुमाउनेताल–मौवाफाँट सडक कालोपत्र
प्रतिनिधिसभामा प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिनुहुने

भर्खरै

  • १.
    देशभरबाट ८ हजार ६९४ पिन्ट रक्त संकलन

  • २.
    राज्य र धर्मबीचका विश्‍वव्यापी अभ्यासहरू

  • ३.
    तिब्बत बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

  • ४.
    कृषि कर्जासँगै किसानलाई वित्तीय र कृषि ज्ञान दिनुपर्नेमा जोड

  • ५.
    जलविद्युत् आयोजनाको सहयोगमा घुमाउनेताल–मौवाफाँट सडक कालोपत्र

  • ६.
    प्रतिनिधिसभामा प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिनुहुने

  • ७.
    दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

  • ८.
    उत्तिसको गोलिया काठ बरामद

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.