• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

एक वर्षमा मधेस प्रदेशबाट वैदेशिक रोजगारीमा गएका १४४ युवकको मृत्यु

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

देशभरबाट ८ हजार ६९४ पिन्ट रक्त संकलन

राज्य र धर्मबीचका विश्‍वव्यापी अभ्यासहरू

तिब्बत बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

कृषि कर्जासँगै किसानलाई वित्तीय र कृषि ज्ञान दिनुपर्नेमा जोड

जलविद्युत् आयोजनाको सहयोगमा घुमाउनेताल–मौवाफाँट सडक कालोपत्र

प्रतिनिधिसभामा प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिनुहुने

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

लोकप्रिय समाचार

  • १. बाहुण्डाँगीको मानव-हात्ती द्वन्द्व : जैविक मार्ग कि किसानको पीडा ?

  • २. राशिफल : वृष- धन लाभ, वृश्‍चिक- मनोरञ्‍जन

  • ३. निजामतीमा अवकाशको नयाँ प्रावधान : अनुभवी कि नयाँ ?

  • ४. झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !

  • ५. राशिफल : कन्या- सुखानुभूति, वृश्‍चिक- लक्ष्‍य प्राप्ति

  • ६. राशिफल : कर्कट- स्वादिष्‍ट भोजन, मकर- पराक्रम बढ्ने

  • ७. राशिफल : कन्या- काम बन्‍ने, वृश्‍चिक- पराक्रम बढ्ने

  • ८. राशिफल : कर्कट- उत्साह, मीन- इनाम प्राप्ति

  • ९. कांग्रेसको बाटो : अदालत पर्खने कि महाधिवेशनमा होमिने ?

  • १०. राशिफल : कर्कट- साधन प्राप्ति, वृश्‍चिक- अचानक उपहार

विश्‍व घटना : एरिजोनामा ‘जिरो भिजिबिलिटी’


    Avatar photo
मङ्गलबार, भदौ ०९, २०८३ मा प्रकाशित

काठमाडौं- आज २५ अगस्ट। विश्‍व इतिहासका अनगिन्ती घटनाले संसारभर आजको दिनको सम्झना दिलाउँछन्। प्रस्तुत छ, आजको दिन भएका केही विश्‍व चर्चित घटनाको सारसंक्षेप।

Advertisement

– सन् १८३५- ‘चन्द्रमामा सभ्यता’ शृंखला प्रकाशित

सन् १८३५ मा आजकै दिन ‘चन्द्रमामा सभ्यता’ शीर्षकको शृंखला प्रकाशन शुरु भएको थियो। न्युयोर्कको अखबार ‘द सन’ले आजकै दिनदेखि उक्त शृंखला प्रकाशन थालेको थियो। उक्त शृंखलाअन्तर्गत चन्द्रमामा सभ्यताको आविष्‍कारसम्बन्धी लेख, रचना निरन्तर प्रकाशित गरिएको थियो।

– सन् २००६- विश्‍वकै अग्लो रुखको खोजी

सन् २००६ मा आजकै दिन विश्‍वकै ज्ञात जीवित रुख फेला परेको घोषणा गरिएको थियो। अमेरिकाको क्यालिफोर्नियामा ‘हाइपिरियन’ नाम दिइएको रुख फेला परेको थियो, जसको उचाइ ११५.९२ मिटर छ। उक्त रुख रेड उड प्रजातिको हो। प्रकृतिवादी क्रिस एटकिन्स र माइकल टेलरले त्यसको खोजी गरेका थिए।

– सन् २०१२- इन्टरस्टेलर स्पेसमा प्रवेश गर्ने पहिलो अन्तरिक्ष यान

सन् २०१२ मा आजकै दिन ‘भोएजर-१’ले इन्टरस्टेलर स्पेस (बाह्य अन्तरिक्ष)मा प्रवेश गर्ने धर्तिको पहिलो अन्तरिक्ष यानको रेकर्ड राखेको थियो। उक्त यान ५ सेप्‍टेम्बर १९७७ मा प्रक्षेपण गरिएको थियो। त्यसको ३५ वर्षपछि हिलियोस्फियर नाघेर उक्त यान बाहिर निस्किएको थियो। हिलियोस्फियर भनेको हाम्रो सूर्यबाट प्रभावित क्षेत्र हो। ‘भोएजर-१’ले फेब्रुअरी १९९० मा हाम्रो सौर्य मण्डलको पहिलो बिहंगम तस्बिर खिची धर्तिमा पठाएको थियो। यो अन्तरिक्षमा धर्तिबाट पठाएर सबैभन्दा टाढा पुगेको यान हो।

– सन् २०१८- अफगानिस्तानमा मारिए आईएसका आतंकवादी नेता

सन् २०१८ मा आजकै दिन अफगानिस्तानमा अन्तर्राष्‍ट्रीय आतंकवादी सञ्‍जाल इस्लामिक स्टेट (आईएस)का नेता अबु साद मारिएका थिए। नानगरहार प्रान्तमा भएको हवाई सैन्य कारवाहीमा सादसहित १० जना आतंकवादी मारिएका थिए।

– सन् २०२४- सुडानको त्यो विनाशकारी बाढी

सन् २०२४ मा आजकै दिन अफ्रिकी मुलुक सुडानमा मुसलधारे वर्षापछि विनाशकारी बाढी आएको थियो। बाढीले बगाएका ३० जनाको मात्र शव फेला पर्‍यो, अन्य सयौंको शव कहिल्यै फेला परेन। खासगरी, सुडानको उत्तर-पश्‍चिमी रेड सी राज्यस्थित अर्बाट बाँध भत्किएपछि सबैभन्दा बढी विनाश भएको थियो।

– सन् २०२५- सरकार-विपक्षी भिडन्तमा भत्कियो म्यानमारको पुल

सन् २०२५ मा आजकै दिन सरकारी सेना र सैन्य शासनविरोधी समूहबीच भएको भिडन्तमा म्यानमारको ऐतिहासिक पुल भत्किएको थियो। दुई पक्षबीचको गोली हानाहान र विष्फोटक पदार्थ फालाफालका क्रममा उक्त पुल भत्किएको थियो। पुल भत्किनुमा दुवै पक्षले एकअर्कालाई दोष दिएका थिए।

– सन् २०२५- एरिजोनामा ‘जिरो भिजिबिलिटी’

सन् २०२५ मा आजकै दिन अमेरिकाको एरिजोना राज्यस्थित फोनिक्समा हबुब नाम दिइएको आँधीले मरुभूमिको धुलो फैलाउँदा शून्य भिजिबिलिटीको समस्या निम्त्याएको थियो। त्यसका कारण अन्य नोक्सानीभन्दा पनि लामो समय बिजुली कटौती गर्नुपरेको थियो।

– सन् २०२५- इन्डोनेसियामा हजारौंको प्रदर्शन

सन् २०२५ मा आजकै दिन इन्डोनेसियाको जाकार्तामा सांसदहरूलाई हाउजिङ भत्ता उपलब्ध गराउने सरकारी निर्णयविरुद्ध हजारौं मानिस सडकमा आएर प्रदर्शन गरेका थिए। उनीहरू संसद भवनको गेट बाहिर विशाल प्रदर्शन गरेका थिए।

मङ्गलबार, भदौ ०९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एक वर्षमा मधेस प्रदेशबाट वैदेशिक रोजगारीमा गएका १४४ युवकको मृत्यु
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
देशभरबाट ८ हजार ६९४ पिन्ट रक्त संकलन
राज्य र धर्मबीचका विश्‍वव्यापी अभ्यासहरू
तिब्बत बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह
कृषि कर्जासँगै किसानलाई वित्तीय र कृषि ज्ञान दिनुपर्नेमा जोड

भर्खरै

  • १.
    एक वर्षमा मधेस प्रदेशबाट वैदेशिक रोजगारीमा गएका १४४ युवकको मृत्यु

  • २.
    ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

  • ३.
    देशभरबाट ८ हजार ६९४ पिन्ट रक्त संकलन

  • ४.
    राज्य र धर्मबीचका विश्‍वव्यापी अभ्यासहरू

  • ५.
    तिब्बत बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

  • ६.
    कृषि कर्जासँगै किसानलाई वित्तीय र कृषि ज्ञान दिनुपर्नेमा जोड

  • ७.
    जलविद्युत् आयोजनाको सहयोगमा घुमाउनेताल–मौवाफाँट सडक कालोपत्र

  • ८.
    प्रतिनिधिसभामा प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिनुहुने

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.