• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. मन्त्रिपरिषद् बैठक बस्दै

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !


    Avatar photo
बिहिबार, भदौ २५, २०८३ मा प्रकाशित

काठमाडौं- आज १० सेप्‍टेम्बर। विभिन्‍न विश्‍व घटनाले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, तीमध्ये केही प्रमुख घटनाको सारसंक्षेप।

Advertisement

– सन् १८४६- पहिलो सिलाइ मेसिन

१८० वर्षअघि अमेरिकामा पहिलो सिलाइ मेसिनलाई प्याटेन्ट प्रदान गरिएको थियो। म्यासेचुसेट्सको स्पेन्सर बस्‍ने एलियास होवेलाई उक्त प्याटेन्ट प्रदान गरिएको थियो। लकस्टिच डिजाइनवाल मेसिन थियो त्यो। तथापि, उनले अमेरिकामा आफ्नो मेसिनको मार्केटिङमा खासै सफलता पाउन सकेनन्। उनको मेसिनसँग मिल्दोजुल्दो डिजाइनका सिलाइ मेसिन भने अमेरिकी महिलाहरूबीच लोकप्रिय रहे। उनको मेसिनको नक्कल गर्दै सिंगर सिलाइ मेसिनका संस्थापक इज्याक सिंगरले उत्पादन गरेका थिए। त्यसविरुद्ध होवे अदालत गए। र, सिंगरविरुद्धको मुद्दा जिते।

– सन् १९६०- ओपेक स्थापना गरेको बगदाद कन्फरेन्स

इराकको राजधानी बगदादमा सम्पन्‍न पाँचदिने सम्मेलनले तेल उत्पादक देशहरूको एक अन्तर सरकारी संगठन ओपेकको स्थापना गरेको थियो। यो सम्मेलनमा इराक, इरान, कुवेत, साउदी अरेबिया र भेनेजुएला सहभागी थिए। तिनै मुलुक ओपेकका सदस्य पनि बनेका थिए। अहिले ओपेकका १३ सदस्य मुलुक छन्। सदस्य मुलुकहरूमा तेल र ग्यास नीतिबीच समन्वय, एकीकरण र पेट्रोलियम उद्योगमा उत्पादन, बिक्री र लगानीको एक कुशल र निष्‍पक्ष प्रणाली बसाउन ओपेकले भूमिका वहन गर्दै आएको छ।

– सन् १९७७- फ्रान्समा मृत्युदण्ड दिइएका अन्तिम व्यक्ति

फ्रान्समा आजकै दिन अन्तिम व्यक्तिलाई मृत्युदण्ड दिइएको थियो। त्यसयता फ्रान्समा मृत्युदण्ड दिन प्रतिबन्ध लगाइएको छ। त्यसरी अन्तिमपटक मृत्युदण्ड पाउनेमा हामिदा जानडोबी नामक व्यक्ति थिए। २१ वर्षकी एलिजाबेथ बोस्केटको हत्या कसूरमा उनलाई मृत्युदण्ड दिइएको थियो।

– सन् २००८- लार्ज हेड्रोन कोलाइडर लाइभ

विश्‍वको सबैभन्दा ठूलो कण कोलाइडर अर्थात् लार्ज हेड्रोन कोलाइडर (एलएचसी) आजकै दिन प्रदर्शन गरिएको थियो। उक्त कण युरोपियन परमाणु अनुसन्धान संगठन (सीआरएन)ले निर्माण गरेको थियो। यो २७ किलोमिटर लामो एक्सपेरिमेन्टर मेसिन हो, जो फ्रेन्च-स्विस सीमा हुँदै गुज्रिन्छ। कोलाइडरको निर्माण प्राथमिक कण हिग्स बोसन कणलाई खोज्‍न गरिएको थियो।

– सन् २०२३- २ बाँध भत्किँदा मारिए ४ हजार

सन् २०२३ मा आजकै दिन अफ्रिकी मुलुक लिबियामा दुईवटा बाँध भत्किँदा ४ हजार जनाको ज्यान गएको थियो। घटनामा बेपत्ता ८ हजार जना कहिल्यै भेटिएनन्। डेनियल नाम दिइएको समुद्री तुफानका कारण भएको भिषण वर्षाका कारण ती बाँध भत्किएका थिए। बाँध भत्किएका कारण आएको बाढीमा डेर्ना नामक शहर तहसनहस भएको थियो। मारिने र बेपत्ता अधिकांश सोही शहरका थिए।

– सन् २०२५- पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

सन् २०२५ मा रुसले आजकै दिन पोल्यान्डको आकाशमा दर्जनौं लडाकु ड्रोनहरू उडाएर आतंक सिर्जना गरेको थियो। त्यसका कारण धेरै नेटोका लडाकु जहाजहरूलाई हतारमा अन्यत्र सार्नुपरेको थियो। कारण- ती ड्रोनहरूले नेटोका लडाकु जहाजहरूमा मात्र क्षति गर्ने थिएनन्, कतिपय गोप्य सूचनाहरू पनि प्राप्त गर्ने थिए।

बिहिबार, भदौ २५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन
अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ३.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ५.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ६.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ७.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ८.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.