• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, असोज ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सेतीवेणी बजारका २६ घर डुबानमा, प्रभावितलाई विद्यालयमा राखियो

वर्षाको प्रभावः गोकर्णेश्वरमा श्राद्ध गराउने घटे

पहिरोले तनहुँका १८ घरमा क्षति

मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

पाल्पा पहिरोः पाँच जनाको मृत्यु

गिवाङको पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार

नारायणीको जलसतह हालसम्मकै उच्च

महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक बन्द

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- अवसर प्राप्ति, मीन- केही प्रतिस्पर्धा

  • २. राशिफल : वृष- सामाजिक नेतृत्व, सिंह- टाढाको यात्रा

  • ३. राशिफल : कन्या- शत्रुबाट छुटकारा, मकर- परिश्रमको प्रतिफल

  • ४. राशिफल : मेष- धनलाभ, मकर- अप्रत्याशित लाभ

  • ५. झटारो : राजदूत बन्‍ने भएपछि किन रुँदैछन् रामदुलारे ?

  • ६. राशिफल : वृश्‍चिक- लाभदायक समय, तुला- प्रतिस्पर्धा

  • ७. राशिफल : कन्या- सुखानुभूति, वृश्‍चिक- लक्ष्‍य प्राप्ति

  • ८. डुकुछापको खोरमा दोस्रो चितुवा

  • ९. विश्‍व घटना : सबै मानिस ८० हजार वर्षअघि हिँडेका थिए अफ्रिकाबाट !

  • १०. विश्‍व घटना : मेक्सिकोमा २३ हजार वर्ष पुराना मानव पदचिह्न

आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छः परराष्ट्रमन्त्री खनाल


    Avatar photo
शनिबार, असोज १०, २०८३ मा प्रकाशित

काठमाडौँ-  परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपत्कालको रोकथाम, तयारी र प्रतिकार्यका लागि बहुपक्षीयता, समानता र ऐक्यबद्धतालाई विश्वव्यापी प्रयासको केन्द्रमा राख्नुपर्ने बताउनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाअन्तर्गत भएको ‘प्यान्डेमिक प्रिभेन्सन, प्रिपेयर्डनेस एन्ड रेस्पोन्स’ (महामारी रोकथाम, पूर्वतयारी तथा प्रतिकार्य) विषयमा आज भएको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उहाँले सङ्कट आएपछि मात्र प्रतिक्रिया दिने शैलीलाई परिवर्तन गर्दै पहिले रोकथामको संस्कृतितर्फ अघि बढाउनुपर्ने धारणा राख्नुभएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्री खनालले कोभिड-१९ महामारीको समयमा कुनै एक स्थानमा उत्पन्न हुने जनस्वास्थ्य आपत्काल विश्वव्यापी सङ्कटमा परिणत भएको तथ्य उजागर गरेको बताउनुभयो । मन्त्री खनालले उक्त महामारीले स्वास्थ्य सेवासँगै खोप, औषधि, प्रविधि र वित्तीय स्रोतमा रहेको गहिरो असमानता पनि उजागर गरेको बताउनुभयो ।

“महामारी स्वास्थ्य सङ्कट मात्र थिएन, यसले दशकौँमा हासिल भएका विकासका उपलब्धिहरूलाई समेत चुनौती दिएको थियोे”, परराष्ट्रमन्त्री खनालले भन्नुभयो । नेपालले विश्वव्यापी महामारीको तयारीलाई थप सुदृढ बनाउन विश्व स्वास्थ्य सङ्गठन महामारी सम्झौता (डब्ल्युएचओ प्यान्डेमिक एग्रिमेन्ट) तथा संशोधित अन्तरराष्ट्रिय स्वास्थ्य नियमावलीलाई महत्त्वपूर्ण कदमका रूपमा स्वागत गरेको उहाँले बताउनुभयो ।

विश्वव्यापी महामारी रोकथाम तथा तयारीका लागि नेपालले पाँच प्राथमिकता अघि सारेको मन्त्री खनालले उल्लेख गर्नुभयो । विश्वव्यापी स्वास्थ्य सुरक्षाको आधार समानता हुनुपर्ने, महामारी तयारीका लागि दिगो वित्तीय स्रोत सुनिश्चित गर्नुपर्ने, विश्व स्वास्थ्य सङ्गठनलाई केन्द्रमा राख्दै बहुपक्षीय सहकार्य र विकासशील मुलुकको अर्थपूर्ण प्रतिनिधित्व सुदृढ गर्नुपर्ने, ‘सम्पूर्ण सरकार, सम्पूर्ण समाज र एक स्वास्थ्य (वान हेल्थ)’ अवधारणामार्फत समुदायलाई तयारीको केन्द्रमा राख्नुपर्ने र युवालाई साझेदार, नवप्रवर्तक तथा भावी नेतृत्वका रूपमा समेट्दै महामारी तयारीलाई अन्तरपुस्तीय बनाउनुपर्नेमा उहाँले जोड दिनुभएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।

परराष्ट्रमन्त्री खनालले विश्व समुदायले सङ्कट आएपछि मात्र प्रतिक्रिया जनाउने अभ्यासबाट रोकथामको संस्कृतितर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । “सङ्कट आएपछि प्रतिक्रिया दिने हाम्रो शैलीलाई पहिले नै रोकथामको संस्कृतितर्फ अघि बढ्नुपर्छ”, उहाँले भन्नुभयो । उहाँले उत्थानशील स्वास्थ्य प्रणाली, दक्ष स्वास्थ्यकर्मी, रोग निगरानी, प्रारम्भिक चेतावनी प्रणाली, अनुसन्धान तथा समुदायस्तरीय तयारीमा लगानी बढाउन आह्वान गर्दै कुनै पनि देश र कुनै पनि पुस्ता पछाडि नपर्ने गरी सुरक्षित, समतामूलक र उत्थानशील विश्व निर्माणका लागि सहकार्य गर्न आग्रह गर्नुभयो ।

शनिबार, असोज १०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सेतीवेणी बजारका २६ घर डुबानमा, प्रभावितलाई विद्यालयमा राखियो
वर्षाको प्रभावः गोकर्णेश्वरमा श्राद्ध गराउने घटे
पहिरोले तनहुँका १८ घरमा क्षति
मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का
पाल्पा पहिरोः पाँच जनाको मृत्यु
गिवाङको पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार

भर्खरै

  • १.
    सेतीवेणी बजारका २६ घर डुबानमा, प्रभावितलाई विद्यालयमा राखियो

  • २.
    वर्षाको प्रभावः गोकर्णेश्वरमा श्राद्ध गराउने घटे

  • ३.
    पहिरोले तनहुँका १८ घरमा क्षति

  • ४.
    मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

  • ५.
    पाल्पा पहिरोः पाँच जनाको मृत्यु

  • ६.
    गिवाङको पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार

  • ७.
    नारायणीको जलसतह हालसम्मकै उच्च

  • ८.
    महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.