• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, असोज ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सेतीवेणी बजारका २६ घर डुबानमा, प्रभावितलाई विद्यालयमा राखियो

वर्षाको प्रभावः गोकर्णेश्वरमा श्राद्ध गराउने घटे

पहिरोले तनहुँका १८ घरमा क्षति

मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

पाल्पा पहिरोः पाँच जनाको मृत्यु

गिवाङको पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार

नारायणीको जलसतह हालसम्मकै उच्च

महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक बन्द

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- अवसर प्राप्ति, मीन- केही प्रतिस्पर्धा

  • २. राशिफल : वृष- सामाजिक नेतृत्व, सिंह- टाढाको यात्रा

  • ३. राशिफल : कन्या- शत्रुबाट छुटकारा, मकर- परिश्रमको प्रतिफल

  • ४. राशिफल : मेष- धनलाभ, मकर- अप्रत्याशित लाभ

  • ५. झटारो : राजदूत बन्‍ने भएपछि किन रुँदैछन् रामदुलारे ?

  • ६. राशिफल : वृश्‍चिक- लाभदायक समय, तुला- प्रतिस्पर्धा

  • ७. राशिफल : कन्या- सुखानुभूति, वृश्‍चिक- लक्ष्‍य प्राप्ति

  • ८. विश्‍व घटना : सबै मानिस ८० हजार वर्षअघि हिँडेका थिए अफ्रिकाबाट !

  • ९. डुकुछापको खोरमा दोस्रो चितुवा

  • १०. विश्‍व घटना : मेक्सिकोमा २३ हजार वर्ष पुराना मानव पदचिह्न

गिवाङको पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार


    Avatar photo
आइतबार, असोज ११, २०८३ मा प्रकाशित

म्याग्दी- निरन्तरको वर्षासँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ गिवाङमा आज आएको पहिरोमा पुरिएका दुई जनाको शव भेटिएको छ । अन्नपूूर्ण गाउँपालिका-३ दानाको फगाममा पहिरोमा फसेका दुई जनाको भने जिवितै उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

गिवाङकी ७५ वर्षीया सिउकुमारी गर्बुजा र ५६ वर्षीया दोमाया गर्बुजाको शव पहिरोमा भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले पुष्टि गर्नुभयो । आजै बेनी नगरपालिका-३ भकिम्लीको छेपारेमा पहिरोमा पुरिएर अन्दाजी ३५ वर्षीयाा कुमारी वली विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिनुभयो ।

नेपाली सेनाको हेलिकप्टरमा गएका सुरक्षाकर्मीको टोलीले फगामको पहिरोमा फसेका दुई जनालाई सकुशल उद्धार गरेर बेनी ल्याउन लागेको सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो । आज पहिरोमा परी म्याग्दीका तीन जनाको मृत्यु भएको छ ।

मालिका गाउँपालिका-३ औँलामा पहिरोमा पुरिएकाको उद्धार भएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले जानकारी दिनुभयो । यसैबीच सडक र पैदलमार्ग अवरुद्ध भएकाले अन्नपूूर्णका पहिरो प्रभावित ठाउँमा नेपाली सेनाको हेलिकप्टरबाट राहत सामग्रीसहित सुरक्षाकर्मी टोली पठाउन लागिएको उहाँले बताउनुभयो ।

अन्नपूूर्ण गाउँपालिका-३ दानाको ज्ञानप्रकाश माविका शिक्षक बाबुुराम पौडेलका अनुसार फगाममा गङ्गाबहादुर पाइजाको घर पहिरोले पुरिएको छ । बिहीबारदेखिको निरन्तरको झरीका कारण म्याग्दीमा सडक र विद्युत् सेवा अवरुद्ध भएको छ । सञ्चार सेवा पनि प्रभावित हुँदा विपद् व्यवस्थापनमा कठिनाइ भएको छ ।

 

आइतबार, असोज ११, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सेतीवेणी बजारका २६ घर डुबानमा, प्रभावितलाई विद्यालयमा राखियो
वर्षाको प्रभावः गोकर्णेश्वरमा श्राद्ध गराउने घटे
पहिरोले तनहुँका १८ घरमा क्षति
मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का
पाल्पा पहिरोः पाँच जनाको मृत्यु
नारायणीको जलसतह हालसम्मकै उच्च

भर्खरै

  • १.
    सेतीवेणी बजारका २६ घर डुबानमा, प्रभावितलाई विद्यालयमा राखियो

  • २.
    वर्षाको प्रभावः गोकर्णेश्वरमा श्राद्ध गराउने घटे

  • ३.
    पहिरोले तनहुँका १८ घरमा क्षति

  • ४.
    मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

  • ५.
    पाल्पा पहिरोः पाँच जनाको मृत्यु

  • ६.
    गिवाङको पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार

  • ७.
    नारायणीको जलसतह हालसम्मकै उच्च

  • ८.
    महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.