• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, असोज १२, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

साढे तीन महिनापछि सुकेटारमा हवाई उडान

बाढीपहिरोले गुल्मीका ग्रामीण सडक अवरुद्ध

दार्चुलाकोे किसानको गुनासो,‘लटरम्म स्याउ फले, बिक्री हुँदैन ’

३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै ऐतिहासिक कोटगढी

थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- अवसर प्राप्ति, मीन- केही प्रतिस्पर्धा

  • २. राशिफल : वृष- सामाजिक नेतृत्व, सिंह- टाढाको यात्रा

  • ३. राशिफल : कन्या- शत्रुबाट छुटकारा, मकर- परिश्रमको प्रतिफल

  • ४. झटारो : राजदूत बन्‍ने भएपछि किन रुँदैछन् रामदुलारे ?

  • ५. राशिफल : सिंह- पदोन्‍नति, कुम्भ- लाभै लाभ

  • ६. राशिफल : वृश्‍चिक- लाभदायक समय, तुला- प्रतिस्पर्धा

  • ७. राशिफल : कन्या- सुखानुभूति, वृश्‍चिक- लक्ष्‍य प्राप्ति

  • ८. डुकुछापको खोरमा दोस्रो चितुवा

  • ९. विश्‍व घटना : मेक्सिकोमा २३ हजार वर्ष पुराना मानव पदचिह्न

  • १०. बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने

कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक बन्द

    Avatar photo
आइतबार, असोज ११, २०८३ मा प्रकाशित

हेटौँडा- लगातारको वर्षाका कारण कुलेखानी जलाशयको पानीको सतह बढ्नेक्रम नरोकिएपछि देउराली-सिस्नेरी सडकखण्डमा आज अपराह्न ४ः०० बजेदेखि सवारी आवागमन बन्द गरिने भएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले आज अपराह्न ४ः०० बजेदेखि सोमबार बिहान ५ः०० बजेसम्म उक्त सडकखण्डमा दुवैतर्फ सवारी सञ्चालन रोक्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार जलाशयको सतह निरन्तर बढिरहेका अवस्थामा रातिको समयमा आकस्मिक परिस्थिति उत्पन्न भई बाँधबाट पानी निकास गर्नुपर्ने अवस्था आउनसक्ने भएकाले पूर्वसावधानीस्वरूप सवारी आवागमन बन्द गर्न लागिएको हो । “सवारी चलिरहेको अवस्थामा चेतावनीको साइरन बज्दा चालक तथा यात्रुमा त्रास सिर्जना हुनसक्ने र आकस्मिक रूपमा पानी निकास गर्नुपर्ने अवस्था आए सडकखण्डका केही स्थान जोखिममा पर्नसक्ने भएकाले समयमै आवागमन रोक्ने निर्णय गरिएको हो”, प्रमुख जिल्ला अधिकारी अधिकारीले भन्नुभयो ।

प्रशासनका अनुसार भैँसे हुँदै देउराली-सिस्नेरीतर्फ जाने तथा काठमाडौँको फर्पिङ हुँदै सिस्नेरी-देउराली-हेटौँडातर्फ आउने सवारीसमेत सो अवधिमा सञ्चालन गर्न पाइने छैन । अत्यावश्यक रूपमा काठमाडौँ-हेटौँडा यात्रा गर्नुपर्ने यात्रुलाई त्रिभुवन राजपथ प्रयोग गर्न आग्रह गरिएको छ । उक्त राजपथमा पनि जिल्ला प्रशासन कार्यालयले निर्धारण गरेको समयतालिकाअनुसार मात्रै सवारी सञ्चालन गर्नुपर्ने प्रशासनले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी अधिकारीले हाल कुलेखानी बाँधको ढोका खोलिएको नभई सम्भावित जोखिमलाई ध्यानमा राखेर पूर्वसावधानी अपनाइएको स्पष्ट पार्नुभयो । जलाशय र तल्लो तटीय क्षेत्रको अवस्थाको निरन्तर निगरानी भइरहेको प्रशासनले जनाएको छ ।

आइतबार, असोज ११, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु
दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु
साढे तीन महिनापछि सुकेटारमा हवाई उडान
बाढीपहिरोले गुल्मीका ग्रामीण सडक अवरुद्ध
दार्चुलाकोे किसानको गुनासो,‘लटरम्म स्याउ फले, बिक्री हुँदैन ’
३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

भर्खरै

  • १.
    दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

  • २.
    दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

  • ३.
    साढे तीन महिनापछि सुकेटारमा हवाई उडान

  • ४.
    बाढीपहिरोले गुल्मीका ग्रामीण सडक अवरुद्ध

  • ५.
    दार्चुलाकोे किसानको गुनासो,‘लटरम्म स्याउ फले, बिक्री हुँदैन ’

  • ६.
    ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

  • ७.
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

  • ८.
    पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै ऐतिहासिक कोटगढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.