• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, असोज १२, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

दार्चुलाकोे किसानको गुनासो,‘लटरम्म स्याउ फले, बिक्री हुँदैन ’

३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै ऐतिहासिक कोटगढी

थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो

सुनचाँदीको मूल्य ओरालो

बेँसीसहर–चामे सडक सञ्चालन गर्न १० दिन लाग्ने अनुमान

बाढीले बगाएको गैँडा सुस्तामा भेटियो

बिपी राजमार्ग खुलाउने प्रयास जारी

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- अवसर प्राप्ति, मीन- केही प्रतिस्पर्धा

  • २. राशिफल : वृष- सामाजिक नेतृत्व, सिंह- टाढाको यात्रा

  • ३. राशिफल : कन्या- शत्रुबाट छुटकारा, मकर- परिश्रमको प्रतिफल

  • ४. राशिफल : सिंह- पदोन्‍नति, कुम्भ- लाभै लाभ

  • ५. झटारो : राजदूत बन्‍ने भएपछि किन रुँदैछन् रामदुलारे ?

  • ६. राशिफल : वृश्‍चिक- लाभदायक समय, तुला- प्रतिस्पर्धा

  • ७. राशिफल : कन्या- सुखानुभूति, वृश्‍चिक- लक्ष्‍य प्राप्ति

  • ८. डुकुछापको खोरमा दोस्रो चितुवा

  • ९. विश्‍व घटना : मेक्सिकोमा २३ हजार वर्ष पुराना मानव पदचिह्न

  • १०. मोचामा साउदी हवाई आक्रमण, छ जनाको मृत्यु

थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो

    Avatar photo
सोमबार, असोज १२, २०८३ मा प्रकाशित

मनाङ- अविरल वर्षापछि स्थानीय घट्टेखोलामा आएको लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवा थुप्रिएर तातोपानी क्षेत्रमा थुनिएको मस्र्याङ्दी नदी पछिल्लो समय सामान्य रुपमा बग्न थालेको छ ।

नदी थुनिएर बनेको तालबाट आंशिक रुपमा पानी बग्न थालेको प्रहरीले जनाएको छ । नासोँ गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेका अनुसार चार दिनको अबिरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा विद्युत्, टेलिफोन र सडक सञ्जाल अवरुद्ध भएकका छन् ।

“विपदको समयमा हामी टेलिफोन, विद्युत् र सडक सञ्जालबाट नै विच्छेद भएका छौँ”, उहाँले भन्नुभयो, “स्थानीय सरकारले उपलब्ध सीमित स्रोतसाधन परिचालन गरी अधिकतम काम गरिरहेको छ । यति बेला प्रदेश र सङ्घ सरकारले हामीलाई अभिभावक भएको महसुस गराउन सक्नुपर्छ ।”

उहाँका अनुसार बाढी आउने क्रम घटेपछि नेपाली सेनाको ब्यारेक, सामुदायिक भवनलगायतका सार्वजनिक भवन र स्थलमा आश्रय लिएका स्थानीयबासी आज विहानै आआफ्नो घर तथा गाउँमा भएको क्षतिकाबारे जानकारी लिन थालेका छन् ।

प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले थुनिएको मस्र्याङ्दी नदीको पानीका बहाव क्रमश खुल्दै गएको बताउनुभयो । त्यस क्षेत्रमा सडक सम्पर्क विच्छेद रहेकाले स्काभेटर लगेर पानीको बहावलाई सुचारु गर्ने सन्दर्भमा छलफल भइरहेको उहाँले जानकारी दिनुभयो । बाढीले लमजुङ र मनाङको सीमा क्षेत्रमा रहेको ताल बजारमा क्षति पुर्याएको छ । प्रमुख जिल्ला अधिकारी खनालले भन्नुभयो, “मस्र्याङ्दीको नदी तटीय क्षेत्रका बासिन्दालाई अझै सचेत रहन हामी आग्रह गर्दछौँ ।”

निरन्तरको वर्षाका कारण ठाडो खोला र खट्टे खोलाको बाढीले त्यस क्षेत्रमा कटान गरी घर, पुल, सडकमा क्षति पुर्याएको छ । विसं २०७८ जेठ १४ र असार १ गते घट्टेखोला, ठाडो खोला र मस्र्याङ्दीको बाढीले पनि मनाङमा ठूलो भौतिक क्षति पुर्याएको थियो ।

सोमबार, असोज १२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दार्चुलाकोे किसानको गुनासो,‘लटरम्म स्याउ फले, बिक्री हुँदैन ’
३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान
बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै ऐतिहासिक कोटगढी
सुनचाँदीको मूल्य ओरालो
बेँसीसहर–चामे सडक सञ्चालन गर्न १० दिन लाग्ने अनुमान

भर्खरै

  • १.
    दार्चुलाकोे किसानको गुनासो,‘लटरम्म स्याउ फले, बिक्री हुँदैन ’

  • २.
    ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

  • ३.
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

  • ४.
    पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै ऐतिहासिक कोटगढी

  • ५.
    थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो

  • ६.
    सुनचाँदीको मूल्य ओरालो

  • ७.
    बेँसीसहर–चामे सडक सञ्चालन गर्न १० दिन लाग्ने अनुमान

  • ८.
    बाढीले बगाएको गैँडा सुस्तामा भेटियो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.