• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, असोज ०६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

मोचामा साउदी हवाई आक्रमण, छ जनाको मृत्यु

प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो

आर्थिक उन्नयनमा वनः १७ करोड २३ लाखको कारोबार

सुनचाँदीको मूल्य ओरालो

अतिक्रमणको चपेटामा सोती सिमसार

शेयर कारोबार पुनः सञ्चालन

बाँकेमा तीन हजार ११९ किशोरीलाई एचपिभी खोप

अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल

लोकप्रिय समाचार

  • १. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • २. राशिफल : तुला- दोहोरो लाभ, मीन- धन आर्जन

  • ३. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ४. राशिफल : कर्कट- अवसर प्राप्ति, मीन- केही प्रतिस्पर्धा

  • ५. झटारो : संसारकै निद हराम अर्थात् ट्रम्प बड्डा !

  • ६. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ७. राशिफल : कर्कट- व्यवसायमा लगानी, मीन- विपरीत लिंगीको सहयोग

  • ८. खुटिया खोलामा प्रहरी एक्सन : वातावरणीय अध्ययनबिनै नदीजन्य पदार्थ उठाउन पुगेका ट्र्याक्टर र नगर प्रहरी फर्काइए

  • ९. राशिफल : मेष- धनलाभ, मकर- अप्रत्याशित लाभ

  • १०. समाचार प्रकाशनपछि उपमहानगरपालिकाको सूचना : ‘वातावरणीय अध्ययनबिना नदीजन्य पदार्थ नउठाउनू’

राशिफल : कर्कट- अवसर प्राप्ति, मीन- केही प्रतिस्पर्धा


    Avatar photo
मङ्गलबार, असोज ०६, २०८३ मा प्रकाशित

मेष- लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। चिताएका काम विस्तारै भए पनि सम्पादन हुनेछन्। मिठो बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ। व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ। अवसरलाई पछ्याउन नसक्दा हातमा आएको मौका गुम्‍न सक्छ। पारिवारिक असमझदारी बढ्न सक्छ।

वृष- पढाइलेखाइमा सामान्य प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। सन्तान वा सहयोगीका माध्यमबाट काम बन्‍नेछ। लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन समस्या पर्ला। लक्ष्‍य प्राप्त गर्न सकिनेछ।

मिथुन- भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। व्यवसायमा आम्दानी बढ्ने देखिन्छ। श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ। ईर्ष्‍या गर्नेहरूले भने दुःख दिन सक्छन्। टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ। शुभचिन्तकहरूको सुझावले फाइदा दिलाउनेछ।

कर्कट- भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम शुरु गर्न सकिनेछ। आयआर्जन राम्रै हुनेछ। विभिन्‍न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ। सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ। अस्वस्थताले काममा ढिलासुस्ती हुनेछ भने अप्रिय समाचारले निराश तुल्याउन सक्छ।

सिंह- आफ्नो प्रतिभाको कदर हुनेछ। बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्‍न सकिनेछ। दिगो आम्दानी हुने काम शुरु गर्ने मौका छ। प्रतिष्‍ठित काम गरेर धेरैको स्याबासी प्राप्त गर्न सकिनेछ। धेरैलाई लाभ हुने कार्य गर्ने मौका छ। भूमि र कृषिबाट पनि फाइदा हुनेछ। सामाजिक कार्यले सम्मानित स्थान दिलाउनेछ।

कन्या- अरूको भर पर्दा धोका हुन सक्छ। परिस्थितिअनुसार चल्न नसक्दा दुःख पाइनेछ। मान्यजनसँग असमझदारी बढ्न सक्छ। पहिलेको उपलब्धिले अध्ययनमा उत्साह जगाउनेछ। सहयोगीहरूले फाइदा दिलाउनेछन्। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुनेछ।

तुला- हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ। अरूको सुझावमा भर नपर्नु होला। कसैसँग सामान्य मनमुटाव हुन सक्छ। केही अवसर जुटे पनि परिस्थिति अलि संघर्षमय रहला। अप्ठ्यारा कामको बोझ थपिन सक्छ। नयाँ ज्ञान प्राप्त हुने योग छ। पढाइमा प्रगति हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुनेछ।

वृश्‍चिक- महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै वेश होला। मानसम्मान पनि पाइनेछ। आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ। धैर्यसाथ जुट्नु होला, लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ। पढाइलेखाइमा समय दिन नसकिएला। नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिनेछ।

धनु- कामबाट फुर्सदिलो भइनेछ भने अतिथिका रूपमा सत्कारसमेत पाइने सम्भावना छ। प्रयत्‍न गर्दा घरेलु काममा फाइदा पुग्‍ने समय छ। रोकिएका काममा दोहोर्‍याएर प्रयत्‍न गर्नु होला। दाम्पत्य सम्बन्धमा  केही असमझदारी बढ्न सक्छ। कृषि र पशुपालनमा खर्च बढ्नेछ।

मकर- व्यापार-व्यवसायमा लाभ हुनेछ। व्यवसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्नेछ। मान र विद्या प्राप्त हुने समय छ। विशेष उपहार प्राप्त हुनुका साथै प्रशस्त धनलाभ हुनेछ। आर्जित धन तत्काल खर्च गर्नुपर्ला। पुरानो समस्याले केही झमेला आइलाग्‍न सक्छ। मनग्य लाभ मिल्नेछ।

कुम्भ- न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ। नयाँ काममा हात हाल्न केही समय पर्खनु होला। स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्‍न रहनेछ। नचिताएको ठाउँमा धननाश हुने दिन छ। उद्योग र व्यापारमा सामान्य फाइदा मिल्नेछ।

मीन- काममा सफलता पाउन केही प्रतिस्पर्धा गर्नुपर्ने समय छ। शत्रुहरूको चलखेल बढ्नाले चुनौती सामना गर्नुपर्ला। नयाँ काममा हात हाल्ने समय आएको छ। विशेष उपहारका साथ प्रेमको प्रस्ताव प्राप्त हुन सक्छ। अल्छी गर्ने बानीले समस्या निम्त्याए पनि मिहिनेतीहरूका लागि समय उत्साहजनक रहनेछ।

मङ्गलबार, असोज ०६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो
मोचामा साउदी हवाई आक्रमण, छ जनाको मृत्यु
प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो
आर्थिक उन्नयनमा वनः १७ करोड २३ लाखको कारोबार
सुनचाँदीको मूल्य ओरालो
अतिक्रमणको चपेटामा सोती सिमसार

भर्खरै

  • १.
    नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

  • २.
    मोचामा साउदी हवाई आक्रमण, छ जनाको मृत्यु

  • ३.
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो

  • ४.
    आर्थिक उन्नयनमा वनः १७ करोड २३ लाखको कारोबार

  • ५.
    सुनचाँदीको मूल्य ओरालो

  • ६.
    अतिक्रमणको चपेटामा सोती सिमसार

  • ७.
    शेयर कारोबार पुनः सञ्चालन

  • ८.
    बाँकेमा तीन हजार ११९ किशोरीलाई एचपिभी खोप

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.