मेष- आफन्त मिलनले सुख दिनेछ। पाहुनाको आगमनले मन हर्षित रहला। आयआर्जनमा राम्रो दिन छ। धन लाभको योग छ। नयाँ साथीसँग चिनजान हुनेछ। रमाइलो यात्राको पनि योग छ।
वृष- कामहरू पनि सजिलैसँग बन्ने छन्। टाढाको यात्रा हुने योग छ। व्यापारबाट सामान्य नाफा होला। नयाँ काम पाउने योग छ। धन मनग्य आर्जन होला।
मिथुन- शरीरमा रोगले सताउला। धनमाल हराउनाले मनमा पीडा थपिने छ। स्वास्थ्य बिग्रन सक्छ। अरूको भर पर्दा काममा धोका हुन सक्छ, टाढाको यात्रा आज नगर्नु होला।
कर्कट- काममा कठिनाइ सहनुपर्नेछ। आर्थिक लेनदेन पनि खासै राम्रो छैन। आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ। ठूलो सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्।
सिंह- काम बन्नाले सुखानुभूति हुनेछ। पठन-पाठनमा मन जानेछ। घरायसी काममै दिन जाने देखिन्छ। कमाइ सोचेअनुरूप नै हुनेछ। सन्तान पक्षबाट खुशीको समाचार सुन्न पाइएला।
कन्या- नयाँ कामका योजनाहरू बन्ने सम्भावना छ। काममा जोश र जाँगर बढ्ने देखिन्छ। आर्थिक लाभ पनि होला। आज कुनै नयाँ कामको थालनी गर्नु भए राम्रो हुनेछ।
तुला- पेशागत समस्या देखिन सक्छ। मुद्दा मामिलामा पर्न सकिएला। अनौठो समाचार पनि सुन्न पाइएला। वादविवादको सामना पनि गर्नुपर्ला।
वृश्चिक- सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ। दिदीबहिनी वा कुटुम्बका काममा सघाउनुपर्नेछ। मनमा द्विविधा पर्न सक्छ। सामाजिक काममा नाम रहने छ। व्यापार र जागिरमा दिन ठीकै छ।
धनु- नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ। खुशीको खबर पनि प्राप्त हुनेछ। वैवाहिक जीवन सुखी रहने छ। घरमा पाहुनाले सताउलान्।
मकर- अल्झेका कामहरू अरूको सहयोगमा बन्ने छन्। अप्रत्याशित लाभ हुनेछ। टाढाको यात्राको पनि योग छ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला।
कुम्भ- व्यर्थको खर्च हुनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनु होला। परिवारमा पनि समस्या आउनेछ।
मीन- रोकिएका काम बन्नाले आर्थिक पक्ष सबल बन्नेछ। मुद्दा-मामिलामा विजयी भइनेछ। अन्न र धन लाभ पनि होला। पढाइमा प्रगति होला। दिन खुशीसाथ बित्ने छ।