• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, असोज १२, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

दार्चुलाकोे किसानको गुनासो,‘लटरम्म स्याउ फले, बिक्री हुँदैन ’

३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै ऐतिहासिक कोटगढी

थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो

सुनचाँदीको मूल्य ओरालो

बेँसीसहर–चामे सडक सञ्चालन गर्न १० दिन लाग्ने अनुमान

बाढीले बगाएको गैँडा सुस्तामा भेटियो

बिपी राजमार्ग खुलाउने प्रयास जारी

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- अवसर प्राप्ति, मीन- केही प्रतिस्पर्धा

  • २. राशिफल : वृष- सामाजिक नेतृत्व, सिंह- टाढाको यात्रा

  • ३. राशिफल : कन्या- शत्रुबाट छुटकारा, मकर- परिश्रमको प्रतिफल

  • ४. राशिफल : सिंह- पदोन्‍नति, कुम्भ- लाभै लाभ

  • ५. झटारो : राजदूत बन्‍ने भएपछि किन रुँदैछन् रामदुलारे ?

  • ६. राशिफल : वृश्‍चिक- लाभदायक समय, तुला- प्रतिस्पर्धा

  • ७. राशिफल : कन्या- सुखानुभूति, वृश्‍चिक- लक्ष्‍य प्राप्ति

  • ८. डुकुछापको खोरमा दोस्रो चितुवा

  • ९. विश्‍व घटना : मेक्सिकोमा २३ हजार वर्ष पुराना मानव पदचिह्न

  • १०. चीनको ग्वाङ्दोङमा कपडा कारखानामा आगलागी, ८ जनाको मृत्यु

बेँसीसहर–चामे सडक सञ्चालन गर्न १० दिन लाग्ने अनुमान


    Avatar photo
सोमबार, असोज १२, २०८३ मा प्रकाशित

लमजुङ- पछिल्लो चार दिनको निरन्तरको वर्षापछिको बाढीपहिरोबाट बेँसीसहर–चामे सडकको विभिन्न ठाउँमा क्षति पुगेपछि पहिरो पन्छाइ भत्किएको सडकको मर्मत सुरु गरिए पनि पूर्णरुपमा सञ्चालनमा ल्याउन करिब एक साता लाग्ने अनुमान गरिएको छ ।

डुम्रे–बेँसीसहर–चामे सडक आयोजना कार्यालयका सूचना अधिकारी नवीन विष्टका अनुसार उक्त सडक मुख्य रुपमा तीन स्थानमा बढी क्षति पुगेको छ । त्यसबाहेक पनि विभिन्न स्थानमा साना–ठूला गरी दर्जनौँ पहिराले सडकमा क्षति पुगेको छ । कतिपय ठाउँमा सडक भासिएको छ भने केही स्थानमा नदीले सडक कटान गरेको छ ।

“अहिले धेरै ठाउँमा सडकमा क्षति पुगेको छ”, उहाँले भन्नुभयो, “पूर्ण रुपमा सञ्चालनमा ल्याउन कम्तीमा हप्ता दिन लाग्न सक्छ ।” उहाँका अनुसार मस्र्याङ्दी गाउँपालिका–४ रामबजार क्षेत्रमा करिब २५ देखि ३० मिटर सडक भासिएको छ । उक्त स्थानमा सडक खुलाउने तयारी भइरहेको छ । रामबजार आसपासका साना–साना अवरोध हटाएर सडक खुलाउने काम भइरहेको उहाँले बताउनुभयो । मनाङको नासों गाउँपालिका–३ खोत्रो क्षेत्रमा ठूला ढुङ्गासहित पहिरो गएको छ ।

ठूला ढुङ्गा हटाउन बम ब्लास्टिङ गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । कोत्रो क्षेत्रमा पनि मस्र्याङ्दी नदीले सडक कटान गरेको छ । दुई ठाउँमा रहेका काठे पुल बगाएको छ । सडक खुलाउन आयोजनाले दुई वटा डोजर प्रयोग गरिरहेको छ भने थप एउटा डोजर नुवाकोटबाट ल्याउने तयारी गरिएको छ । तीन वटै डोजर परिचालन गरेर सडक खुलाउने तयारी भइरहेको उहाँले बताउनुभयो । सडक खुलाउन जलविद्युत् आयोजनासँग समेत सहयोग माग गरिएको छ ।

केही स्थानमा सडकको क्षति व्यवस्थापनका लागि प्राविधिक अध्ययनसमेत आवश्यक पर्ने उहाँले बताउनुभयो । विसं २०७८ मा बाढीपहिरोका कारण बेँसीसहर–चामे सडक लामो समय अवरुद्ध भएको स्मरण गर्दै अहिले धेरै ठाउँमा एकैपटक क्षति भएकाले सडक पूर्ण रुपमा सञ्चालनमा ल्याउन समय लाग्ने उहाँले बताउनुभयो ।

करिब ६५ किलोमिटर लामो बेँसीसहर–चामे सडक मनाङलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने मुख्य स्थलमार्ग हो । सडकमा क्षति पुगेपछि मनाङवासीको आवतजावतसँगै खाद्यान्न, औषधि, निर्माण सामग्रीलगायत अत्यावश्यक वस्तुको ढुवानी प्रभावित भएको छ । मनाङमा अहिले खानेपानीको समस्या देखिन थालेको र अधिकांश खाद्यान्न तथा आवश्यक सामग्री बाहिरबाट ल्याउनुपर्ने भएकाले सडक लामो समय अवरुद्ध भए समस्या थपिन सक्ने उहाँले बताउनुभयो ।

सोमबार, असोज १२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दार्चुलाकोे किसानको गुनासो,‘लटरम्म स्याउ फले, बिक्री हुँदैन ’
३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान
बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै ऐतिहासिक कोटगढी
थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो
सुनचाँदीको मूल्य ओरालो

भर्खरै

  • १.
    दार्चुलाकोे किसानको गुनासो,‘लटरम्म स्याउ फले, बिक्री हुँदैन ’

  • २.
    ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

  • ३.
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

  • ४.
    पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै ऐतिहासिक कोटगढी

  • ५.
    थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो

  • ६.
    सुनचाँदीको मूल्य ओरालो

  • ७.
    बेँसीसहर–चामे सडक सञ्चालन गर्न १० दिन लाग्ने अनुमान

  • ८.
    बाढीले बगाएको गैँडा सुस्तामा भेटियो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.