• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, असोज १३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

पूर्वाञ्चल विश्वविद्यालय सभा : एक अर्ब ९९ करोड स्वीकृत, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता

थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु

मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु

चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना

सुनचाँदीको मूल्य घट्यो

यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन

दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग

प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- सामाजिक नेतृत्व, सिंह- टाढाको यात्रा

  • २. राशिफल : तुला- भाग्योदय, कन्या- विजय

  • ३. झटारो : राजदूत बन्‍ने भएपछि किन रुँदैछन् रामदुलारे ?

  • ४. राशिफल : कन्या- शत्रुबाट छुटकारा, मकर- परिश्रमको प्रतिफल

  • ५. राशिफल : सिंह- पदोन्‍नति, कुम्भ- लाभै लाभ

  • ६. राशिफल : वृश्‍चिक- लाभदायक समय, तुला- प्रतिस्पर्धा

  • ७. राशिफल : कन्या- सुखानुभूति, वृश्‍चिक- लक्ष्‍य प्राप्ति

  • ८. विश्‍व घटना : मेक्सिकोमा २३ हजार वर्ष पुराना मानव पदचिह्न

  • ९. डुकुछापको खोरमा दोस्रो चितुवा

  • १०. बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने

बाढीले बगाएको गैँडा सुस्तामा भेटियो


    Avatar photo
सोमबार, असोज १२, २०८३ मा प्रकाशित

चितवन- चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रबाट एउटा गैँडा नारायणी नदीमा बगेर सुस्ता पुगेको छ । अन्दाजी पाँच वर्षको गैँडा सुस्ता गाउँपालिका–४ मा आज बिहान देखिएको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले गैँडा बगेर सुस्ता पुगेको सूचना पाएको लगत्तै गैँडाको निगरानीको काम थालिएको बताउनुभयो । उहाँले भन्नुभयो, “गैँडाको रेकी भइरहेको छ । उद्धार गरेर हामी ल्याउने तयारीमा छौँ ।” गैँडालाई डार्ट गरेर बेहोस बनाइ डुङ्गामा वा भारतीय बाटो हुँदै ल्याउनुपर्ने हुन्छ । सुस्ता नवलपरासी (वर्दघाट–सुस्ता पश्चिम) मा पर्दछ । त्यहाँ पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने हुन्छ ।

नारायणी नदीमा शनिबार र आइतबार बाढी आउँदा नदी तटिय क्षेत्रबाट गैँडा बगाएको जनाइएको छ । नदीले बगाएर अन्य गैँडासहितका वन्यजन्तु भारत पुर्याएको हुन सक्ने अनुमान छ । यस अघि विसं २०७४ साउन २८ गते राप्ती र नारायणी नदीमा बाढी आउँदा धेरै गैँडा बगेर सुस्ता हुँदै भारतीय भूमि पुगेका थिए । तत्कालीन निकुञ्जका प्रमुख संरक्षण अधिकृत सह–सचिव डा रामचन्द्र कडेँलका अनुसार तत्कालीन समयमा भारतीय भूमिमा पुगेका १२ गैँडा उद्धार गरी ल्याइएको थियो ।

भारतको वाल्मीकि टाइगर रिजर्भका अधिकारीहरुसँगको पुरानो चिनजानका कारणले गैँडा ल्याउने काममा भारतका तर्फबाट सहजीकरण भएको उहाँले बताउनुभयो । यस वर्षको बाढी ठूलो भएकाले भारत सम्म गैंडा पुगेको हुन सक्ने आँकलन गरिएको छ ।

यस वर्ष शनिबार र आइतबारको बाढीमा राप्ती नदीको मेघौली, खैरहनी लगाएतका क्षेत्रमा बगेका गैँडा आँफै उत्रिएको निकुञ्जले जनाएको छ । एउटा मृगलाई भरतपुर महानगरपालिका–१७ शिसुवारबाट उद्धार गरिएको छ ।चितवन राष्ट्रिय निकुञ्जमा ६९४ गैँडा रहेको पछिल्लो गणनामा उल्लेख छ ।

सोमबार, असोज १२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पूर्वाञ्चल विश्वविद्यालय सभा : एक अर्ब ९९ करोड स्वीकृत, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता
थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु
मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु
चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना
सुनचाँदीको मूल्य घट्यो
यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन

भर्खरै

  • १.
    पूर्वाञ्चल विश्वविद्यालय सभा : एक अर्ब ९९ करोड स्वीकृत, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता

  • २.
    थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु

  • ३.
    मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु

  • ४.
    चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना

  • ५.
    सुनचाँदीको मूल्य घट्यो

  • ६.
    यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन

  • ७.
    दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

  • ८.
    भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.