मेष- मन नपरी-नपरी बाध्यताका काममा जुट्नुपर्ला। रोगले पनि सताउन सक्छ। धेरै बोल्ने बानीले दुःख पाइएला। धन नाश पनि होला। सन्तानबाट खोजेजस्तो सहयोग नपाउँदा पीडा होला।
वृष- प्रेम प्रसंग सुखद रहला। राम्रा ग्रहको प्रभावले मनमा जोश, जाँगर, उत्साह र उमंग देखापर्नेछ। आफूभन्दा ठूला व्यक्तिको सल्लाहअनुसार चल्नु होला। काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ।
मिथुन- प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने समय छ। प्रयासलाई जारी राख्नु होला। गरिराख्नु भएको कामबाट फाइदा हुने समय आएको देखिन्छ। धन कमाउने योग छ। काममा जोश-जाँगर आउनुका साथै आर्थिक र सामाजिक लाभ मिल्ने छ।
कर्कट- व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन्। टाढाको यात्राको योग छ। सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनुपर्ने समय छ। अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। विस्तारै कामहरू बन्न थाल्ने छन्।
सिंह- समयको गतिलाई पछ्याउन नसक्दा दुःख पाइएला। भौतिक साधन बिग्रनाले लक्ष्य प्राप्त गर्न नसकिएला। खर्च धेरै नै बढ्ने छ। कामकै पछि लागे पनि कुन काम गर्ने निर्णय गर्न सकिने छैन।
कन्या- विद्यामा समय दिन नसकिएला। ग्रहको सहयोगले आजको दिन प्रयास गरे काममा लाभ मिल्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। प्रयत्न गरेको काम पनि छोटै समयमा पूरा हुनेछ। सोचेअनुसार काम बन्न कठिन छ। नयाँ लुगा र मीठो खाजाको आनन्द पनि मिल्नेछ।
तुला- भाग्योदयको समय छ। अरूले गरेको कामको मूल्यांकन गर्नुपर्नेछ। आज धैर्यधारण गरी परिश्रम गर्ने दिन हो। प्रशंसकहरू पनि बढ्नेछन्। आर्थिक कार्य फलदायी हुनुका साथै पारिवारिक सुख मिल्ने छ।
वृश्चिक- कतैबाट आर्थिक लाभ हुने समय छ। अधुरा काम सम्पन्न हुने दिन छ। आर्थिक लाभ पनि होला। पैतृक सम्पत्तिबाट लाभ मिल्नुका साथै धार्मिक कार्यमा संलग्न हुने समय छ।
धनु- सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला। अरूको कम मात्र भर पर्नु होला। विवादमा परिने योग छ। शारीरिक र मानसिक आलस्य बढ्नेछ। झगडा पनि हुन सक्छ।
मकर- परिस्थितिसँग केही सम्झौता गर्नुपर्नेछ। जागिरका क्रममा समस्या आउन सक्छ। परिवारजनसँग असमझदारी बढ्नुका साथै मान्यजनको सुझाव अप्रिय लाग्न सक्छ। हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगति हुन दिने छैनन्।
कुम्भ- आतिथ्यपूर्ण सम्मान पाइएला। नवीन रोजगारीको सम्भावना छ। प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुनेछ। बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ। दाम्पत्य जीवन सुखद एवं समृद्ध बन्ने देखिन्छ। धार्मिक भ्रमण हुन सक्छ।
मीन- दिगो फाइदा हुने काम शुरु हुन सक्छ। नयाँ कामको अवसर आउनेछ। मनमा सद्विचार आउनाले उत्साहजनक समय रहनेछ। मान-सम्मान पनि पाइनेछ। पारिवारिक समस्याको समाधान हुने देखिन्छ। महत्त्वपूर्ण कार्यमा सफलता पाउन सकिनेछ।