• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, असोज १२, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

साढे तीन महिनापछि सुकेटारमा हवाई उडान

बाढीपहिरोले गुल्मीका ग्रामीण सडक अवरुद्ध

दार्चुलाकोे किसानको गुनासो,‘लटरम्म स्याउ फले, बिक्री हुँदैन ’

३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै ऐतिहासिक कोटगढी

थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो

सुनचाँदीको मूल्य ओरालो

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- अवसर प्राप्ति, मीन- केही प्रतिस्पर्धा

  • २. राशिफल : वृष- सामाजिक नेतृत्व, सिंह- टाढाको यात्रा

  • ३. राशिफल : कन्या- शत्रुबाट छुटकारा, मकर- परिश्रमको प्रतिफल

  • ४. झटारो : राजदूत बन्‍ने भएपछि किन रुँदैछन् रामदुलारे ?

  • ५. राशिफल : सिंह- पदोन्‍नति, कुम्भ- लाभै लाभ

  • ६. राशिफल : वृश्‍चिक- लाभदायक समय, तुला- प्रतिस्पर्धा

  • ७. राशिफल : कन्या- सुखानुभूति, वृश्‍चिक- लक्ष्‍य प्राप्ति

  • ८. डुकुछापको खोरमा दोस्रो चितुवा

  • ९. विश्‍व घटना : मेक्सिकोमा २३ हजार वर्ष पुराना मानव पदचिह्न

  • १०. बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने

बाढीपहिरोले गुल्मीका ग्रामीण सडक अवरुद्ध


    Avatar photo
सोमबार, असोज १२, २०८३ मा प्रकाशित

गुल्मी-  एक सातादेखिको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गुल्मीका मुख्य तथा ग्रामीण सडक अवरुद्ध भएका छन् ।

जिल्लाको तेस्रो मुख्य सडकको रुपमा रहेको कालीगण्डकी करिडोर सडकअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ राक्सेमा ठूलो पहिरो खसेपछि पाँच दिनदेखि यातायात सञ्चालन हुन सकेको छैन । उक्त करिडोरको गुल्मी खण्डका विभिन्न स्थानमा पहिरो गएको र सडक भासिएकोले यातायात सञ्चालनमा कठिनाइ भएको छ ।

अवरुद्ध सडक खुलाउनका लागिउक्त क्षेत्रमा स्काभेटर परिचालन गरिएको सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख भिमकिरण बोगटीले जानकारी दिनुभएको छ ।

त्यसैगरी रुद्रवेणी–वामीटक्सार सडकखण्ड गत चार दिनदेखि अवरुद्ध बनेको छ । उक्त सडकअन्तर्गत चन्द्रकोट गाउँपालिका–७ सिस्नेभीरमा पहिरो खसेपछि सडक पूर्ण रुपमा अवरुद्ध बनेको हो । वर्षा रोकिएपछि यातायात सञ्चालन गर्नका लागि स्थानीय गाउँपालिका र सडक निर्माण कम्पनीको सहयोगमा डोजर र एक्साभेटर प्रयोग गरी सडकमा थुप्रिएको पहिरो हटाउने काम भइरहेको छ ।

त्यसैगरी जिल्लाको इन्द्रेगौँडा‐रातडाँडा‐तम्घास सडक पनि पहिरोका कारण अवरुद्ध बनेको छ । उक्त सडकखण्ड अन्तर्गत मुसिकोट नगरपालिका‐३ स्थित ताउखोलामा सडक माथिबाट पहिरो खसेपछि आईतबारदेखि सडक पूर्णरुपमा अवरुद्ध बनेको हो । वर्षाका कारण जिल्लाका अधिकांस ग्रामिण सडकहरु अवरुद्ध हुँदा यातायात सेवा प्रवावित बनेका छन् ।

जिल्लाका मुख्य तथा ग्रामीण सडक अवरुद्ध हुँदा चाडपर्वका बेला सर्वसाधारणलाई आवतजावत, दैनिक प्रशासनिक काम तथा खाद्यान्नलगायत अत्यावश्यक सामग्री ढुवानीमा समस्या उत्पन्न भएको छ । स्थानीय पालिकाहरुले अवरुद्ध सडक खुलाउन सुरु गरिसकेका छन् । मङ्गलबारसम्ममा जिल्लाका अधिकांश अवरुद्ध सडक सञ्चालनमा आउने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले भारी वर्षा र बाढीपहिरोको उच्च जोखिमलाई ध्यानमा राख्दै शुक्रबारदेखि जिल्लाभर सञ्चालनमा रोक लागाइएको सवारी आवागमनसमेत आजदेखि खुला गरेको छ । बाढीपहिरोबाट जिल्लाभर २४१ घरधुरी जोखिममा परेको छन् भने करोडौँ रुपैयाँ बराबरको भौतिक क्षति भएको बताइएको छ ।

सोमबार, असोज १२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु
साढे तीन महिनापछि सुकेटारमा हवाई उडान
दार्चुलाकोे किसानको गुनासो,‘लटरम्म स्याउ फले, बिक्री हुँदैन ’
३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान
बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै ऐतिहासिक कोटगढी

भर्खरै

  • १.
    दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

  • २.
    साढे तीन महिनापछि सुकेटारमा हवाई उडान

  • ३.
    बाढीपहिरोले गुल्मीका ग्रामीण सडक अवरुद्ध

  • ४.
    दार्चुलाकोे किसानको गुनासो,‘लटरम्म स्याउ फले, बिक्री हुँदैन ’

  • ५.
    ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

  • ६.
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

  • ७.
    पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै ऐतिहासिक कोटगढी

  • ८.
    थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.