• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, असोज १३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु

चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना

सुनचाँदीको मूल्य घट्यो

यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन

दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग

प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो

मनाङ पुगेका पर्यटक फर्किन थाले

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- सामाजिक नेतृत्व, सिंह- टाढाको यात्रा

  • २. राशिफल : तुला- भाग्योदय, कन्या- विजय

  • ३. झटारो : राजदूत बन्‍ने भएपछि किन रुँदैछन् रामदुलारे ?

  • ४. राशिफल : कन्या- शत्रुबाट छुटकारा, मकर- परिश्रमको प्रतिफल

  • ५. राशिफल : सिंह- पदोन्‍नति, कुम्भ- लाभै लाभ

  • ६. राशिफल : वृश्‍चिक- लाभदायक समय, तुला- प्रतिस्पर्धा

  • ७. राशिफल : कन्या- सुखानुभूति, वृश्‍चिक- लक्ष्‍य प्राप्ति

  • ८. विश्‍व घटना : मेक्सिकोमा २३ हजार वर्ष पुराना मानव पदचिह्न

  • ९. डुकुछापको खोरमा दोस्रो चितुवा

  • १०. बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने

दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति


    Avatar photo
मङ्गलबार, असोज १३, २०८३ मा प्रकाशित

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको कालीगण्डकी करिडोरअन्तर्गतको दाना–खुर्कोट प्रसारण लाइनको टावरहरू बगाएको छ ।

प्रसारण लाइनको टावर र तार बाढीले बगाएपछि म्याग्दी र मुस्ताङका १७६ मेगावाट क्षमताका छवटा जलविद्युत् आयोजना बन्द भएका छन् । दाना–खुर्कोट प्रसारण लाइनबाट केन्द्रीय प्रणालीमा विद्युत् आपूर्ति गराउँदै आएका अन्नपूर्ण गाउँपालिका वडा नं ४ को भूगोलमा पर्ने नारच्याङमा पाँच मेगावाट क्षमताको घलेम्दीखोला, ४२ मेगावाट क्षमताको म्रिस्त्रीखोला, ३८ मेगावाट क्षमताको निलगिरी–१, ७१ मेगावाट क्षमताको निलगिरी–२ र छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना बन्द भएका छन् । मुस्ताङको टुकुचेमा रहेको १४ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजनाको विद्युत् पनि केन्द्रीय प्रणालीमा जोडिनसकेको छैन ।

अन्नपूर्ण गाउँपालिका–४ पोखरेबगरमा रहेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको विद्युतगृह पहिरोले पुरिएपछि गत साउन अन्तिम सातादेखि बन्द भएको छ । पछिल्लोपटक असोज ८ देखि ११ गतेको वर्षातपछि कालीगण्डकीमा आएको बाढीले अन्नपूर्ण गाउँपालिका–१ दोवाको भिरकाटेपारिका दुई र धिरच्याङको एउटा प्रसारण लाइनको टावर बगाएको अन्नपूर्ण गाउँपालिका–२ का वडाध्यक्ष ओम फगामीले बताउनुभयो ।

प्रसारण लाइनका साथै बाढीले कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडकको धेरै ठाउँमा कटान गरेर पैदलयात्रा गर्न पनि जटिल बनाएको छ । बेनीदेखि पैदलयात्रा गरेर सोमबार पोखरेबगर हुँदै शिख पुग्नुभएका सञ्चारकर्मी गणेश गुरुङ (सुरेन)ले बेनी–पोखरेबगर खण्डमा थुपै्र ठाउँमा सडक भासिएको, कटान गरेको, पहिरो थुप्रिएको, विद्युत्का तार र पोलहरूमा क्षति गरेको बताउनुभयो ।

बाढीपहिरोका कारण अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज र ६६ मेगावाटको मध्यकालीगण्डकी जलविद्युत् आयोजना पनि प्रभावित भएका छन् ।

नेपाल विद्युत प्राधिकरणको पोखरा ग्रिडका प्रमुख रोशन खड्काले अन्नपूर्ण गाउँपालिका–३ दानादेखि पोखरेबगरसम्मको क्षेत्रमा रहेका टावरमा विपद्बाट क्षति पुगेको र स्थलगत निरीक्षणका लागि प्राविधिक टोलीलाई स्थलमार्गबाट पठाएको जानकारी दिनुभयो । म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा विद्युत् आपूर्ति गराउने वैकल्पिक उपाय अपनाउने र प्रसारण लाइन पुनर्निर्माणको कामलाई पनि सँगसँगै अघि बढाउन प्राधिकरणसँग समन्वय गरिएको उहाँले बताउनुभयो ।

पुरानो ३३ केभी क्षमताको प्रसारण लाइनको संरचनामा बाढीपहिरोले क्षति पुर्याएको छ । दाना सबस्टेशनबाट मुस्ताङमा विद्युत आपूर्ति गराउन प्रयास गरे पनि टावरहरूमा देखिएको समस्या पहिचान गर्न सडक यातायात र सञ्चारको समस्याले नसकिएको उहाँले बताउनुभयो ।

बाढीपहिरोका कारण मुस्ताङको सडक यातायात सम्पर्क विच्छेद भएको छ । विद्युत् अभावमा मोबाइल र इन्टरनेट सेवा पनि बन्द हुँदा जनजीवन प्रभावित भएको छ । मुस्ताङसहित म्याग्दी र बागलुङका ग्रामीण क्षेत्रमा पनि विद्युत्, सडक र यातायात सेवा अवरुद्ध बनेको स्थानीय प्रशासनले जनाएका छन् ।

मङ्गलबार, असोज १३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु
चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना
सुनचाँदीको मूल्य घट्यो
यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन
भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग
प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

भर्खरै

  • १.
    मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु

  • २.
    चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना

  • ३.
    सुनचाँदीको मूल्य घट्यो

  • ४.
    यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन

  • ५.
    दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

  • ६.
    भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग

  • ७.
    प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

  • ८.
    बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.