• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, असोज ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सेतीवेणी बजारका २६ घर डुबानमा, प्रभावितलाई विद्यालयमा राखियो

वर्षाको प्रभावः गोकर्णेश्वरमा श्राद्ध गराउने घटे

पहिरोले तनहुँका १८ घरमा क्षति

मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

पाल्पा पहिरोः पाँच जनाको मृत्यु

गिवाङको पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार

नारायणीको जलसतह हालसम्मकै उच्च

महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक बन्द

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- अवसर प्राप्ति, मीन- केही प्रतिस्पर्धा

  • २. राशिफल : वृष- सामाजिक नेतृत्व, सिंह- टाढाको यात्रा

  • ३. राशिफल : कन्या- शत्रुबाट छुटकारा, मकर- परिश्रमको प्रतिफल

  • ४. राशिफल : मेष- धनलाभ, मकर- अप्रत्याशित लाभ

  • ५. झटारो : राजदूत बन्‍ने भएपछि किन रुँदैछन् रामदुलारे ?

  • ६. राशिफल : वृश्‍चिक- लाभदायक समय, तुला- प्रतिस्पर्धा

  • ७. राशिफल : कन्या- सुखानुभूति, वृश्‍चिक- लक्ष्‍य प्राप्ति

  • ८. विश्‍व घटना : सबै मानिस ८० हजार वर्षअघि हिँडेका थिए अफ्रिकाबाट !

  • ९. डुकुछापको खोरमा दोस्रो चितुवा

  • १०. लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित


    Avatar photo
आइतबार, असोज ११, २०८३ मा प्रकाशित

महेन्द्रनगर- लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकी भएर नेपाल–भारत आवागमन प्रभावित भएको छ ।

महाकाली नदीमा आज गरिएको मापनअनुसार नदीमा पानीको बहाव एक लाख ७५ हजार ७०० क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिनुभयो । महाकाली नदीमा पानीको बहाव बढ्दा शारदा ब्यारेज (बनवासा पुल) मा भारतीय पक्षले चार पाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । मोटरसाइकललगायत साना सवारीसाधन मात्रै सञ्चालन गर्न दिएको छ । करिब १०० वर्ष पुरानो बनवासा पुल भारतीय पक्षले महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि ठूला सवारीसाधन आवागमनमा रोक लगाउँदै आएको छ ।

सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुला, बैतडी र डडेल्धुराका साथै भारतीय क्षेत्रमा भइरहेको लगातारको वर्षाले महाकाली नदीमा पानीको बहाव बढेको हो । प्रवक्ता रावतका अनुसार निरन्तर वर्षासँगै महाकालीमा पानीको बहाव बढिरहेकाले सर्तकता अपनाउन तटीय क्षेत्रका नागरिकलाई अनुरोध गरिएको छ । अहिले पुलमा दुवैतर्फ ठूला सवारीसाधन सञ्चालन गर्न दिइएको छैन ।

त्यसैगरी भारी वर्षा भएर जनधनको क्षति हुन सक्ने आँकलनपछि विपद् पूर्वतयारी अनुरुप दुई दिनदेखि कञ्चनपुरको महेन्द्रनगर र बेलौरीबाट चल्ने लामो दुरीका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । महाकाली बहुउद्देश्यीय यातायात कम्पनी प्रालिका अध्यक्ष नवीन भट्टले शुक्रबारदेखिको वर्षाका कारण काठमाडौैँ, पोखरालगायत लामो दुरीका यात्रुवाहक बस सञ्चालन नभएको बताउनुभयो ।

“धनगढी÷महेन्द्रनगरलगायत छोटो दुरीका सवारीसाधन चले पनि लामो दुरीका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ”, अध्यक्ष भट्टले भन्नुभयो, “त्यसैगरी यहाँबाट सुदूरपश्चिमका पहाडी जिल्लामा सवारीसाधन पठाइएको छैन । पहाडमा लगातारको वर्षाले पहिरोको जोखिम छ ।”

 

आइतबार, असोज ११, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सेतीवेणी बजारका २६ घर डुबानमा, प्रभावितलाई विद्यालयमा राखियो
वर्षाको प्रभावः गोकर्णेश्वरमा श्राद्ध गराउने घटे
पहिरोले तनहुँका १८ घरमा क्षति
मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का
पाल्पा पहिरोः पाँच जनाको मृत्यु
गिवाङको पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार

भर्खरै

  • १.
    सेतीवेणी बजारका २६ घर डुबानमा, प्रभावितलाई विद्यालयमा राखियो

  • २.
    वर्षाको प्रभावः गोकर्णेश्वरमा श्राद्ध गराउने घटे

  • ३.
    पहिरोले तनहुँका १८ घरमा क्षति

  • ४.
    मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

  • ५.
    पाल्पा पहिरोः पाँच जनाको मृत्यु

  • ६.
    गिवाङको पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार

  • ७.
    नारायणीको जलसतह हालसम्मकै उच्च

  • ८.
    महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.