• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, असोज ११, २०८३
☰
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सेतीवेणी बजारका २६ घर डुबानमा, प्रभावितलाई विद्यालयमा राखियो

वर्षाको प्रभावः गोकर्णेश्वरमा श्राद्ध गराउने घटे

पहिरोले तनहुँका १८ घरमा क्षति

मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

पाल्पा पहिरोः पाँच जनाको मृत्यु

गिवाङको पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार

नारायणीको जलसतह हालसम्मकै उच्च

महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक बन्द

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- अवसर प्राप्ति, मीन- केही प्रतिस्पर्धा

  • २. राशिफल : वृष- सामाजिक नेतृत्व, सिंह- टाढाको यात्रा

  • ३. राशिफल : कन्या- शत्रुबाट छुटकारा, मकर- परिश्रमको प्रतिफल

  • ४. राशिफल : मेष- धनलाभ, मकर- अप्रत्याशित लाभ

  • ५. झटारो : राजदूत बन्‍ने भएपछि किन रुँदैछन् रामदुलारे ?

  • ६. राशिफल : वृश्‍चिक- लाभदायक समय, तुला- प्रतिस्पर्धा

  • ७. राशिफल : कन्या- सुखानुभूति, वृश्‍चिक- लक्ष्‍य प्राप्ति

  • ८. डुकुछापको खोरमा दोस्रो चितुवा

  • ९. विश्‍व घटना : सबै मानिस ८० हजार वर्षअघि हिँडेका थिए अफ्रिकाबाट !

  • १०. विश्‍व घटना : मेक्सिकोमा २३ हजार वर्ष पुराना मानव पदचिह्न

वर्षाको प्रभावः गोकर्णेश्वरमा श्राद्ध गराउने घटे


    Avatar photo
आइतबार, असोज ११, २०८३ मा प्रकाशित
काठमाडौँ- विगत चार दिनदेखिको निरन्तर वर्षाद्ले गोकर्णेश्वर उत्तरगया पितृतीर्थ क्षेत्रमा सोह्र श्राद्ध गर्न आउनेहरू प्रभावित भएका छन् । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध आजदेखि सुरु भएको हो ।
आज प्रतिपदा तिथि श्राद्ध गरिँदैछ । विगतका वर्षमा सोह्र श्राद्धको पहिलो दिन यस क्षेत्रमा सयौँ मानिसले श्राद्ध गर्ने स्थानका लागि तोकिएको शुल्क तिरेर रसिद काट्ने गरेकामा यस वर्ष ६६ जनाले मात्र रसिद काटेका गोकर्णेश्वर मन्दिर क्षेत्र प्रबन्ध समितिको अध्यक्ष जयराम महतले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार यहाँ श्राद्ध गर्नेलाई समितिले सरसफाइका लागि रु २०० शुल्क लिने गरेको छ ।
विगत चार दिनदेखिको निरन्तर वर्षाले श्राद्ध गर्न आउनेहरू प्रभावित भएका उहाँले बताउनुभयो । गोकर्णेश्वर मन्दिरभन्दा ५०० मिटरमाथिको दूरीमा रहेको कान्तिभैरव उत्तरगया क्षेत्रमा भने बिहानदेखि छ जनाले मात्र श्राद्ध गर्न रसिद काटेका कान्तिभैरव मन्दिर व्यवस्थापन समितिका कर्मचारी कोपिला थापाले जानकारी दिनुभयो । पानी नपरेका बेला भने यहाँ पनि दैनिक १०० जनाभन्दा धेरै मानिस श्राद्ध गर्नकै लागि आउने गरेका थिए ।
राजधानीमा डेरा लिएर बसेकाहरू गोकर्णेश्वर उत्तरगया पितृतीर्थ धाममा आएर श्राद्ध गर्दछन् । डेरामा श्राद्ध गर्नुहुँदैन भन्ने मान्यता राख्नेहरू र डेरामा ठाउँ अभाव हुनेहरूले यहाँ आएर श्राद्ध गर्दछन् । धर्मशास्त्रविद् तोयराज नेपालले भने डेरामा ठाउँ भएसम्म श्राद्ध गर्न शास्त्रीय वचनका आधारमा कुनै बाधा नपर्ने बताउनुभयो । भाडा तिरेर बसिसकेपछि रकम तिरुञ्जेल आफ्नै हुने भएकाले डेरामा श्राद्ध गर्न धर्मशास्त्रीय ग्रन्थले भने अनुसार कुनै बाधा नरहेको उहाँले सुनाउनुभयो ।
डेरामा ठाउँ अभाव भएर तीर्थमा गएर तिथिको श्राद्ध गर्नुपर्दा पहिले तीर्थ श्राद्ध गरेरमात्र तिथि वा सोह्र श्राद्धको तिथिको श्राद्ध गर्नुपर्ने शास्त्रीय नियम रहेको जानकारी पनि धर्मशास्त्रविद् नेपालले दिनुभयो । तीर्थ श्राद्ध र तिथिको वा सोह्र श्राद्ध एकै दिन गर्दा तीर्थ श्राद्ध आफ्ना पुरेतबाट नभई अलग्गैबाट गर्नुपर्ने पनि उहाँले बताउनुभयो । दुवै श्राद्ध एकै पुरेतबाट गराएर सिदा र दक्षिणा दान एकै जना ब्राह्मणलाई गराउन नहुने शास्त्रीय वचन रहेको छ ।

आइतबार, असोज ११, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सेतीवेणी बजारका २६ घर डुबानमा, प्रभावितलाई विद्यालयमा राखियो
पहिरोले तनहुँका १८ घरमा क्षति
मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का
पाल्पा पहिरोः पाँच जनाको मृत्यु
गिवाङको पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार
नारायणीको जलसतह हालसम्मकै उच्च

भर्खरै

  • १.
    सेतीवेणी बजारका २६ घर डुबानमा, प्रभावितलाई विद्यालयमा राखियो

  • २.
    वर्षाको प्रभावः गोकर्णेश्वरमा श्राद्ध गराउने घटे

  • ३.
    पहिरोले तनहुँका १८ घरमा क्षति

  • ४.
    मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

  • ५.
    पाल्पा पहिरोः पाँच जनाको मृत्यु

  • ६.
    गिवाङको पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार

  • ७.
    नारायणीको जलसतह हालसम्मकै उच्च

  • ८.
    महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.