• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

हमास युद्धमा बालबालिका प्रताडित, शक्तिशालीको रहस्यमय मौनता


    Avatar photo
सोमबार, कार्तिक २०, २०८० मा प्रकाशित

सञ्‍‍चार माध्यमले जनाएअनुसार जारी इजरायल र हमासको युद्धमा ३ हजार बालबालिकाले ज्यान गुमाएका छन्। बीबीसीका अनुसार हमास रहेको गाजा क्षेत्रमा त अझ स्थिति भयावह छ। गाजामा मात्र २ हजार ७०० बालबालिकाको मृत्यु भइसकेको छ। युद्ध तथा प्राकृतिक प्रकोपमा महिला, बालबालिका र अशक्तहरू सबैभन्दा बढी प्रभावित हुने अवस्था हुन्छ। इजरायलमा समेत बालबालिका र अशक्तहरूको अवस्था पक्कै पनि कहालीलाग्दो छ। यो आलेख तयार पार्दासम्म युद्धले करिब १ महिना अवधि पुर्‍याएको छ। यो युद्ध कति लामो हुने हो र अझै कति बालबालिका र अशक्तहरूको मृत्यु हुने हो भन्‍न सकिने अवस्था छैन।

Advertisement

युद्धमा ज्यान गएको अवस्थामा आफ्ना बालबालिकाको पहिचान गर्न सकियोस् भनेर आफ्ना बालबालिको हातगोडामा त्यहाँका आमाहरूले नाम लेख्दै गरेको तस्बिर कति कहालीलाग्दो होला। कल्पनासम्म मात्रै गर्न सकिन्छ।

युद्धको विभिषिका स्वभावैले कहालीलाग्दो नै हुन्छ। १० वर्ष चलेको सिरियाको युद्धमा ३ लाख ८० हजारले ज्यान गुमाएको तथ्यांक पाइन्छ। त्यहाँ १२ वर्षमुनिका बालबालिकाहरूलाई यातना दिइएको र बलात्कारजस्तो जघन्य अपराधको शिकार गराइएको विभिन्‍न अन्तर्राष्‍ट्रिय सञ्‍‍चार माध्यमहरूले जनाएका थिए। त्यस युद्धवाट भाग्‍न सफल भएकी ४५ वर्षीय गृहिणी (उनी पत्रकार पनि थिइन्) सफियाले ४ बालबालिकासहित शरण लिइरहेको समयमा खाद्यान्‍न र पानीको आपूर्ति नभएको र मध्यरातमा आफ्नो छोरा भोकले ब्युँतिएर खाना माग्दा आफूले केही दिन नसकेको र आफू मरेतुल्य भएको हृदयविदारक अभिव्यक्ति दिएकी छन्।

समय समयमा द्वन्द्व हुने भएका कारण द्वन्द्वबाट बालबालिकाको अवस्थामा नकारात्मक प्रभाव र बाल हिंसा नहोस् भनेर बाल अधिकार महासन्धि, १९८९ जारी भएको थियो। नेपालसमेत सन् १९९० मा यसको पक्ष राष्‍ट्र भएको छ भने १४ नोभेम्बर २००१ मा इजरायलसमेत यसको पक्ष राष्‍ट्र भएको छ।

बाल अधिकारसम्बन्धी महासन्धिको धारा-३८ (युद्ध वा सशस्त्र द्वन्द्वमा प्रयोगबाट बालबालिकाको संरक्षण)मा व्यवस्था भएको राज्यले १५ वर्षभन्दा मूनिका कुनै पनि बालबालिकालाई युद्धमा वा सशस्त्र द्वन्द्वमा प्रत्यक्ष भाग लिन दिनु हुँदैन र सशस्त्र सेनामा भर्ती गराउनु हुँदैन। यस्तै, युद्धबाट प्रभावित बालबालिकालाई संरक्षण एवं सुरक्षा र स्याहार गर्न राज्यले हरसम्भव प्रयत्‍न गर्नुपर्छ र सबै उपयुक्त उपाय अपनाउनुपर्छ।

यस्तै, धारा-३९ (पीडित बालबालिकाको पुनःस्थापना) मा राज्यले सशस्त्र संघर्ष, यातना, हेला, दुर्व्यवहार र शोषणका शिकार बनेका बालबालिकालाई आफ्नो पुनर्लाभ र सामाजिक पुनःस्थापनाका लागि उपयुक्त उपचार दिलाउने दायित्व वहन गर्नुपर्छ।


बाल अधिकार महासन्धिअनुसार बाल अधिकारमा मुख्य रूपमा ४ विषयवस्तुहरू उल्लेख गरिएको छ। बालबालिकाको बाँच्‍न पाउने अधिकारअन्तर्गत गर्भदेखि नै बालबालिकाको बाँच्‍न पाउने अधिकार सुनिश्‍चित भएको हुनुपर्नेछ। यस्तै, बाल संरक्षणको अधिकारअन्तर्गत सबै प्रकारको बाल हिंसा, अपहरण र जोखिमबाट बालबालिका सुरक्षित हुनपर्ने उल्लेख गरिएको छ भने बाल विकासको अधिकारअन्तर्गत बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि अध्ययनदेखि खेलकुद र मनोरञ्‍‍जनका क्रियाकलापहरूद्वारा उनीहरूको सर्वांगिण विकास हुनुपर्ने उल्लेख छ। यस्तै, बाल सहभागिताको अधिकारअन्तर्गत बालबालिकासँग सरोकार राख्‍ने विषयहरूको निर्णय गर्दाका बखतमा बालबालिकाको सहभागिता हुनुपर्ने उल्लेख गरिएको छ।

शक्ति राष्‍ट्रहरूले आफ्नो निहित स्वार्थका लागि शक्तिको अभ्यास गर्ने क्रममा आफैंले हस्ताक्षर गर्ने गरेका नियमहरूलाई उल्लंघन गर्ने गरेका धेरै उदाहरण छन्। यसै युद्धमा इजरायलले गाजामा रहेको ब्यापिस्ट अस्पतालभित्र आक्रमण गरेको र यस आक्रमणवाट ५०० भन्दा बढीको मृत्यु भएको सञ्‍‍चार माध्यमहरूले जनाएका छन्। यसमा बालबालिकाहरू पनि परेको जनाइएको छ।

बालबालिका देशका भविष्‍य हुन्। आज उनीहरू बोल्न सक्दैनन् र उनीहरूको हकहितका लागि बयस्कहरूले बोलिदिनुपर्छ। तर, यस घटना र यसबाट बालबालिकामाथि भएका हिंसाको बारेमा ठूला देशहरू मौनजस्तै देखिएका छन्। बालबालिकालाई असर पर्ने यस्ता क्रियाकलाप बेहोर्दै हुर्केको बालक भोलिका दिनमा कस्तो हुने हो र त्यसले आफू बसेको समाजमा कस्तो भूमिका वहन गर्ने हो भन्‍ने बारेमा ख्याल गर्नु अति नै आवश्यक भए पनि युद्धमा सबै जायज नै हुन्छ भन्‍ने मान्यताका साथ ठूला शक्तिशाली देशहरू अघि बढेको देखिनु धेरै नै दुःखद् छ।

अमेरिकी मानसिक स्वास्थ्य विशेषज्ञ आर्थर क्लेम्यानले हिंसा सर्वव्यापी  हुने बताएका छन्। जहाँ शक्तिको अभ्यास हुन्छ, त्यहाँ हिंसा हुन्छ अर्थात् शक्ति नै हिंसाको कारक हो। यस्तै, हिंसाले डर, क्षति र रिस पैदा गर्छ। आज कल्पना नै गर्न नसकिने गरी गाजा क्षेत्रमा क्षति भएको छ। त्यस्तै क्षति इजरायल क्षेत्रमा पनि भएको छ। बालबालिका, महिला र आम मानिसमा भय त्रास उत्पन्‍न भएको छ। यसले युद्धमा होमिएको हमासलाई त धेरै पछाडि पार्ने नै छ, इजरायललाई पनि ठूलो क्षति हुनेछ। भोलिको देशका भविश्य बालबालिका आज मनोवैज्ञानिक त्रासबाट बाँच्‍न विवश छन्। उनीहरूको भोलि सुरक्षित छैन। यस्तो अवस्थामा बालबालिका र अशक्तहरूको पक्षमा ठूला र शक्ति राष्‍ट्रहरूले केही मात्रामै भए पनि ध्यान दिने हो भने बालबालिकाहरूका लागि ठूलो योगदान ठहर्ने देखिन्छ।

सोमबार, कार्तिक २०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बाहुण्डाँगीको मानव-हात्ती द्वन्द्व : जैविक मार्ग कि किसानको पीडा ?
निजामतीमा अवकाशको नयाँ प्रावधान : अनुभवी कि नयाँ ?
मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?
एक अनर्थ शास्त्रीको अर्थशास्त्रीहरूलाई सुझाव
अत्यधिक र अनियन्त्रित लोकतन्त्रले बिगारेको नेपाली आदत (बुँदागत विश्लेषण)
संविधानको कसीमा राष्‍ट्रीय हित र राष्‍ट्रीय सुरक्षा

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ३.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ५.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ६.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ७.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ८.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.