• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. मन्त्रिपरिषद् बैठक बस्दै

बाटो नै गलत, गन्तव्य कसरी सही?


    Avatar photo
बिहिबार, भदौ २१, २०८० मा प्रकाशित

युवा भनिएका र नागरिकले आशा गरेका नेताहरूमा त आलोचना सुन्‍नेभन्दा पनि त्यसप्रति नै आक्रामक हुने प्रवृत्ति छ। त्यसैले लाग्दैछ, हामी हिँडेको बाटो ठीक छैन। र, यसले हामीलाई सही गन्तव्यमा पुर्‍याउँदैन।

Advertisement

भारतको उच्च अदालत हुँदै सर्वोच्च अदालतसम्म न्यायाधीश बनेका र सन् २०११ देखि २०१४ सम्म प्रेस ट्रस्ट अफ इन्डियाका अध्यक्ष रहेका मार्कण्डेय काटजु विभिन्‍न समयमा अन्यभन्दा फरक विचार प्रवाह गरेका कारण चर्चामा आउँछन्। कहिले राम राजा दशरथका छोरा, एउटा राजकुमार मात्र भएका कारण देवत्वकरण गरी मन्दिर बनाउने भारतीयहरूको दिमागमा गोबर भरिएको भन्छन् त कहिले गाई एक जनावर भएकाले कसैको आमा हुन नसक्ने अभिव्यक्ति दिन्छन्।

काटजुको पछिल्लो एउटा लेखमा भारत कसरी सम्पन्‍न हुन सक्छ भन्‍ने उनको धारणा व्यक्त भएको छ। भारतको भोक, गरिबी, बेरोजगारी, स्वास्थ्योपचारको कमी हटाउन र युवा-युवतीलाई असल शिक्षा प्रदान गर्न मुख्य रूपमा ३ पूर्व प्राथमिकता हुनुपर्नेमा उनले जोड दिएका छन्। ती हुन्- प्राविधिक क्षमता, प्राकृतिक साधन तथा देशभक्त र आधुनिक चेत भएका नेतृत्वहरू, जसले औद्योगीकरण गरी देशलाई आधुनिक बनाउने क्षमता राख्‍न सक्छन्।

उनका अनुसार भारत ठूलो संख्यामा प्राविधिक ज्ञान भएको जनशक्ति र प्राकृतिक साधनको भण्डार हो। तर, भारतमा देशभक्त र दूरदर्शी नेताको अभाव रहेको उनको बुझाइ छ। प्राकृतिक स्रोत र सस्तो श्रम प्रयोग गरेर उत्पादित वस्तु अन्य विकसित मुलुकको उत्पादनभन्दा सस्तोमा बिक्री गर्न सकिने भएकाले चीनले जस्तो व्यापार विस्तार गर्न सकिने उनको ठम्याइ छ। जसरी चीनले अहिले विश्‍व बजारमा आफ्ना उत्पादनहरू प्रतिस्पर्धारहित ढंगले बिक्री गरी विश्‍वको पहिलो आर्थिक केन्द्र बन्‍ने अभिलाषा राखेको छ, भारतले पनि सोहीअनुसार सस्तोमा वस्तु उत्पादन गर्न सक्ने उनको विचार छ।

लेखमा उनी कठोर हुँदै यतिसम्म भन्छन् कि भारतलाई समृद्ध हुन नदिनका लागि उनकै भाषामा कठपुतलि नेताहरूलाई पश्चिमाले सहयोग गरेर देशलाई कहिले धर्म, जात र भाषाका नाममा उक्साएर विभाजित गराउने, उनीहरूको शक्ति विनाश गरी कहिले राम मन्दिर त कहिले गाईको संरक्षणका नाममा वास्तविक समस्याबाट अन्य बेतुक विषयमा समय खेर फाल्ने गरिएको उनको भनाइ छ।

यो छिमेकको भद्रगोल नेपालतिर पनि सरेको त होइन? आशंका गर्न सकिने अनेक ठाउँहरू देखिएका छन्। कम्युनिस्टहरूको सरकार भएको समयमा ठोरी, अयोध्यापुरीका सन्दर्भहरू आउँछन्। अझ क्रान्तिकारीहरूको सरकार भएको समयमा त अत्यन्तै विवादित भारतका धिरेन्द्र शास्त्रीलाई रातो कार्पेट नै बिच्छ्याइएको छ। अझ यसको नेतृत्व गर्नेमा धनाढ्य विनोद चौधरी नै अगाडि देखिएका छन्।

एकातिर केही समुदाय आफ्नो धर्म संस्कृति मान्‍ने नाममा गाईगोरु सार्वजनिक स्थानमा काट्ने र मासु खाने गरिरहेका छन्। र, आफूलाई हिन्दू भन्‍नेहरू त्यसको प्रतिकारमा देखिएका छन्। एक समुदायले अन्यलाई गाली गलोज गर्ने अवस्थालाई व्यवस्थापन गर्नेभन्दा पनि सिंहदरबार मौनप्रायः देखिनु पनि वास्तविक समस्यालाई पन्छाएर नागरिकको ध्यान बेतुकका विषयमा केन्द्रित गर्नु नै हो भन्दा फरक नपर्ला।

नेपालभित्रै अनेक किसिममा बाबा र महाराज दाबी गर्नेहरू नभएका होइनन्। सत्ताको आडमा चितवनमा जंगल कब्जा गर्ने कमल नयनाचार्य, चतराको ठूलो क्षेत्र कब्जा गर्ने कृष्‍‍णदास गिरी, यौन दुराचारको अभियोग लागी फरार भएको भनिएका रामबहादुर बम्जनलगायत बाबाहरू हुँदा पनि अझै बाबाहरूको चाहना तीव्र हुने र  अनेक उटपट्याङ गर्ने धिरेन्द्र शास्त्री ल्याउने कार्यहरू धार्मिक अन्धविश्‍वास फैलाउने र देशलाई प्रगति हुन नदिने अनेकमध्ये एक कडीको रूपमा लिन सकिन्छ।

अधिकांश सन्तहरू एकपछि अर्को ठगी र बलात्कार अभियोगमा जेल परेको अवस्थामा आम मानिसमा बाबाहरू प्रतिको मोह छैन र हुन पनि आवश्यक छैन। यस्तो अवस्थामा नागरिकलाई सिर्जनशील कार्यमा लाग्‍न प्रेरणा दिने र उनीहरूलाई उत्पादनमा सहभागी गराउन सरकार लागिपरोस् भन्‍ने हो। धनाढ्यहरूले पनि आफूले कमाएको धनको सही उपयोग गर्ने हो भने भावी सन्ततिले उनीहरूलाई सम्झनेछन्। आशालाग्दो बनेको क्रिकेट खेलको विकासमा केही भए पनि योगदान दिने हो भने उनीहरूको त्यो योगदान अविस्मरणीय नै हुने थियो। तर, दुर्भाग्य नै भनौं, न त धनाढ्यहरू नै यस्तो सिर्जनात्मक कार्यमा लागे न त कम्युनिस्ट भन्‍नेहरू नै। अझ धार्मिक अन्धविश्‍वास फैलाउने कार्यको  अग्रभागमा नेतृत्व लिनेहरू आफूलाई कम्युनिस्ट भन्‍नेहरू नै देखिएका छन्।

पूर्व न्यायाधीश काटजुले भनेजस्तो यहाँ पनि विभिन्‍न जात, धर्म र भाषामा विभाजन गर्ने र देशलाई औद्योगीकरण गरी समृद्ध हुन नदिने रणनीतिअन्तर्गत त यो सबै भएको होइन? किनकि, नेपालमा पनि प्राकृतिक स्रोत र साधन पर्याप्त छ अनि श्रम त्यतिकै सस्तो। विज्ञ जनशक्ति कमी होला तर सबैभन्दा कमी यहाँ पनि सच्चा नेतृत्वको छ। त्यस्तो सच्चा नेतृत्व, जसले आवश्यकताका आधारमा हरेक कार्यहरूको प्राथमिकता निर्धारण गरोस्।

आर्थिक अवस्था कमजोर भएको अवस्थामा फजुल खर्च गर्नेहरूको के अवस्था होला सहजै अन्दाज गर्न सकिन्छ। देशमा औद्योगीकरण छैन, रोजगारका लागि ठूलो संख्या बाहिरिएको छ। शिक्षा प्रदायक संस्थाहरूको अविश्‍वसनीयताका कारण हजारौं विद्यार्थी अध्ययन गर्न विदेश जाँदा बर्सेनि ठूलो धनराशि बाहिरिएको छ। यस्तो अवस्थामा रोजगारी वृद्धि हुने उद्योगधन्दाहरू खोल्नुपर्नेमा ललितपुर भैंसेपाटीमा ८५ करोड रुपैयाँ खर्चिएर मुख्यमन्त्री र प्रदेश प्रमुखहरूका लागि आवास निर्माण गर्ने र डेढ अर्बभन्दा बढी खर्चिएर झापाको दमकमा भ्युटावर बनाउने नेतृत्वहरूबाट हामीले जे आशा राखेका छौं, त्यो कहिल्यै पूरा हुँदैन।

धेरै युवा उद्यमीहरूको प्रयासका कारण नेपाल दूध, मासु र अण्डामा आत्मनिर्भर हुनै लागेको थियो। समय-समयमा देखिने पक्षीजन्य संक्रमण बर्डफ्लू, चौपाया पशु मुख्य गरी गाई भैंसीको उत्पादनमा ठूलो क्षति पुर्‍याउने खोरेत तथा हालै फैलिएको लम्पिस्किन संक्रमणले यी उद्यमीहरू निराशामा छन्। यही बेला सरकारले केही आशलाग्दो काम गर्न आवश्यक थियो। तर, यही समयमा पशु सेवा विभाग हरिहरभवन मातहतका कार्यालयमा बजेट अभावले ताला लागेको समाचार आएको छ। जसका कारण पशुपालक किसानहरू थप मारमा पर्ने अवस्था छ।

मुख्यमन्त्रीहरूको आवास निर्माण गर्नै नहुने भन्‍ने होइन। तर, अहिलेको हाम्रो आर्थिक अवस्था, कृषि उत्पादनमा आएको गिरावटका कारण खाद्यान्‍नलगायत अत्यावश्यक वस्तुहरूमा लगानी आवश्यक हुने हो। नागरिकले उपचार पाउने सरकारी अस्पतालहरूको सेवा चुस्त बनाउनुपर्ने हो। विश्‍वविद्यालयहरूको सुधार गरी अब्बल किसिमको शिक्षा प्रदान गर्नुपर्ने हो। तर, यस्ता विषयहरू प्राथमिकतामा राख्‍न नसक्ने नेतृत्वहरूलाई जति नै आलोचना गरे पनि केवल सुन्‍ने काम मात्रै गरेका छन्। अझ युवा भनिएका र नागरिकले आशा गरेका नेताहरूमा त आलोचना सुन्‍नेभन्दा पनि आलोचनाप्रति नै आक्रामक हुने प्रवृत्ति छ। त्यसैले लाग्दैछ, हामी हिँडेको बाटो ठीक छैन। यसले हामीले सोचेको गन्तव्यमा पुग्‍न नसकिने देखिन्छ।

बिहिबार, भदौ २१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बाहुण्डाँगीको मानव-हात्ती द्वन्द्व : जैविक मार्ग कि किसानको पीडा ?
निजामतीमा अवकाशको नयाँ प्रावधान : अनुभवी कि नयाँ ?
मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?
एक अनर्थ शास्त्रीको अर्थशास्त्रीहरूलाई सुझाव
अत्यधिक र अनियन्त्रित लोकतन्त्रले बिगारेको नेपाली आदत (बुँदागत विश्लेषण)
संविधानको कसीमा राष्‍ट्रीय हित र राष्‍ट्रीय सुरक्षा

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ३.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ५.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ६.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ७.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ८.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.