• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, भदौ २७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

चिलीको वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

उत्तरी अफगानिस्तानमा सडक दुर्घटनामा ४ जनाको मृत्यु, ६ जना घाइते

नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ५. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ६. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ७. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

‘कला, संस्कृतिलाई हल्का मानिने प्रवृत्ति चिर्न कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी’


बुधबार, मङि्सर २२, २०७८ मा प्रकाशित

Advertisement


राजनीतिमा कला, साहित्यलाई हल्का रूपमा लिइने प्रवृत्ति छ। कला, साहित्य र संस्कृतिका एजेन्डालाई हल्का ठानिने विडम्बना चिर्न केन्द्रीय सदस्य बन्न चाहेको हुँ।

२४-२७ मंसिरमा हुने कांग्रेसको १४ औँ महाधिवेशनमा लमजुङका लोकप्रिय नेता तीर्थ थापाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेका छन्। कांग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघका केन्द्रीय सभापति हुन्, थापा। ०६२-६३ को जनआन्दोलनपछि तत्कालीन पार्टी सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको सक्रियतामा निर्माण भएको हो, सांस्कृतिक संघ। लमजुङ हाइस्कुल गाउँशहरमा कक्षा ७ मा पढ्दादेखि नै नेपाल विद्यार्थी संघको राजनीतिमा होमिएका थापा पार्टीभित्र इमानदार नेताका रूपमा परिचित छन्। पार्टी केन्द्रीय सदस्यमा विजयपछि पनि कला, साहित्य र संस्कृति संरक्षणमा दत्तचित्त भएर लागिपर्ने उनको प्रतिवद्धता छ। यही सन्दर्भमा थापासँग नेपाली हेडलाइनले गरेको कुराकानी :

सांस्कृतिक फाँटबाट किन कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारीको तयारी गर्नुभएको?

१५ वर्षदेखि सांस्कृतिक संघमा आवद्ध छु। स्वदेशी कला, साहित्य र संस्कृतिको जर्गेनामा थप पाइला चाल्न पार्टी राजनीतिमा सक्रिय हुन खोजेको हुँ। समावेशी, समानुपातिक सिद्धान्तअनुरूप हाम्रो संविधान कार्यान्वयनमा छ। संविधानमा सबै वर्ग, समुदाय, क्षेत्र र निकायको प्रतिनिधित्व हुने सुनिश्चित गरिएको छ। त्यसैले मैले सांस्कृतिक क्षेत्रको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेको हुँ। पार्टी सांस्कृतिककर्मीलाई पनि सहभागी गराएर यस क्षेत्रको नीतिगत पक्षलाई बलियो बनाउँछ भन्ने विश्वास छ।

चरम गुटबन्दी रहेको कांग्रेसमा कला, साहित्य र संस्कृतिलाई एउटा पार्टीको गुटभित्र किन खुम्च्याउने त?

संस्कृति सबैको जीवनशैली हो। संस्कृति भनेको नाच्ने, गाउने, बजाउने मात्रै होइन। मानिस जन्मेदेखि मरणसम्मको एउटा प्रक्रिया हो यो। परम्परा, रीतिरिवाज, भेषभुषा, बोलीवचन र रहनसहन सबै संस्कृतिभित्र पर्छन्। म यिनको बचाउमा लाग्न खोजेको हुँ, खुम्च्याउन खोजेको होइन।

तपाईंका खास एजेन्डा के के छन्?

पार्टीगत र राष्ट्रिय रूपमा सांकृतिक पक्षमा नीतिगत बहस गर्ने स्थानमा कम प्रतिनिधि छन्। म त्यस्तै प्रतिनिधि बनेर संस्कृति नमर्नेगरी नयाँ पुस्तालाई ग्रहणयोग्य बनाउनेछु। हामी आफैँले सिर्जना गरेको संस्कृतिमाथिको विकृति पनि चिर्नु छ। समयसापेक्ष र पाच्य बनाउँदै निरन्तर लागिपर्नेछु, तब मात्रै पहिचानको विषय आउँछ। अहिलेको अवस्थामा परम्परागत कतिपय कुराहरूलाई सुरक्षित राख्दै र नयाँ सिक्दै अघि बढ्नुपर्छ।

कला, साहित्य र संस्कृति क्षेत्रका व्यक्तिलाई राजनीतिमा हल्का रूपमा लिइने प्रवृत्ति पार्टीहरू भित्र देखिन्छ। कांग्रेसभित्र कस्तो विमर्श चलाउन खोज्नुभएको हो?

यही प्रवृत्तिको सुधारका लागि म राजनीतिमा थप सक्रिय हुन खोजेको हुँ। कला, साहित्य र संस्कृतिको एजेन्डा बोक्नेलाई हल्का रूपमा लिइनु विडम्बना हो, म यो चिर्न चाहन्छु। यो पनि समाजको सशक्त पाटो भएकाले राज्यको मूलनीति अर्थात् राजनीतिमा पनि यस विषयमा विमर्श चल्नुपर्छ, डिस्कोर्स हुनुपर्छ।

केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो भने कसरी अगाडि बढ्ने सोच छ?

राज्यप्रणालीका हरेक क्षेत्रमा सांस्कृतिक कोटा निर्धारणका लागि पहल गर्छु। कला, साहित्य र सांस्कृतिक क्षेत्रलाई सम्मानित रूपले हेर्ने वातावरण निर्माण गर्नेछु। कला, साहित्यलाई गहना मात्र नभई जीविकोर्पाजनको माध्यममा रूपान्तरण गर्न भूमिका वहन गर्छु। विश्वमा नेपाली कला, साहित्य र संस्कृतिको पहिचान स्थापित गराउने अभियानमा लाग्नेछु।

बुधबार, मङि्सर २२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बाहुण्डाँगीको मानव-हात्ती द्वन्द्व : जैविक मार्ग कि किसानको पीडा ?
निजामतीमा अवकाशको नयाँ प्रावधान : अनुभवी कि नयाँ ?
मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?
एक अनर्थ शास्त्रीको अर्थशास्त्रीहरूलाई सुझाव
अत्यधिक र अनियन्त्रित लोकतन्त्रले बिगारेको नेपाली आदत (बुँदागत विश्लेषण)
संविधानको कसीमा राष्‍ट्रीय हित र राष्‍ट्रीय सुरक्षा

भर्खरै

  • १.
    बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

  • २.
    विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

  • ३.
    चिलीको वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ४.
    युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

  • ५.
    बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

  • ६.
    सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

  • ७.
    डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ८.
    उत्तरी अफगानिस्तानमा सडक दुर्घटनामा ४ जनाको मृत्यु, ६ जना घाइते

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.