• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, भदौ २७, २०८३
☰
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

उत्तरी अफगानिस्तानमा सडक दुर्घटनामा ४ जनाको मृत्यु, ६ जना घाइते

नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

कङ्गोको विद्यालयमा आगलागी, मृतकको सङ्ख्या २६ पुग्यो : युनिसेफ

‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता

पाकिस्तानको कराचीमा विद्यालयको पर्खाल भत्किदा पाँच जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी


    Avatar photo
शनिबार, भदौ २७, २०८३ मा प्रकाशित

बाँके- बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ । सरकारले पाँच वर्षभित्र आयोजनाको काम सम्पन्न गर्न निर्देशन दिएअनुरुप पछिल्लो समय सिक्टा सिँचाइको काम द्रुत गतिमा भइरहेको आयोजनाका निर्देशक राजु आचार्यले बताउनुभयो ।

Advertisement

बजेट र जनशक्तिको अभाव नभए अबको पाँच वर्षभित्र पूर्वाधार निर्माणको सबै सकिने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म आयोजनाको ५१ प्रतिशत निर्माणको भौतिक प्रगति भएको छ भने यो अवधिमा पूर्वाधार निर्माणतर्फ करिब रु २४ अर्ब खर्च भइसकेको छ । मर्मत सम्भारको काम नियमित रुपमा चल्ने भए पनि आयोजना निर्माणको बाँकी काम पाँच वर्षमा सक्ने गरी अहिले काम भइरहेको छ ।

आर्थिक वर्ष २०६२/६३ मा सुरु भएको यो आयोजनाअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका अगैयास्थित राप्ती नदीमा तीन सय १७ मिटर क्षेत्रफलमा ब्यारेज निर्माण गरी ४२ हजार सात सय ६६ हेक्टर भूमिमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखिएको छ ।

नेपाल सरकारको आफ्नै स्रोतबाट निर्माण सुरु गरिएको यो आयोजनाको पश्चिम मूल नहरबाट ३३ हजार सात सय ६६ हेक्टर र पूर्वी मूल नहरबाट करिब नौ हजार हेक्टर जग्गामा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य छ । हाल २५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको आयोजना निर्देशक आचार्यले जानकारी दिनुभयो ।

विसं २०६४ मा स्वीकृत पहिलो गुरुयोजनाअनुसार रु १२ अर्ब ८० करोड लागतमा आव २०७०/७१ सम्पन्न आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । आयोजना निर्माणका क्रममा सरकारले थप नौ हजार हेक्टर क्षेत्रमा नहर बनाउने गरी पूर्वी मूल नहर निर्माणलगायत अन्य संरचना थप गरिएको थियो । आव २०७१/७२ मा संशोधित स्वीकृत गुरुयोजनाले रु २५ अर्ब दुई करोडमा २०७६/७७ सम्म आयोजना सम्पन्न गर्ने लक्ष्य राखेको थियो ।

संशोधित गुरुयोजनाको लक्ष्यअनुसार आव २०७६/७७ मा पनि आयोजनाले पूर्णता नपाएपछि पछिल्लो पटक २०७९ मा स्वीकृत गुरुयोजनाअनुसार आयोजनाको सम्पूर्ण काम रु ५२ अर्ब ८९ करोड लागतमा आर्थिक वर्ष २०८९/९० सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी मनोजकुमार साहले बताउनुभयो ।

उहाँका अनुसार आयोजनाको शाखा र प्रशाखा निर्माणको काम धमाधम भइरहेको छ । निर्माणका लागि थप ३० वटा बोलपत्र आह्वान भएको छ । आयोजनाअन्तर्गत ४५ किलोमिटर पश्चिम मूल नहर निर्माण भइसकेको छ । यो नहरका सिधनिया, अकलघरुवा र गुरुवागाउँ शाखा नहर पनि सम्पन्न हुने चरणमा छन् । डुडुवा शाखा नहर निर्माण भइरहेको छ ।

करिब १६ हजार हेक्टर जग्गामा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखिएको डुडुवा शाखा नहर निर्माण लामो समयसम्म अलपत्र परेको थियो । ठेकेदार कम्पनी ‘कोस्टल पप्पु जेभी’को विवाद र अदालतमा विचाराधीन मुद्दाका कारण अलपत्र परेको नहर निर्माण गत वर्ष विवाद सल्टाएर नयाँ ठेकेदारमार्फत अगाडि बढाइएको हो । पश्चिम मूल नहरअन्तर्गत अरू थुप्रै उपशाखा र प्रशाखा नहर बनाउन बोलपत्र आह्वान भएको सूचना अधिकारी साहले बताउनुभयो ।

गत आर्थिक वर्ष २०८२/८३ मा मात्रै डुडुवा सिँचाइ प्रणालीअन्तर्गत करिब नौ दशमलव पाँच किलोमिटर, पश्चिम नहरतर्फका शाखा, उपशाखा तथा प्रशाखा गरी नौ किलोमिटर, पूर्वी नहरतर्फका शाखा, उपशाखा तथा प्रशाखा गरी नौ दशमलव पाँच किलोमिटर नहर निर्माण, सिञ्चित क्षेत्र बचाउ तथा संरक्षण कार्यअन्तर्गत सात दशमलव पाँच किलोमिटर तटबन्ध निर्माण र पाँच दशमलव पाँच हेक्टर जमिन अधिग्रहण गरिएको छ ।

गत आर्थिक वर्षमा सिक्टा सिँचाइ आयोजनालाई विनियोजन भएको रु एक अर्ब ५७ करोडमध्ये रु एक अर्ब ४१ करोड करिव ८९ प्रतिशत वित्तीय प्रगति हुँदा भौतिक प्रगति ९६ प्रतिशत बढी भएको सूचना अधिकारी साहले जानकारी दिनुभयो । आयोजनाको ५३ किलोमिटर पूर्वी मूल नहर निर्माण अधुरै छ ।

पूर्वी मूल नहरअन्तर्गत बाँधदेखि वैशागाउँ हुँदै करिब ३५ किलोमिटरसम्म नहर बनेको छ । तर नरैनापुर गाउँपालिका क्षेत्रमा निर्माण रोकिएको छ । आयोजनाका दुवै मूल नहरअन्तर्गत शाखा, उपशाखा र प्रशाखा नहर निर्माण पूरा नहुँदा किसानले आवश्यक परेका बेला बालिमा सिँचाइ गर्न नपाएको सिक्टा आयोजना जल उपभोक्ता समितिका अध्यक्ष शालिकराम डाँगीले बताउनुभयो ।

शनिबार, भदौ २७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय
डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य
उत्तरी अफगानिस्तानमा सडक दुर्घटनामा ४ जनाको मृत्यु, ६ जना घाइते
नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण
झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !
कङ्गोको विद्यालयमा आगलागी, मृतकको सङ्ख्या २६ पुग्यो : युनिसेफ

भर्खरै

  • १.
    बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

  • २.
    सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

  • ३.
    डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ४.
    उत्तरी अफगानिस्तानमा सडक दुर्घटनामा ४ जनाको मृत्यु, ६ जना घाइते

  • ५.
    नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

  • ६.
    झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ७.
    कङ्गोको विद्यालयमा आगलागी, मृतकको सङ्ख्या २६ पुग्यो : युनिसेफ

  • ८.
    ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.